Posted by: lapid October 10, 2011
GOING THRU SURVIVORS GUILT AFTER COMING BACK FROM NEPAL
Login in to Rate this Post:     2       ?         Liked by
पिक्सी लाइ  धन्यबाद, नेपाल भ्रमण को स्मरण ताजा गराइदेको मा तर मेरो अनुभव चाही पिक्सी को भन्दा बिल्कुल फरक रह्यो......डेढ वर्षको अमेरिका बसाइ र १२ घण्टा को हंगकंग ट्रान्जिट को एक्लो बसाइ पछि नेपाल को विमानस्थल मा ओर्लदा भल्यै त्येहा विदेश को जस्तो झिलिमिली नभए पनि स्वोदेश को न्यानो स्पर्सको मिठो अनुभुति भने सम्झनलायक थियो| जहाँ सम्म सबाल रह्यो काठमाडौँ र सम्पूर्ण नेपाल को जुन मैले जस्तो छोडेर आएको थिए करिब सबै उस्तै थिए फरक यत्ति थियो को मैले ८ कक्छ्या मा छोडेर आएको मेरो भतिज एस.एल.सी दिने भैसकेछ| महंगी अलिकति बढेको अनुभव भयो| पिक्सी ले के सोचेर गाकी थिईन/गाको थियो नेपाल तर मैले त कुनै फरक पाइन| घर का मान्छे हरु चिन्ता गर्दै थिए, धुलो धुवा मा धेरै नहिड्नु, बाहिर नखानु तर किन हो ३,४ दिनमै सबै कुरा हरु सजिलै पचे सायद बिगत नै उस्तै भएर नै होला|
 बरु मेरो गाउले भने अलिकति प्रगति गरेछ, मैले छोडेर आउदा भर्खर भर्खर बल्न सुरु गरेको बत्ति ले अब पानी पनि तान्न थालेछ त्यो पनि खुसि को कुरा हो कम से कम अब काध मा गाग्री बोकेर उकालो हिड्नु परेन| गाउ मै दुइ दुइ वटा टेलिफोन को टावर हरु आकासै छेडुला गरि उभियेछान| तेही बसेर एकछिन टोलाउन पुगेछु म त मेरी आमा ले पनि मोबाइल बाट हेल्लो भनेको कल्पना गर्दै|   
जन्तरे जी ले भनेको कुरा मा सहमति राक्छु, हाम्रो देस उस्तै छ केवल हामी मात्र परिबर्तन भाको जस्तो देखिन खोजेका होलाऊ, हुन त हामी पनि परिबर्तन त का भाको छौ र केवल हाम्रो बसाई परिबर्तन भाको त हो नि, फरक एती होला सुन्तली नानी को चिया पसल को साटो स्टारबक्स धाउने गरछौ, किर्तिपुर को तोंबा को साटो हुक्का तान्ने भका छौ, कोहि अरुण हरु एरोन भयेहोलान, कोहि श्याम हरु साम भयेहोलान तर नाउ, ठाउ जे जे चेन्ज भएनी उतै बाट बोकेर आएको आचरण त हाम्रो कहाँ चेन्ज भाको छ र? आचरण को कुरा गर्दा हाम्रो बिगत पनि केहि हदसम्म दोसी थियो कि जस्तो लाग्छ मलाई, हुन त तेती धेरै इतिहास पढेको छैन मैले| आज सम्म जति पनि आए, चाहे त्यो राजा को नाम मा होस् या विभिन्न पार्टी को नाम मा, ति सबै मा एउटा चिज चाही समान थियो जस्तो लाग्छ त्यो हो मनोवृत्ति, जनता लाइ सधै भेडा बनाएर राख्ने ता कि भोलि तिनै जनता टाठो बाठो भएर आफ्नै बिरुद्द मा नखनिउन् सायद तेसैले होला मेरा हजुरबुवा, बुवा, आमा ले धेरै पढेनन न त बिरोध नै गरे | तर अब दृष्य हरु अलि परिबर्तन हुन खोजेको हो कि भन्ने भान भयो मलाई|
साथी हरु को कुरा पढे पछि मलाई पनि सानो प्रसङ्ग यहानिर जोड्न मन लाग्यो| जिन्दगि का २४, २५ बसन्त नेपाल मै काटियो तर त्यो सम्पूर्ण बसाई मा मैले म र मेरो परिवार भन्दा बाहिर गएर सोच्न सकिन, सधै म वोरिपरी नै घुमिरहे | सधै न्युनतम आबस्यकता हरु गास, बास र कपास को जोहो गर्दै समय बित्ने हूनाले होला अरुको बारेमा सोच्न सकिन या सोच्ने तिर ध्यानै गएन, मलाई लाग्छ यो मेरो मात्रै नभई अधिकाम्स नेपाली को चित्र हो|
येसो भन्दै गर्दा म ती केहि नेपाली हरु को चित्त दुखाउन सक्दिन जो तेही हामीले थोत्रो भनेर छोडेको नेपाल मै बसेर म को घेराबन्दी बाट अलग हुदै अरु को भलाई मा अग्रसर छन्, तिनै मध्ये को एक दिलशोभा श्रेष्ठ लै येस्पली बेक्तिगत रुप मा भेट्ने मौका पनि पाए| उनि ले त मैले सोच्ने गरेको जिन्दगि को परिभाषा लाइ नै बदलिदिईन्| येस्पली को बसाइमा पक्कै केहि फरक अनुभव भने पाए मैले, रबिन्द्र मिश्र दाई को एउटा लेख मा उल्लेख भएको भ्रस्टचारी लाई किरा परोस भन्ने वाक्यांस ले सहि अर्थ मा कम से कम युवा दिमाग मा असर पार्न सुरु गरेको थियो तेतिबेला र अहिले तेस्ले एउटा अभियान नै सुरु भएको छ, यो पनि मैले अनुभव गरेको सकारात्मक पाटो थियो नेपाल बसाईको दौरान| बि. इ. पढ्दाको दौरान, केहि समय महाबिर पुन दाई संग छोटो भेटघाट भाको थियो उनै को प्रोजेक्ट को दौरान, तर पत्रिका मा पुरस्कार जितेको फोटो आएपछि पो थाहा भयो उनि तिनै महाबिर पुन दाई रहेछन जो सधै कट्टु लगाएर मैले पढ्ने कलेज मा आउने गर्थे, आज उनि पनि तेही नेपाल मै बसेर तार रहित इन्टरनेट हाइवये को सपना देख्दै छन् र यो उनको सपना चाडै पुरा होस् पनि| यहाँ यी प्रसङ्ग उल्लेख गर्न खोज्नु को मुल उदेस्य चाही म अथवा हामी भौतिक रुप मा नेपाल मा नभएर के भो त,सधै यहाँ बसेर गाली गर्नु को सट्टा कम से कम जो नेपाल मा बसेर केहि गर्न खोजेका छन् उनीहरुलाई साथ, अनि नया काम गर्ने हौसला त प्रदान गर्न सक्छौ | हामी जहाँ छौ, जसरि सक्छौ, जति सक्छौ तेती मात्र गरेपनी तेस्को प्रभाव कालान्तर मा राम्रो प्रतिफल लिएर आउन सक्छ | कम से कम येसरी तिक्तता पोख्नु को सट्टा सकारात्मक कुरा हरु को खोजि गर्दै तेस्लाई बाहिर ल्याउने कोसिश गर्ने हो भने हामीले देख्दै आएको नेपाल को दृष्य केहि भिन्न हुन सक्छ, मलाई लाग्छ हामी माझ धेरै रबिन्द्र मिश्र, महाबिर पुन हरु छन् केवल हाम्रो साथ को खोजि मा|
त्यो म नै थिए जो ढल मा लगेर फोहोर फाल्न को लागि कहिले रात पर्छ भन्दै कुर्ने अनि त्यो म नै थिए जो एक दुइ दिन फोहोर लिन नआउदा घरै अगाडी पहाड हुन लागेको फोहोर को थुप्रो मा उचाई थप्ने जब कि मैले फालेको फोहोर को गन्ध मेरै घर तिर फर्केर आउछ भन्ने पनि हेक्का नराख्ने, तर येस्पली तेसो गरिन, घर अगाडी सानो खाल्टो खन्न लगाएर पुर्न र जलाउन लगाए, बाटो मा पनि थुकिन बरु निल्नु नै उचित ठाने.....यिनै साना साना कुराहरु हुन जसले हामीले देख्न चाहेको नेपाल को तस्बिर मा रंग भर्न सक्छन| तेसैले अरु कुराहरु संग संगै म लाइ पनि परिस्कृत गर्दै लैजाने पो हो कि?
यी मेरा बेक्तिगत अनुभव हरु हुन् नेपाल को येस्पाली को बसाईका, यी अर्थ मा चाही येस्पाली केहि फरक अनुभव भयो|                
Read Full Discussion Thread for this article