Posted by: _____ October 10, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     1       ?         Liked by
 किशोर ji,

का मैले थर्काउनु तपाईंलाई? दसैं मा रक्सी को सुर मा धेरै हिप हप नाच्न भो होला तेसैले खुट्टा कामेको तपाईंको। दादा हो र म साझा मा सबै लाई थर्काउदि हिंड्न लाई?

 अनगिन्ती सवाल हरु.....

अब अनगिन्ती सबाल त उथाउनै पर्‍यो नि मित्र। देश मा हामी नेपाली बाट आनागिन्ती गल्ती भाको छ्। देश भन्दा बाद् ठुलो, बाद् भन्दा जात ठुलो जात भन्दा ब्यक्ती ठुलो भनेका छम हामीले। देश हारे हारोस आफ्नो बाद् र आफ्नो जात ले जित्न पर्या छ् सबै लाई। जस्ले जती कम बुझ्या छ् उ तेती ठुलो विद्वान भा छ्। यहाँ राजाबदी देखेए, माओवादी देखिये, काङ्रेस्बादी देखिए, एमालेबादि देखिये तर कोइ नेपालबादी देखिएन। सबै आफ्नो बाद् ले नै नेपाल को बिकास हुन्छ भनेर दाबी गरेर आफु बाहेकको  को बाद लाई गाली गरेर बसेका छ्न। तिन्का दाबी ले देश बिकास हुने भये नेपाली उहिले बीकसित भै सक्ने पर्ने थियो। तेसै भएर मित्र मैले multi warhead missile छोडेको.

अब उहिले को कुरा खुइले. बिकसित देश हरु लै हेर्नुस न, पुराना मान्यता हरु किताब मा सिमित छन् नया नया मान्यता हरु स्तापित भैरहेका छन्.उरोप बाट केहि गर्छु भनी सपना बोकेर अमेरिका छिरेका हरुले अमेरिका लै महासक्ती देश बनाए.

इंग्लैंड को बदमास हरु थुपार्ने ठाम अस्ट्रेलिया अहिले इंग्लैंड को बराबरी गर्न आइसक्यो. अब पहिला येस्तो थ्यो तेस्तो थ्यो अहिले पनि तेस्तै हुन पर्छ भन्न कत्तिको उचित होला? देश को एउटा ठुलो जमात लाई  इतिहास को कुरा गरेर अप्रत्यक्ष रुप मा डरछेरुवा भन्न त का  पाइन्छ र ? अब देश को लगभग  ५०% जनसंख्या भएको जमात ले, मापदण्ड पुराएर, २-४ वर्ष मा उनीहरुको जमात को संखय १०,००० पुरय्छु  भनेको ठिकै छ नि.

 मैले केवल प्रक्रिया को बिरोध गरेको हो...

संख्या मा तपाइ लै समस्या रैनछ, माप दण्ड नपुरौला को भन्ने डर तपाई लै रैछ, पुरौछु भनेकै छ, फेरी एकै वर्ष मा १०,००० भर्ना गर्छु भनेको पानि होइन, (भने पनि तेतिका भर्ना गर्न सक्ने सिस्टम नै बसेको छैन). का  भन्या  छ र बिना मापदण्ड नपुराउने भनेर? एकै पटक १०,००० भर्ना गर्ने भन्या हो र? अध्यारो मा तिर नहानम न साथी आफै लाई लाग्न सक्छा क्या, तेस्तो आत्मघाती काम नगरेकै राम्रो

रक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली सेनामा मधेसी मुलका युवाहरुको सामूहिक भर्ना प्रकृयाका लागि गृहकार्य सुरु भइसकेको जानकारी दिँदै नेपाली सेनाको मापदण्डकै आधारमा मधेसी युवाहरुको भर्ना गरिने स्पष्ट पारे । http://www.ekantipur.com/np/2068/6/9/full-story/336281.html.,

अब मधेसीहरुनै सेना मा भर्ना हुन मंदैनान  भन्ने कुरा त भर्ना लिने बेलामा थाहा भै हाल्छ नि. लौ मानेनन रे, अनी तेस पछी  तेही कुरा लै प्रमाण मानेर उनीहरु लै भने भै हाल्यो होइन? भर्ना हुन टन्नै आएछन भने येह हामीले सोचेको कुरा गलत रैछ भन्ने बस्ने होइन त भन्या? तेती सजिलै संग सकिने कुरा ले कन्सिरी को रौ तताउन पर्दै पर्दैन नि.

अब बल को भर मा.....

अब बल को भर मा युध्ह जितिने दिन गए भन्ने कुरा मा १००% को सत्ता जम्मा ५० % मात्रै किन सहमति हुनु भी थाहा भएन. मैले बल चाहिदैन  भन्या छ र? बल मात्रै भएर पुग्दैन भनेको पो त. बलको भर मा सकिदैन भन्या बल को  मात्र भर गरेर पुग्दैन भन्या होइन र भन्या? बल नै चाहिदैन भन्या कहाँ हो र ? म मात्रै नेपाली मा कम्जोर भन्या त  तपाई पनि कम्जोर नै हुनु हुन्छ जस्तो लाग्यो

यो भन्दा पहिला नेपाल एकीकरण को उधारण दिएको थोइए यो पालि खलंगा युध्ह को उदाहरण दिन्छु ल पढ्नुस.

कप्तान बलभद्र कुँवर खलंगा किल्ला को रछयार्थ खटिएका थिए. उता पट्टि बाट British major general , Mr. Gillespie . एक दिन ब्रिटिश ले बल गरेर कांगडा किल्ला मा आक्रामण गारे. तर नेपाली हरु ति भन्दा बलिया देखिए तेस्दीन को त्युध्हा मा general ,  GillespieCol. Alice. को मृतेउ भयो. गोर्खाली हरुलाई बल ले जित्न नसकिने देखेर ब्रिटिश ले किल्ला मा जाने पानि को मुहान रोकिदिए (बुद्धी प्रयोग गरे) नतिजा के भयो आफै पढ्नुस.

कुन मधेशीको राज्य खोसेका थिए ......

अब PNS ले कुनै मधेस लाई  नेपाल मा गाभेका  थिएनन तेसकारण उनीहरु ले अधिकार पाउदैनन अथवा माग्न  पाउदैनन भन्नु भाको हो भने, मधेसी हरुले नेपाली भएको नाता ले अधिकार मागेको हो नि. हाम्रो राज्य नेपाल मा गाभेको तेसकारण हामीलाई अधिकार चाहियो भनेको छ र. अब नेपाली भएपछि अधिकार त माग्न पाइयो नि होइन र भन्या. आज को संसारमा चलेको चलन अनुसार नै मागेको हो अधिकार तेस्मा अरुले बिरोध गर्ने पर्ने कारण छैन होइन र ? तपाईलाई  चाहिए को अधिकार नेपाली भएको नाता ले चाहिया कि PNS राज्य खोसेको भएर चाहिय ?

मधेश र मधेशी को परिभाषा ...

अब नेपाली को नाता ले मधेसी भन्या के हो परिभासा चाहियो  भनेर र त भन्न मिल्दैन जस्तो छ. नेपाल को बच्चा बच्चा लै थाहा होला मधेसी भन्या को भनेर. एकजना मित्र ले यो प्रस्न माथि पनि उठाउन भा थ्यो, मैले उहा लै जबाफ पनि दिएको थिए र यो पनि भनेको थिए कि त्यो बेला जब उनीहरु आफु मधेसी भनिन चाहदैन थे हामीले मधेसी भनेर जबजस्ती भनेउ पछि उनीहरुले तेसो भए लौ त हामी मधेसी नै सहि भन्दा किन आफुलाई मधेसी  भनेउ किन नेपाली भनेनौ भनेर प्रस्न हामी नै गर्छां.

मधेस आन्दोलन भो, संसद मा मधेसी  चौथो शक्ति छ एतिबेला आएर मधेश र मधेशी को परिभाषा खोज्नु ढिला भएन र भन्या ?

माओबादी पार्टी मा हुदा मात्रिका यादव ले काठमाडौँ को भित्ता भित्ता मा गर्बसे कहु हम मधेसी है भनेर लेखना लगाको  थ्यो २००५/६ तिर मधेसी हरुलाई मधेसी हुनु को हिनता बोध बाट माथि उठाउन को लागि. अब उनीहरु त्यो मानसिकता बाट उठे, हामी मधेसी हौ भनेर हकका हक्की भन्छन आनी तपाई लै किन रिस?

 आपनो माग राख्ने अधिकार सबैलाई छ तर बिखन्डन बादी माग राख्न पाइदैन.....

कानुन ले पौने अधिकार नपाएपछि माग्छ, मागेर पाएन भने झगडा गर्छ (अन्दोलन) तेस्बता पनि पाएन भने छुट्टी न खोज्छा. हामी मानब को सोभाब नो तेसो होइन र? तेस्तो हुन सक्छ है भन्या होला नि मन्त्रि ले सचेत गराको. छुतिन्चु भनेर त भन्या छैन, पत्रिका मा प्रकासित भा नि छैन. मैले पनि बिखन्डन बादी माग राख्न पाइन्छ कहाँ भन्या छ र ?

भनेको प्रक्रिया मिलेन  भनेर त उनकै पार्टी ले भनिसक्यो, प्रधान मन्त्रि ले स्पस्टिकरण मागिसके उनले पनि होइन भनि सके. छुट्टिन्छौं नै भनेर त भन्या छैन कतै पनि.

आफै  दिग्भ्रमित(confused) हुनुभएको छ,.......

आरोप लगाउने नेपाली संस्कार नै हो, मलाई चाही म दिग्भ्रमित होइन कि मेरो जबाफ सुनेर तपाई दिग्भ्रमित हुनु भा जस्तो लग्यो. तपैले अफ्नो पक्च्या लाई  तर्क द्वारा समर्थन गर्नु र मेरो पक्च्या लाई तर्क द्वारा काट्नु सट्टा मलाई नै आक्रमण गर्नु भो. हुन त एसको जबाफ नदिए पनि हुने थियो तैपनि दि हालम

म बाट बादको राजनीति, पार्टी को राजनीति  जातको राजनीति हुन सक्दैन, एक जमात  ले गरेको जातिये राजनीतिको बिरोध गर्दा अर्को जमात लै ओहो यो हाम्रो जात को रेछ भन्ने लाग्दो हो. एक छेत्र क नेपाली को कानुनी अधिकार को समर्थन गर्दा अर्को छेत्र को जमात लै ओहो यो मान्छे त त्यो छेत्र को पो रेछा भन्ने लाग्दो हो. देश भन्दा पार्टी ठुलो ठान्ने लै गाली गर्दा कतिपये लै ओहो यो राजाबादी रेछ भन्ने लाग्दो हो. एक धार्मिक समूह को कानुनी अधिकार को पछ्या मा बोल्दा अर्को धार्मिक समूह लै ओहो यो त यो धर्म मान्ने मान्छे रेछ भन्ने लाग्दो हो. हामी नेपाली ले आफु लै पार्टी धर्म, जात र छेत्रियेतामा बिभाजित गरेका छौ अनी हामी कसैको जबाफ पढ्दा उसलाई इनै समूह मा खोज्न खोज्छौं.

तपाई एक नेपाली ले पाउने कानुनी अधिकार माग्नुस म तपाई को पछ्या मा उभिन्छु तपाई जुनसुकै जात धर्म छेत्र को भएता पनि तर तपैले कुनै जातको, कुनै  छेत्र को, कुनै  धर्म को मात्रै वोकालत गर्नुस तपाई, को को  

नेपाली सेनाको  साचिकै मार्मिक बिबशताको कुरा......

अब आज सम्म त नेपाली सेना लाई तःताकथी बहादुर वर्ग का  मानिस हरु ले नै नेतृत्त गर राखे का थिए नि, किन तेस्तो बिबस्ता आएछ त सेना मा? अब बजेट को कुरा गर्नु हुन्छ भने त संसार को कुन सेना ले बजेट ले पुग्यो भन्या छ र? अमेरिकी सेना को अमेरिका भित्रै बिरोध भएको तपैले देखि हाल्नु भा छ? इराक र अफगानिस्तान मा अमेरिकी सेना को उपस्थिति को पनि प्रससती बिरोध भा छ त्या, थुप्रै अमेरिकी सेना पनि मरी रहेका छन.युध्ह बाट फर्केर आएपछि पनि ति सेना ले पाएको दुखः त fox news , CNN. देखाएकै छन्. तैअप्नी अमेरिकी सेना लडिरहेकी छन् अफ्नो देश भन्दा टाडा, भाषा, धर्म, संस्कृति नमिल्ने ठाम मा. नेपाल मा चाही अलिकति बिरोध गर्यो कि सेना को मनोबल गिर्छ रे?  कस्तो कम्जोर सेना त्यो

हिनता भाव ले ग्रस्त....

झुटो शान, झुट्टो गौरब र पुर्खा ले गरेको काम को बखान गरेर अफ्नो ढुकुरे छाती फुलाउने दिन गए मित्र, अब त आफ्नै पौरख ले बाच्नु पर्छ. फलाम लाई  फलाम ले काटछ भन्ने त सुन्नु भाकै होला. व्यक्तिगत आरोप लगाउनु त कुनै तर्क होइन. जबाफ मा तर्क भन्दा व्यक्तिगत आरोप धेरै लगाउन भो मित्र

 

नालापानी जी

तपाइको जिज्ञाशा धेरै जसो माथि नै उल्लेख भैसक्य छ, तैपनि २,४ वोटा कुरा उल्लेख गरि हालम

_____ जि ले हाम्रा पुर्खा हरुलाई बल को भरमा मात्र ...

झन  PNS  ले बुध्ही को पनि प्रयोग गर्या थे भन्दै छु त म.

अनी किन अंग्रेज संग को युध्ह मा नेपाल हारेर  ठुलो भूभाग गुमौना पर्यो भन्ठान्नु भा छ त? उनीहरु लाइ जितेरै हामीले हाम्रो भूभाग गुमौना पर्या  हो त? हामी लडेउ, हार्यौं अनी सुगौली सन्धि गर्न पर्या होइन भन्या ? अन्ग्र्स्ज हरुले दाबी गरेजती लगभग सबै भूभाग हामीले गुमाको  होइन र? १८१४-१८१६ को युध्ह बुद्दिमत्ता पूर्ण तरिका ले रोक्न सकेको भए नेपाल अहिले को भन्दा धेरै ठुलो हुन्थ्यो होइन र? हाम्रो बल र बुध्ही त्यो बेलाको अंग्रेज को भन्दा बढी भाको  भए हामी किन हारथेउ? त्यो बेलाको शासक ले अंग्रेज को बल र बुध्ही को अन्दाज नै गर्न सकेनन.हामीले बहादुरी त देखयेउ त्यो युध्ह मा, तेस्को अंग्रेज ले खुलेर प्रसंसा गर्या पनि छन्. हाम्रो बहादुरी देखेर गोर्खाली लै भर्ना पनि लिए उनीहरु को सेना मा.

यहाँ हामीले बुझ्न पर्ने कुरा के भने त्यो युध्ह मा हामीले बहादुरी पुर्बक त लाद्येउ तर बुध्ही पुर्बक लडेनौ तेसैले हारेउ , अफ्नो भूभाग गुमयेउ. अंग्रेज ले लेखेको किताब पढ्ने हो भने हाम्रो logistic supply  कम्जोर, हातहतियार कम्जोर भनेका छन् भने हाम्रो बहादुरीको खुलेर प्रसंसा गरेका छन्. त्यो युध्ह को नतिजा देख्न भो त ? बुध्ही  नपुर्येकना बहादुरी ले मात्रै पुग्ने होइन रेछा. के निक्ल्यो त्यो युध्ह को नतिजा ?

नेपाल ले अफ्नो भू भाग गुमायो. र हाम्रो बहादुर गोर्खाली हरुको लागि २०० वर्ष बढी सम्म सम्म अफ्नो देश को लागि होइन कि अरुको लागि लड्ने अब्सर प्राप्त भो. अनी हामि अझै तेही हारेको युध्ह को बहादुरी को गीत गाइ रहेका छौ

अब तापैलाई भनि रहन पर्दैन होला आर्मी को war प्लान हुन्छ, attack strategy  हुन्छ, weapons हुन्छ, जासुसी सयन्त्र हुन्छ. प्रथम दोस्रो आनी तपैले उल्लेख गरेको युध्ह हरुमा त्यो सबै बिदेशी ले गर्थे, लडाई  मा बहादुरी देखुने मा हामी पर्थेउ. अर्थात् बुध्ही अरुको, बल हाम्रो. अब धेरै ले आर्मी मा भर्ना भए पछि एक दुइ जना त बुध्ही बहादुर पनि निक्लन हुन्छ नि, हामि सबै नेपाली बुधू त कहाँ छौ र.

मधिसे हरुको लागि नेपाली सेना कैले पनि आकर्शण मा परेन...

अब पहिला थिएन होला अहिले रेछा, अब तपैले ले सेना मा आकर्सण  हुने वर्गको पहिलो रोजाई  सेनामा छ भन्दै मा त्यो वर्ग को मान्छे लाई  राजनीतिमा भाग नली, तिमीहरु के छेत्र त सेना हो भनेर पन्चौना मिल्दैन नि.

अब मेरो व्यक्तिगत कुरा..

एस्तो कुरा गर्न त जरुरि थिएन तर तपाई ले कुरा उठाई हाल्नु भो तेसो भएर

मित्र, घर को आर्थिक स्तिथिति ठिकै ठिकै भएको हुनाले मैले सेकेन्ड लप्टन पास गरेको थिए तर भर्ना चाही भैन

तेस्तै सैक्चिक योग्यता पुगेपछि लोक सेबा पास गरे तर सरकारी जागिर खान गैना. गफ दिएको नठान्नु  होला, घर मा निउक्ति पत्र बुझ्न औना को लागि सचिब  ले हस्ताछ्यर गरेर पत्र पठाउने रेछा (त्यो पत्र हरु छ म संग). तेसरी पनि नगएपछि निउक्ति पत्र बुझ्न आउनु होला भनेर गोर्खा पत्र मा ३५ दिने सूचना अको छ मेरो नाम मा. 

Read Full Discussion Thread for this article