"त्यो कथाको अन्त्य भएकै थिएन, त्यसलाइ जबर्जस्ती "समाप्त" बनाइएको थ्यो बुझ्नुभो?" एकजना युबक जो कालो पाइन्ट् र सेतो सर्टमा बो टाइ लगाएको थ्यो, चम्कि चम्कि बारमा अर्को मान्छे सङ कुरा गरिरहेको थ्यो।
"समाप्त भन्नु उपयुक्त नहोला, नाटकिय बिश्राम थ्यो त्यो। लेखाइको "क --ख " नजानेको लेखक भनाउदाहरुको इमोसनल अत्याचार थ्यो त्यो कथा।" निलो जिन्स र रातो सर्ट लगाउने मान्छेले प्रतिक्रिया पछि एक पेग व्हिस्की स्वाट्ट रित्यायो।
"शीर्षक जे पनि हुन सक्छ"! त्यसो भन्दैमा कुनै एक पात्रमाथि दोष लगाएर अर्कोलाइ पानीमाथि ओभानो बनाउन मिल्छ? ल भन्नु त सर!" बो टाइ लाउने युबक शायद ड्युटिमै थियो, उसले कोक मात्र पिइरहेको थियो।
"उ" एउटा मानबिय चरित्र थ्यो, उसको चरित्रलाइ धेरै केरमेट गरेको छ लेखकले। त्यो पनि अपत्यारिलो किसिमले।" एकछिन गहिरो मौनता छायो दुबै बिच।
"साक्षीलाइ खोज्न उ आएको थ्यो त्यही रात,रिसेप्सनमा मेरो ड्युटी थ्यो, साक्षी आएको १० मिनेटपछि उसले मलाइ सोधेको थ्यो, एकदम आतिएको थ्यो, 'यस्तो आधा रातमा मैले के गरे भन्दै पछुताइरहेको थ्यो'। त्यो रात उ अनिदै काट्यो।" युबकले समाप्त पछिको कथा भन्दैथ्यो।
"शायद कथाकार आफै उसको चरित्रलाइ प्रेम गर्न थालेकोथ्यो, वा पाठकहरुको सहानुभुति देखेर आत्तिएकोथ्यो, त्यसैले आधा बाटोमै पूर्णबिराम लगाइदियो।" सर जो युबकको कुरा गम्भिर्तापुर्बक सुनिरहेकोथ्यो, आफै बिचार गर्न थाल्यो।
"हुन सक्छ साक्षी आफ्नो कथा आफै लेख्दैथी र अन्त्यमा आफ्नै बर्तमानसङ डराएकी थी। जे होश् कथा सकिएकै छैन।" युबकलाइ कथाको पात्रबारे शायद धेरै जानकारी थियो।
"साँच्चै साक्षी कहाँ गइ त त्यो रात?" फेरि अर्को पेग बनायो सरले र युबकले बोतलको कोक रित्यायो।
"साक्षीले दिदीसङ फोनमा कुरा गरी रिसेप्सनबाट, त्यसपछि मैले एउटा कोठा उसको लागि दिए, जुन रिसेप्सनभन्दा नजिक थियो र उसको सुरक्षाको जिम्मा म र अर्को स्टाफलाइ सुम्पिएकोथ्यो। "उ" पात्रलाइ साक्षीको बारेमा केहि जानकारी दिन मिल्दैनथ्यो। बिहान नहुदै साक्षीलाइ हामीहरुले अर्कै होटेलमा सारेकाथ्यौ, जहाबाट उ त्यही दिन काठ्मान्डु फर्केकी थी।" युबक आफैले फिलिम हेरेको जस्तो कथामा एउटा सन्तोषजनक मोड दिन चाहन्थ्यो।
"अनि उ?" सरलाइ झन कथाको बारेमा बुझ्न मन लाग्यो।
"उ" कोठामा चौबिसै घन्टा झोक्राएर बसिरहन्थ्यो, खाना पनि खादैनथ्यो, चिया मात्रै पिउथ्यो रे, त्यस्तै २ दिनपछि फर्क्यो। जानेबेलामा पनि साक्षीलाइ भेटेमा "तुरुन्तै फोन गर्नु भन्नु भन्थ्यो।"
"त्यसपछि के उ र साक्षीको फेरि भेट भयो?" सरले फेरि युबकलाइ सोध्यो।
"त्यो त कथा लेख्नेलाइ नै थाहा होला नि सर!" युबकले ब्यङ गर्दै हाँस्यो।
"मलाइ लाग्छ "उ" बास्तबमा साक्षीलाइ धेरै माया गर्छ, अझै पनि मिस गरिरहेको होला। यदि कथामा उसले साक्षीलाइ अझै भेटेको छैन भने।" सरको कुरा सुनेर युबक झन ठुलो स्वरले हाँस्यो।
"कथामा पो पोइला गएकी स्वास्नीको सम्झना धेरै देखाइएको छ, बास्तबिक जीवनमा त्यस्तो कहा हुन्छ र सर? हाम्रो समाजमा छोडेर गैसकेकी स्वास्नीलाइ फेरि स्वीकार्ने लोग्ने कतै देख्नु भएको छ?" अब युबकले कथामा केहि अस्वाभाबिक प्रसङ बढी भएको हो कि भन्ने शंका गर्न थाल्यो।
"कथा र जिबन दुबै अलग्गै बिषय बस्तु होइनन्, त्यसैले शायद यस कथामा थुप्रै अध्यायहरु लेखिन बाँकि छन्, जुन लेख्ने मान्छेले इमान्दारीपुर्बक पाठकलाइ बताउनै पर्छ।" सरको कुरा युबकले बुझे जस्तो गर्यो।
"साँच्चै अब के होला त?" युबकले आकाशमा मडारिरहेको कालो बादललाइ हेर्दै भन्यो।