Posted by: Jangali Maanab October 9, 2011
निहिता विश्वासको अर्को धमाका !!!
Login in to Rate this Post:     0       ?        
 

निहिता बिग बोसको घरबाट आउट


बिकीनी किलरका रुपमा परिचित चाल्स शोभराजकी पत्नी निहिता विश्वास रियालिटी सो बिग बोसको सिजन ५ बाट बाहिरिएकी छिन् । यस सिजनबाट बाहिरिने उनी पहिलो प्रतियोगी हुन् ।

प्रतियोगिताबाट बाहिरिनेको सूचीमा रहेकी मोडल तथा भिजे पूजा मिश्र भने निहितालाई पन्छाउँदै बिग बोसको घरमा बस्न सफल भइन । प्रतियोगिताबाट बाहिरिएपछि निहिताले आफूलाई बिग बोसको घरबाट निकाल्न निर्णय पक्षपातपूर्ण भएको प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन् केहीलाई छाडेर बिग बोसका सबै राम्रा साथीहरु छन् । म आफ्नो र पतिका बारेमा रहेका केही गलत प्रचारहरुलाई प्रष्ट पार्न चाहन्थेँ । यसमा केही कदसम्म सफल भएँ ।

उनले कार्यक्रममा दौरान सोधिएको शोभराजसँगको यौन सम्वन्धबारे सोधिएको प्रश्नले आफ्नो लागि आश्चर्यजनक भएको बताइन । उनले भनिन् कार्यक्रममा दौरान योन सम्वन्धबारे सोधिएको प्रश्न मेरा लागि सकिङ थियो । तर पनि मैले हरेक प्रश्नको जवाफ दिने कोशिस गरेँ ।

विग बोसको अर्का सहभागी मनदीप बेल्वीले शोभराजसँगको यौन सम्वन्धबारे प्रश्न गर्दा निहिता लज्जित हुनु परेको थियो । बेल्वीले निहितालाई सोधिकी थिइन् शोभराज र तिमीले पनि सेक्स गरेका छौं यो प्रश्नको निहिताले कुनै जवाफ दिन नसक्दा बेल्वीले अर्को प्रश्न राखिन तिमीले शोभराजसँग किन बिहे गरेकी ।

Read Full Discussion Thread for this article