Posted by: Geology Tiger October 8, 2011
Login in to Rate this Post:
3
?
Liked by
साथीभाइहरु माझ कम रुचाइएको तर म आँफैलाई चाँही एकदमै मन पर्ने एउटा पुरानो प्रयास
'हाइ' र 'हेल्लो'
घामको प्रचण्ड रापले शरीरमा रहेको थोपा थोपा पानी सोसिरहँदा,
बर्षा! कहिल्यै पूरा नहुने मरुभूमीको एउटा सुन्दर मृगतृष्णा,
तर क्षितिजपारि सेता बादलका केही टुक्राहरुको आगमनसँगै,
बन्द हुनै लागेको मेरो मुटुको गतिमा तिव्र संचार,
मनमा हर्षको बर्षा,
आहा, बर्षा आयो!
कस्तो उत्साह! कस्तो जोश!
यस्तो लाग्यो
म सगरमाथाको त्यो आकाश छुने उचाइ एकै उक्लाइमा उक्लिदिन्छु,
म प्रशान्त महासागरको त्यो अथाह गहिराइ एकै फड्कोमा तरिदिन्छु,
खेतमा लगाएको बाली घामको रापले डढिरहँदा तिम्रै प्रतिक्षारत एउटा किसान जस्तै,
काठमाडौंको झलमल-अन्धकार शहरमा मैन बत्ती बाल्दै गरेको एउटा शहरिया जस्तै,
हो बर्षा, म तिम्रै प्रतिक्षामा थिए,
म तिमीमा निथ्रुक्क भिज्न चाहन्थे,
बर्षौ देखीको यो प्यास!
शरीरको हरेक अंगमा म तिमीलाई अनुभव गर्न चाहन्थे,
तिमीसगैँ भेलिएर जिन्दगीको स्वाद चाख्न चाहन्थे,
ती सेता बादलहरु काला हुँदै जव मै माथिको आकाशमा आए,
मलाई लागेको थियो यो चोटि त साँच्चै मेरो प्यास बुझ्ने भयो,
बर्षौ बर्षौ देखिको मरभूमीको मृगतृष्णा साकार हुने भयो।
उफ्फ!
तर सधैं सधैं झै यसपाली पनि तिमीले
'हाइ' र 'हेल्लो' मात्र भन्यौ।