Posted by: NALAPANI October 1, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     4       ?         Liked by
 बेलायत को मात्र हैन संसार को जुन सुकै देश को सेनामा योग्यता र स्वेच्छाका आधार मा भर्ना लिइन्छ । नेपाली सेना पनि एस्को अपबाद हुन सक्दैन । किशोर लिम्बुजी ले भने जस्तो नेपाली सेना मा छेत्री हरुको बर्चस्व हुनुमा पारिवारिक परम्परा को ठुलो हात रहेको छ। जुन सुकै देश को सेना मा पनि पारिवारिक परम्परा सेना मा भर्ना हुने एउटा ठुलो कारण रहेको छ्। अहिले मात्र हैन स्थापना काल देखी नै नेपाली सेनामा खसछेत्री हरुको बलियो उपस्थिती रहेको छ। जबकी अन्य martial race अन्तर्गतका जनजाती हरुको ब्रिटिश र भारतीय सेना पछी तेस्रो रोजाइमा मात्र नेपाली सेना पर्दछ। नेपाली हरु ब्रिटिश र अन्य देशको सेना मा जाने परम्परा का प्रनेता बलभद्र कुँवर ब्रिटिश हरुको आकर्सक प्रस्तव का बाबजुद् पनि ब्रिटिश सेना मा नगै पन्जाबी सेना मा स्थापित गोर्खाली हरुको अलग्गै तुकडी को नेत्रत्व गर्न गए। ब्रिटिश सेनामा नेपाली युवा हरुलाई लक्षित गरी स्थापना गरिएको गढ्वाल् रेजिमेन्ट् र शिर्मूर बटालियन् मा सबैभन्द पहिल खस ठकुरी र मगर हरुलाई लियिएको थियो। अफगान युद्ध, पहिलो र दोश्रो बिस्व युद्ध मा छेत्री हरु को सबै भन्दा बढी सहभगिता थियो । बर्मा मा जापानि सेना सँग को युद्ध मा केही छेत्री सिपाही हरुले बिदेशी को लागि लड्न आनकानी गरेको, साथै अन्य सान्स्कृतिक मान्यता (गाइ को मासु नखाने, जुत्ता लगाइ खाना नखाने आदि)का कारण ब्रिटिश सेनामा छेत्री हरुको सन्ख्या कटौती गरीयो । यधपी ब्रिटिश ले स्थापना गरेको छेत्री ठकुरी हरुको ९ औ गोर्खा रेजिमेन्ट् अहिले पनि भारतीय सेना को एक बिसिस्ट युनिट् को रुप मा रहेको छ। दोस्रो बिस्वयुद्ध मा उत्कृष्ट युद्ध कौसल देखाएका मगर हरु त्यस पछी ब्रिटिश को पहिलो रोजाइ भएको सत्य हो। 

 नेपाली सेना मा मगर हरु को मात्र अलग्गै बटालियन नभएर अन्य जाती को पनि रहीआएको छ। बडामहाराज् पृथ्वीनारायन शाह को पाला मा खडा गरिएका ५ कम्पनी हरुमा उन्ले आफ्नो दिव्य उपदेश मा भनेका ४ जात हरुको उपस्थिती रहेको थियो। जस्तोकी, पुरानो गोरख गण् र काली बहादुर गण् क्रमस: मगर र गुरुङ हरुको थियो भने बाँकी सबुज गण् सहीत् अन्य ३ वटा कम्पनी खस (छेत्री) र ठकुरी हरुको थियो । पछी राजा ग्रीवाणु बिक्रम को पाला मा किरांत् (राई, लिम्बु, सुनुवार) हरुको पनि छुत्तै  रिपुमर्दिनी गण् र कर्णाली क्षेत्र का खस हरु को खस कम्पनी र चन्दन नाथ  गण् स्थापना भएको थियो। यि सबै गण् हरु राजनैतीक नारा को आधार र कथित् समाबेसी को आधार मा नभएर ति जात- जाती हरु को युद्ध कौसल का आधार मा थियो। नेपाल को ईतिहास मा सबै भन्दा सफल मनिएको सबुज गण् जस्ले ब्रिटिश हरुलाई बुटवल र जितपुर्गढि को युध मा हरएको थियो तेस्लाई नै मधिसे हरुको राजनैतीक भर्ना को शिकार बनाउन खोजिदै छ । नालपनी युद्ध मा मगर सेना ले देखाएको कदर स्वरूप हाल सम्म मगर हरुको पुरनो गोरख गण् यथावत् रहेको छ। तथापी यो कुनै mass recruitment का आधार मा खडा गरिएको हैन । नेपाली सेना को भर्ना प्रकृया पुरा गरेका मगर जातिका सेना लाई तलिम पछी यो गण् मा स्थानतरन गरिन्छ। केही सय सेना सन्ख्या रहेको यो गण् मा कारीब ९०% मगर हरु को बाहुल्यता छ्। जबकी नेपाली सेनामा मगर हरुको उपस्थिती करिब् ७% रहेको छ। 

योग्यता पुरा गरेका र आफ्नो स्वेछा मा भर्ना हुन चाहने मधेसी हरुलाई नेपाली सेना मा लियिनु राम्रो कुरा हो तर कुर्सी प्राप्तिको सौदबाजी को लागि दसौ हज्जार मधेसी लाई नेपाली सेनामा भर्ना गराउनु भनेको नेपाली सेना लाई बाँदर को पुच्छर बनाउनु हो। 

www.nepalarmy.mil.np/inclusiveness.php?
Last edited: 01-Oct-11 12:52 PM
Read Full Discussion Thread for this article