Posted by: HairyBicep September 30, 2011
खै हाम्रा राष्ट्रबादी साझाबासी हरु ?
Login in to Rate this Post:     0       ?        
तराईमा जतिसुकै मात्रामा जे कुरा उत्पादन भएपनि त्यो भारत नै गएको छ। भारतबाट उल्टै बरु भंसार तिरेर आफ्नै देशमा निर्मित उत्पादित बस्तुहरु किन्न हाम्रो टुप्पी कसिएको बेलामा जतिसुकै राष्ट्रवादको कुरा गरेर केही ख्यासिन्छ जस्तो मलाई भने लाग्दैन।

अहिले तराई कसले हाँकिरहेको छ? म तराई मा जन्मेको, म पनि मधेसी हुँ भनेर गर्व गर्न रुचाउने पहाडीहरु त्यस्तै परे बेला बेलामा खटिया मुन्तिर लुक्न गएर आफ्नो ज्यान जोगाउनु पर्ने अवस्था छ। गोरु किनेर ल्याएको साइनोले होस् या छोरी दिइ ल्याइ सीमापारीका लठैतगरुसँग जमाको सम्बन्धले होस् यसले नेपाल भन्दा बढ्ता भाउ उतैतिरका ले पाइरहेका छन्। 

एक न एक दिन यिनीहरु छुट्टिन्छन् छुट्टिन्छन, नछुट्टिएपनि यिनीहरुको धमास् हरदम सुनिरहनु पर्छ। मेरो विचारमा त अब यिनीहरुलाई छुट्टाइ नै दियो भने भविष्य कस्तो हु्न्छ भन्ने त्यसबारे विचार गर्ने  हो कि? के गुमाइन्छ के पाइन्छ? 
Read Full Discussion Thread for this article