Posted by: usatonepal September 30, 2011
mom and skype
Login in to Rate this Post:     0       ?        
 बिहान बिहानै यसो आफ्नो ब्ल्याक्बेरी हेरेको त साथिले टेक्स्ट गरेको रैछ ! नेपालमा भुकम्प गयो ! ३ जना को डेथ भयो रे ! अनी त एक्कासी मन नै भारी भयो !! पहिलो सोंच त आमाकै आउदो रैछ ! भुकम्प गयो रे ! कत्ति रेक्टर स्केल को गाको हो ! आमा बुवा बहिनि ठीक छन् की छैनन् ! आँखा अगाडि त्यो ३ तले घर को सम्झना आयो ! घर को अगाडी को त्यो साङुरो बाटो र वारी पारी को ५,६ तले घर को याद आयो ! केही समय अगाडी को कान्तिपुरमा पढेको थिए नेपाल मा ठुलो भुकम्प आयो भने त लाखौं को मृत्‍यु हुन्छ भन्ने खबर नै दिमाग भरी घुमी रह्यो ।।।।।।।।अनी एक हात बाट कम्प्युटरमा नेपाल्न्युज डट कम र अर्को हात बाट घर तिर फोन लगाए ।।।।हरे फोन पनि पुन: प्रयास गर्नु भन्छ !! कतै अनिश्ट त भएन प्रभु   !!!
Read Full Discussion Thread for this article