Posted by: instagram September 29, 2011
खै हाम्रा राष्ट्रबादी साझाबासी हरु ?
Login in to Rate this Post:     0       ?        
Nalapani , as Timer said I havent heard that Indian Army thing recently so forget about that Bro. तिम्रो त नाम मै नालापानी रैच अनी तातो तातो कुरा गार्छौउ  :-)
Timer i am so shocked man , तिमी ,तपाइ नै भनम  अब (म भन्दा पढे लेखेको पर्नु भये छ ) , तपाईं लाई के लाग्छ दरबार हत्या कान्ड , गणतन्त्र , मदन भण्डारी हत्या कान्ड, माओवादी आन्दोलन सब एउता सन्योग या घटना  मात्र हो? एदी हो भन्ने थन्नु हुन्छ भने नि मित्र मलाई माफ गर्नुस् मलाई यो भन्न अली कती पनि हिचकिचावत छैन कि तपाईं लाई नेपाली राजनीति को बारे केही थाहा नै रइनछ , मैले मलाई थाहा छ भन्न खोजेको हैन है , म त झन तपाईं भन्दा कम पढेको कम संसार देखेको जिब जन्तु हो , देस के हो त अमेरिका आए पछी चिने ।
नेपाल लाई एउता धागो मा बाधेर राख्ने एउता सुत्र थो राजतन्त्र , चाहे तपाईं जे भन्नुस् राजा (बिरेन्द्र को पाला ) सम्म भनेको हाम्रो बाउ सरह नै थे । उन्ले जे बोल्थे त्यो नेपाल को कानुन बन्थो , जता लाग्थे त्यो हाम्रो मार्ग बन्थो ।  नेपाल लाई तोद्न जुन सुकै बहिरी सक्ती लाई राजतन्त्र धाल्नु जरुरी थो , र त्यो क्रमस मदन भण्डारी हत्या कान्द हुँदै , दरबार हत्या कान्ड मा आएर सफल भयो । देस लाई खोक्रो पार्न लाई भित्रै लडाउन जरुरी थियो जुन माओवादी हात्या हिन्सा बाट पनि सफल भयो । अब अन्तिम चरान मा छ देस टुक्रिन , मधेसी को पासा फ्यालेर , मधेस र पहाडी जनता को बिच घ्रिना पैदा गराएर मधेस को छुट्टै प्रदेस बनाउने , अनी त्यो प्रदेस लाई लागेर भारत मा बिलय गराउने । सरद सिंह भण्डारी ले भनेको तेइ नै हो । भोली एक मधेस एक प्रदेस लागु भयो भने हुने वाला तेही छ , लेखेर राख्नुस् , औसत नेपाली को आयु ५८ बर्ष छ , मैले आधा पनी छोएको छैन ( म चाडै मर्दिन भन्न खोजेको ) आउने दिन मा त्यो भएन भने अनी मलाई भन्नुस् ।  
मित्र मैले अगी भने जस्ताइ भोली १० जना मधेसी नेता हरु दिल्ली गएर मधेस लाई छुटाउने निर्णय गरे भने मैले अगी भने ने नेपाली सेना त के चाइनाले नि केइ गर्दैन । मदन भण्डारी पछी नेपाल आमा ले राष्ट्र भक्त नेता बनाउन छोडि सकिन तेइ भएर बाहिर surface मा बसेर कुरा गर्नु भन्दा एअक पटक भित्र बाट नियाल्नुस् अनी जवाफ आँफै पाउनु हुन्छ
जय नेपाल
Read Full Discussion Thread for this article