Posted by: Phatte September 28, 2011
दशै आए के गये के !!
Login in to Rate this Post:     5       ?         Liked by
कुरा सुनेर घत् लाग्यो | आमालाई अस्ती फोन गरे, आमाले दशैको शुभकामना दिनुभो र भन्नु भो  "बार बर्षमा त खोला फर्कन्छ भन्छन, अब त तिमी सँग दशै नमनाको पनि धेरै भो, २-३ बर्षमा त बार बर्ष पनि पुग्छ तेस पछी त सँगै परिवार दशै मनाउन कसो नपाइएला एक दिन" भन्दा तुरुक्क आसुँ झर्यो र रात भरी कुरा खेल्यो मनमा: दसैंको स्कुल छुट्टी, टन्न होमवोर्क, साथीहरु, धागोमा माजा, चङ्गा,धानका बाला, दुर्गा पूजा, भागवती मान्दिरहरु, बिहान् बिहान् हुस्सु, फूलपातीको बडाइ, अस्टमीको बोका, नवमीको खसी, लंगूर्-बुर्जा, नयाँ लुगा, टिका, मामा घर, सुनसान काठमाडौं...............
Read Full Discussion Thread for this article