Posted by: TuN3R September 28, 2011
Lau aba hera naya sarkar ko Natak
Login in to Rate this Post:     0       ?        

रक्षा मन्त्रीका कारण भट्टराई सरकार अप्ठ्यारोमा

  • सरकारले तुरुन्त आफ्नो स्थिति स्पष्ट गरोस् : वैद्य-थापा

  • काठमाडौं, आश्विन ११ - तराईका २२ जिल्लालाई अलग राज्यको घोषणा गर्ने रक्षामन्त्री शरतसिंह भण्डारीको अभिव्यक्ति र त्यसको प्रतिक्रियाले सरकार अप्ठ्यारोमा परेको छ ।

रक्षामन्त्रीको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी कांग्रेस, एमालेमात्र होइन प्रधानमन्त्री बाबुराम भट्टराईकै दल माओवादीका उपाध्यक्ष मोहन वैद्य समूहको कडा प्रतिक्रियाले सरकार संकटमा परेको छ । आफ्नै दलको 'प्रभावशाली' समूहले उनको भनाइबारे प्रष्ट पार्न दबाब दिएको छ ।

माओवादी उपाध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाले बुधबार बिहान विज्ञप्ती जारी गर्दै रक्षामन्त्रीलाई बर्खास्त गर्न र सरकारले आफ्नो धारणा सार्वजनिक गर्न माग गरेका छन् । वैद्य समूहले स्थायी समिति निर्णयलाई चुनौति दिंदै बुधबार नै विरोध प्रदर्शनको तयारी गरेका छन् ।

उनीहरुकै शब्दमा रक्षामन्त्रीको 'राष्ट्रघाती वक्तव्य'ले सम्पूर्ण देशभक्तहरुलाई स्तब्ध तुल्याएको उल्लेख गर्दै वैद्य र थापाले तराईका बाइस जिल्लाहरुलाई पृथक राज्य घोषणा गर्ने अप्रत्याशित उदघोषले सबै राष्ट्रप्रेमी तथा देशभक्तलाई आक्रोशित एवं आश्चर्यचकित तुल्याएको बताएका छन् ।

'कतै सिङ्गो नेपाल, विशेषतः तराईलाई भारतमा गाभ्ने 'सिक्किमीकरण'को गुरुयोजना अन्तर्गत् यो घृणित वक्तव्य प्रसारण गरिएको त होइन ? कतै चारबुँदे सम्झौतामा अमूर्तरुपमा उल्लेख गरिएको सम्बन्धित मित्र राष्ट्रहरुसँग 'सहमति हुन प्रस्तावित विषयहरु'को यो मूर्त अभिव्यक्ति त होइन ?,'  विज्ञप्तीमा छ, 'यसले सर्वत्र गम्भीर उद्वेलन पैदा गरेको छ ।'

विज्ञप्तीमा मधेसी जनताको संघीयता, स्वायत्तता तथा आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न र 'राष्ट्रघाती वक्तव्य'को सर्वत्र भण्डाफोर गर्न अपिल गरिएको छ ।

रक्षामन्त्रीको अभिव्यक्तिको प्रमुख गठबन्धनकारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुनै प्रतिक्रिया दिएको छैन । तर सरकारलाई समर्थन दिएको मधेसी जनअधिकार फोरम नेपालसहित अधिकांश साना दलले रक्षामन्त्रीको भनाइको विरोध र भर्त्सना गरेका छन् ।

यसैबीच रक्षामन्त्रीको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले यस विषयमा दुई दिनभित्र धारणा सार्वजनिक गर्ने भएको छ । 'सम्भवतः भोलि वा पर्सीसम्ममा हाम्रो धारणा बाहिर ल्याउँछौं,' फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले भने, 'हामी छलफलको क्रममा नै छौं ।'

उनका अनुसार रक्षामन्त्री भण्डारीको अभिव्यक्तिको विषय गाम्भीर्यताबारे पार्टीका विभिन्न मोर्चामा छलफल भइरहेको छ ।


--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
La guess gardai gara aarko natak kun chahi huncha bhanera :P
-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

Read Full Discussion Thread for this article