Posted by: jwaaii September 27, 2011
Login in to Rate this Post:
1
?
Liked by
मेरो कविता को शिर्षक छ "छल र फल" (हि हि हि)
छक्कै पर्ने जनतालाई
नेता भनाउदाले छकाएछन्
छलफलमा बोलाए सबैलाई
फल भन्दा छल बढी पकाएछन्
मीटिङ नै त थियो त्यो
चिटिङ धेरै भै पुगेछ
टाई फिटिङ लगाएका
जुम्रा फिटिङ लुकाएका
जुका झै सोझा चुसेका
अगुवा हुदै खाईपाई आएको यो
भगुवा हुदै लाहुर छिरेछ
सेकिए कै ढाडमा
अगुवाका रिन थाप्लोमा थपियो
सोझा जनता परियो
थपिए को रिन सबै खपियो
अचम्मै पर्ने जनतालाई
यो भन्दा बढी के छ र अचम्म पार्नु
झुकाउदै मज्जाले घुस खानु
मेरो पनि कर्म रह्यो
खेस्रामा यो कबिता सार्नु।
कबि
(उहि) ज्वाई