Posted by: jwaaii September 27, 2011
न यो शहर मेरो हो न म यो शहर को
Login in to Rate this Post:     4       ?         Liked by
अंहम ले छुटाएको जिन्दगीमा एउटा खुराक पस्कदैछुँ हैं भुलचुक लेनदेन!

आई-पड सँगै अनौठो शहर!!!

यि अनुभूति एक शहरमा
जहाँ आएको थिएँ रहरमा
पाउछुँ रेलमा टासिनेहरु
आईपड ठोस्दै हिड्नेहरु

परिचय छैन बिरानै छ शहर
मान्छे अनेक सपना अनि रहर
प्रक्रिति ले यो ठाउँ सुन्दर बनायो
मान्छे मान्छे माझ एक्लै हरायो

राम्रा अनुहार छन्, सबै छन् राम्रै
मस्त छन् सबै आईपडमा आफ्नै
तिनमा के-के संगीत तार बज्दै हुन्
मन केलाउदै बस्छ यि कुराका धून्

आधुनिकता छ अभाव छैन यहाँ
यहि शहर हो मानव भाव हराएछ जहाँ
पैसा छ प्रेम छैन जहाँ
प्रक्रिति छ तर रस हराएछ यहाँ

आईपड सँगै अनौठो यो शहर
निरर्थक लाग्छ लिएर आएका रहर
शरीर छ प्राण यहाँ छैन
आखिर जो म यो शहरको होइन
Read Full Discussion Thread for this article