Posted by: TuN3R September 27, 2011
नेपाल फर्कदैं हिरोइन रुपा !
Login in to Rate this Post:     1       ?         Liked by
la boka haru badhai cha hai timiharulai :P


नेपाल फर्कदैं हिरोइन रुपा !



बिन्दास हिरोइन रुपा उपाध्यायका फ्यानलाई खुशीको खबर -नेपाली सिनेमा र टिभी सिरिएलकी अभिनेत्री रुपा आधादशकपछि नेपाली सिनेमामा पुनरागमन गर्दैछिन् । उच्चशिक्षाका लागि अमेरिका पलायन भएकी रुपा अब सँधैका लागि नेपाल फर्कैँदैछिन् । अर्को साता उनी अमेरिकाबाट काठमाण्डू फर्कने निश्चित भैसकेको छ ।

ग्लोबल बिजनेस म्यानेजमेन्ट र ग्लोबल रिलेसनमा स्नातक सकेर उनी स्वदेश फर्कन लागेकी हुन् । ‘को होला मेरो मायालु’लगायत तीन सिनेमामा अभिनय गरिसकेकी रुपाले ‘परिचय’, ‘हस्पिटल’सहितका केही टेलिश्रृङ्खलामा पनि काम गरिसकेकी छिन् । राजनीतिज्ञ शैलेन्द्रप्रसाद उपाध्यायकी यी छोरीले केही महिनापहिले समुन्द्री किनारमा हट फोटो सुट गरेकी थिइन् । जहाँ उनले डिजाइनर थोरोनोभिक नेल्सोनोभिकले तयार पारेका फूलबाट बनेका वस्त्र लगाएकी थिइन् ।



चारवर्षअघि उनले अमेरिकामा एकजना रसियन चिकित्सकसँग विहे गरेकी थिइन् । तर, अहिले त्यो विहेको स्टाटसबारे केही खुलाइएको छैन । नेपाल फर्किएर चलचित्रमा अभिनय गर्ने रुपाको योजना छ । जेहोस देश फर्किएर केही गर्न चाहने युवाको काम खुशिको कुरा हो । उनलाई नजिकबाट चिन्नेहरु भन्छन् -’ऊ निकै बिन्दास केटी हो । अंग प्रदर्शनमा उसलाई बाल मतलब छैन । विदेशी हाइफाइ उसको विशेषता हो ।’ वेलकम रुपा !




Read Full Discussion Thread for this article