Posted by: Geology Tiger September 26, 2011
----For Creative Writers----
Login in to Rate this Post:     6       ?         Liked by
कुकुरको काम पनि छैन फुर्सद पनि छैन भने जस्तो खासै काम केही नभए पनि हिजोआज त्यति लेख्न भ्याइरहेको छैन । अर्को एउटा पुरानो प्रयास समिक्षा, पिस, मेरो प्रिय मित्र नाज, थापर, घोर्ले, डिपोर्टेड, झापाली, ठुलोदाइ, डार्क रोष्ट र सम्पूर्ण साझा मित्रलाई...

अनि आफ्ना मिठा मिठा रचना पस्कनु भएकोमा सबैलाई धन्यवाद... धन्यवाद त्यहाँ बाहिर रातो बत्ती देखाउनुहुने मित्रलाई पनि.. कमसे काम धागोलाई त हेरिदिनु भएछ...

मेरो मन अलि हलुङो भयो

तिमी आज खुशी भइछौ,
मेरो मन अलि हलुङो भयो ।
बोझ त अझै बोकेकै छु,
एउटा लक्ष्यहीन यात्राको बोझ,
सपनाविहीन आँखाहरुको बोझ,
आशारहित धड्कनहरुको बोझ ।
तर तिमी आज खुशी भइछौ,
मेरो मन अलि हलुङो भयो ।

मलाई आँफै देखि शंका लाग्छ,
यो सव नियति हो कि मेरो नियत ?
म फूलहरुको वास्ना महसूस गर्नै सक्दिन,
म जूनको शितलता महसूस गर्नै सक्दिन,
म हृदयको कोमलता महसूस गर्नै सक्दिन,
मलाई आँफैदेखि अविश्वास लाग्छ ।
तर तिमीले नयाँ विश्वास पाइछौ
मेरो मन अलि हलुङो भयो ।

हाडमासुको यो थुप्रो भित्र कतै
मस्तिष्कका नशाहरु त मेरो पनि चल्दो हो ।
तर यस्तो लाग्छ म त केवल एउटा मसिन हुँ ।
धक धक धक धक.....,
नबन्ने गरि अचानक एकदिन यो मसिन बिग्रन्छ ।
हो म एक मसिन,
मलाई तिम्रो साथ हुनु र नहुनुमा केही फरकै छैन ।
तर तिमीले नछुट्ने साथ पाइछौ,
मेरो मन अलि हलुङो भयो ।

कि शायद म एकपछि अर्को गर्दै,
अनगिन्ती नाटकहरु गरिरहेछु ।
तिमीसँगको सामिप्यताको नाटक,
मायाप्रेमका अनगिन्ती नाटक,
अनि पछि भावहीनताको नाटक,
एउटा शून्यताको नाटक ।
अहो! म त केवल एउटा पात्र भएछु,
तिमीसँगका पलहरु सबै एउटा पात्रको अभिनय ।
तर तिमीले साँचो माया पाइछौ
मेरो मन अलि हलुङो भयो ।

कि सधैं सधैं ढुङ्गाहरुसँगको दैनिकीले
म पनि सार्हो ढुङ्गा भएछु ।
सुख्खा नदी छेउमा फ्याँकिएको एउटा बेकम्मी डुंगा भएछु ।
अनि सोध्न मन लाग्छ आफैलाई, के म छु ?
अनि तिमी ? अहँ तिमी त्यो हुँदै होइन,
समय धेरै दौडिसक्यो,
मैले चाहेको तिमी अहिलेको तिमी होइन ।
तर तिमीले चाहना गर्ने पाइछौ,
मेरो मन अलि हलुङो भयो ।
 
Read Full Discussion Thread for this article