Posted by: Ghorle Boko September 26, 2011
----For Creative Writers----
Login in to Rate this Post:     3       ?         Liked by
 बोरा बोरा जिन्दगी!

हावाको एक झोक्कामै ध्वोस्त हुने जिन्दगी
क्षणभरमै टुक्रा टुक्रा हुने जिन्दगी
आकाशको बादलले सखाप पार्ने जिन्दगी
आमा भन्न नपाउदै खरानी हुने जिन्दगी!

खराब मौसमको सिकार यो जिन्दगी
खराब यन्त्रको धिक्कार यो जिन्दगी
भ्रस्ट तन्त्रको आहार यो जिन्दगी
एफ. वान्. भिसाको उपहार यो जिन्दगी!

रेस्क्युको नाममा मारिएको यो जिन्दगी
यम्बुलेंसको पर्खाइमा त्यागिएको यो जिन्दगी
प्रहरी दाईको कालो बोरामा हालिएको यो जिन्दगी
बेच्न लागेको मासु जस्तो, बोरा बोरा जिन्दगी!!


 
Read Full Discussion Thread for this article