Posted by: Geology Tiger September 24, 2011
आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन
Login in to Rate this Post:     1       ?         Liked by
भने पछि बिशाल शाह भनेको हाम्रै कालेकान्छा भाई परे कि कसो? खै साझामा त थुप्रै पुरुष मित्रहरुको रगत उम्लेको थियो, तर न्यूयोर्कमा भने एक जना बिशाल शाह मात्र देखिनुभएछ । यहाँ त 'तिम्रो घरमा मान्छे मारे भने के गर्छौ' भन्ने प्रश्न आएको थियो तर मेरा परम मित्र नाशले धेरै असल भनेर जति बयान गरे पनि बिशाल शाह कुन बिचार धारा बोकेर हिंड्ने मान्छे हुनुहुन्छ भन्ने हामीमध्ये धेरैलाई थाहा नै होला । एउटा कुरा अचम्म के लाग्छ भने पढेर मात्र नहुने रहेछ, अमेरिका आए पनि, मास्टर र पिएचडी गरे पनि हामीमध्ये धेरैलाई कुनै पार्टी वा कुनै जाती बिशेष संगठनको टट्टु नबनी चित्तै बुझ्दो रहेनछ । हरे हामी मात्र अनि मात्र नेपाली हुने कहिले होला? बाबुराम भट्टराईलाई कालो देखाउन पर्छ भनेर मडारिनु भएका मित्रहरुलाई फेरि पनि एउटा अनुरोध, यहाँ कालो झन्डा देखाएर हुनेवाला केही छैन; भट्टराईले 'तपाईंहरुले देखाउनु भयो मैले हेरे भन्दिन्छन्' । यदि साँच्चै नै भट्टराई लागायत अन्य माओवादी नेताहरुलाई उनीहरुले गरेको युद्दअपराधको लागि हेगमा उभ्याउने हो भने नेपाल जानुस् र नेपाली जनतालाई बुझाउनुस्, "यी हत्याराहरुले देखाएको गुलियो सपनामा नभुलौं, यिनीहरुको उद्देस्य भनेको त जनतालाई झुटो आश्वासन देखाएर, हजारौ नेपालीको रगत बगाएर सत्ता कब्जा गर्नु मात्र हो ।" होइन भने साझामा नारा लगाएर अथवा न्यूयोर्कमा कालो देखाएर हुनेवाला केही छैन ।

अस्तु  
Read Full Discussion Thread for this article