Posted by: ihateamerica September 24, 2011
Login in to Rate this Post:
0
?
खाने ठाउँ सफै छ। टेबुल पुछिएकै छन्। भान्साको ढोका खुल्नेबित्तिकै ह्वास्स गनाउँछ। उफ्! शौचालयसँगै रहेको भान्सामा खानेकुरा भुइँभरि छरिएको छ। पकाउन ठिक पारिएको ममः, चाउमिन, तरकारी राखेको भाँडा गाईवस्तुको कुँडो पकाउन प्रयोग हुनेजस्तै छ। चिया पकाउने भाँडा कटकटिएको। चिया उम्लिएर बिरामीले खाने जाउलोमा पोखिएको छ। भान्सापछाडि ढलजस्तै फोहोर। लामो समयदेखि थुप्रिएको फोहोर व्यवस्थापन नगर्दा झिँगा भन्किँदै। भाँडा माझ्ने ठाउँमै खानेकुरा। सड्दै गरेका।
यो वीर अस्पतालको क्यान्टिन हो। वाणिज्य विभागको नेतृत्वमा मंगलबार अनुगमन टोली पुग्दा 'रछ्यानमै' कामदार खानेकुरा पकाइरहेका थिए।
'पुरानो सरकारी अस्पतालको क्यान्टिन यस्तो होला भन्ने ठानेकै थिएनौं,' वाणिज्य विभागका उपसचिव टीका भण्डारीले भने, 'सबैभन्दा फोहोर भान्सा त यहीँ रहेछ।'
भान्सा अत्यन्तै फोहोर भए पनि संवेदनशील क्षेत्र भएकाले अनुगमन टोलीले क्यान्टिन बन्द गरेन । टेलीले सञ्चालकलाई तत्काल स्वच्छता कायम गरि तीन दिनभित्र स्पष्टीकरणका लागि वाणिज्य विभागमा उपस्थित हुन पत्र काटेको छ। 'अस्पतालको क्यान्टिन भएकाले हामीले संवेदनशीलता हेरेर बन्द नगरेका हौं,' विभागका निरीक्षण अधिकृत कमलबहादुर थापाले भने।

Last edited: 24-Sep-11 05:44 PM