Posted by: makalekanchha September 22, 2011
आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन
Login in to Rate this Post:     0       ?        

अमेरिकामा प्रधानमन्त्री डा. भट्टराइले आफ्नै नेपाली नागरिकहरु र अमेरिकी नागरिकहरुबाट कालो झण्डा सहित बिरोध प्रदर्शनको स्वागत पाउनुहुने, यी कारणहरुले गरिदैछ रे बिरोध प्रदर्शन

 
- न्यूयोर्कबाट किशोर शर्मा
संयुक्त  राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका  आउनु भएका प्रधानमन्त्री डा. वावुराम भट्टराइले आफ्नै नेपाली नागरिकहरुवाट र अमेरिकी नागरिकहरुबाट  कालो झण्डा सहित बिरोध प्रदर्शन को स्वागत पाउनुहुने भएको छ।अमेरिकामा रहेका नेपालीहरुले भट्टराईलाई कालो झण्डा सहित बिरोध प्रदर्शनले स्वागत गर्ने भएका हुन। भट्टराईले महासभालाई शनिवार सम्वोधन गर्ने कार्यक्रम रहेको छ । महासभालाई सम्वोधन गरिरहँदा राष्ट्रसंघिय कार्यालय अगाडी नेपालीहरुले उनका विरुद्ध कालो झण्डा सहित बिरोध प्रदर्शन गर्ने भएका हुन। 17 हजार निर्दोष नेपालीहरुको हत्याको जिम्मेवार माओवादी तथा उनकै पार्टीका भट्टराईले महासभालाई सम्वोधन गर्नु लाजमर्दो भएको कालो झण्डा प्रदर्शन गर्न लागेका आयोजकहरुले जनाएका छन्।
- सत्र हजार भन्दा बढी निर्दोश नेपाली लाई मार्ने, हजारौ को घर, सम्पत्ती जफत गर्ने, लुट्ने, कुट्ने, अपहरण गर्ने, आतंकबादी गतिबिधी गर्ने माओवादीका का दोस्रो ठुलो नेता भएकाले ।
- मधेसी दलहरुसँग राष्ट्रघाती सम्झौता गरी नेपालकै अस्तित्वमाथि धावा बोलेकाले ।
- नेपाली राष्ट्रिय पोशाक दौरा सुरवाल खारेज गरी नेपाली जनता र देश को अपमान गरेकाले ।
- शान्ती र संबिधान केबल सत्ता को भर्र्याङ् मात्र बनाउने दुस्शाहस गरेकाले ।
- अपराधमा संलग्न माओबादी खोल ओढेका अपराधीहरुको सरकारमा जानेबित्तिकै मुद्दा फिर्ता लिने जस्तो अर्को अपराध पूर्ण काम शुरु गरिसकेकाले ।
- प्रजातन्त्रको खिल्ली उडाउदै लडाकु लाई सेना मा गाभेर सेना समेत भाड्न खोजेकाले ।
- हिन्दू धर्मको समेत कत्लेआम गर्ने जस्तो अपराध गर्ने काम मा सक्रिय सहभागी भएकाले ।
- बन्दुक र बल का आधारमा चल्दै प्रजातन्त्रको उपहास गरेकाले ।
- मानबाधिकार र स्वतन्त्रताको बारम्बार खिल्ली उडाएकाले ।
यस्ता हरकत गर्ने नायक प्रधानमन्त्री डा. बाबुराम भट्टराई लाई हामी घ्रिणा गर्दछौं भन्दै अमेरिकामा रहेका नेपाल र नेपाली लाई मायागर्ने नेपाली र अमेरिकनहरुले समेत संयुक्त राष्ट्रसंघ भवन अगाडि न्यू योर्क मा कालो झण्डा सहित बिरोध प्रदर्शन को तयारी गरेको न्यू योर्कबाट नेपाली हरुलेनै बताएका छन ।उनी जादा आउँदा समेत बाटोमा पनि कालो झण्डा सहित बिरोध प्रदर्शन गरिने आयोजकहरुले जनाएका छन ।  काला झण्डा सहित कार्यक्रममा उपस्थितिका लागि सबै नेपाली लाई उनिहरुको नेट्वोर्कले आह्वान पनि गरेको छ। उपस्थित हुने ठेगाना यसप्रकार रहेको आयोजकहरुले बताए  :
Dag Hammarskjold Plaza, 47th Street and 1st Avenue, New York, NY 10017. In front of the United Nations Headquarters
Time: 8:00AM Saturday, September 24th, 2011.
Read Full Discussion Thread for this article