प्रश्ने साथी,
प्रश्न त गर्यौ तर तिम्रो प्रश्नको पारा देखेर दिक्क लाग्यो, साझाले तिमीले लेखेको कुन शब्दलाई फिल्टर गर्यो भन्ने कुरा म सहजै अनुमान लगाउन सक्छु । एउटा कुरा के बुझिराख भने प्राकृतिक प्रकोपले को नेपाली को न नेपाली भनेर छुट्याउदैन । कहाँदेखि कहाँसम्म नेपाल र कहाँदेखि कहाँसम्म भारत भन्ने पनि छुट्याउदैन । प्रकृतिले मान्छेले कोरेको भूगोलको सिमानालाई स्वीकार गर्दैन । फरक केले पार्छ भने कुन देशका मान्छेहरु यस्तो प्राकृतिक प्रकोपको सामाना गर्न बढी तयार भएर बसेका छन् भन्ने । नेपालमा आएको जस्तो भूकम्प जापानमा गयो भने तिनीहरुलाई केही पनि फरक पर्दैन । यसरी पनि यो समय नेपाली र ननेपाली भनेर हल्ला गरेर बस्ने होइन । कहाँ कति क्षति भयो र कहाँ कहाँ उद्दार गर्न आवश्यक छ भनेर चासो लिने हो र सकेको सहयोग पठाउने हो । हैन तिमीलाई सिक्किमको नाम किन लेखिस् भन्ने जान्न जरुरी भएको भए चाँही एउटा कुरा भन्छु सुन । हरेक भूकम्पको एउटा उद्गम बिन्दु हुन्छ जसलाई हामी केन्द्रबिन्दु भन्छौ । अहिले नेपालमा गएको भूकम्पको केन्द्रबिन्दु सिक्किम हो । तलको लिन्कमा हेर्यौ भने यो भूकम्पको केन्द्रबिन्दु कहाँ रहेछ भन्ने थाहा पाउँछौ ।
Thats the deal with Sikkim.
http://maps.google.com/maps?q=27.446N+88.390E&rls=com.microsoft:en-us:IE-SearchBox&oe=UTF-8&rlz=1I7GGIH_en&um=1&ie=UTF-8&ei=XBh2TsqKHenHsQKnu-2LBQ&sa=X&oi=mode_link&ct=mode&cd=3&ved=0CAkQ_AUoAg