Posted by: Jangali Maanab September 12, 2011
Some Sexy News ! ! ! पढ्ने होइन त ?
Login in to Rate this Post:     0       ?        


नांगिएर खेल्नुको मज्जा

न्युजिल्याण्डमा अहिले विश्वकप रग्बी प्रतियोगिता चलिरहेको छ र त्यहाँ विश्वका एक से एक उत्कृष्ट रग्बी खेलाडिहरु जम्मा भएका छन् ।
 
विश्वका उत्कृष्ट टोलीबीच न्युजिल्याण्डमा अहिले विश्वकपका लागि भिडन्त भैरहेको छ । तर यी सबै घटनाक्रमलाई छायामा पार्नेगरी त्यहाँ एउटा अनौठो रग्बी खेल भएको छ ।
 


विश्वकपको पूर्वसन्ध्यामा भएको नग्न रग्बी खेलले वास्तवमा सबैलाई आकषिर्त गरेको छ र समाचारको मुख्य विषय बनेको छ ।
 
नग्न पुरुष खेलाडि र महिला खेलाडि बीच भएको रग्बी प्रतियोगिता वास्तवमा अनौठो मात्र थिएन निकै उत्तेजनापूर्ण र रोमाञ्चक पनि थियो ।
 
न्युजिल्याण्डको पुरुष टोली र स्पेनको महिला टोलीबीच भएको खेल हेर्न ठूलो संख्यामा दर्शक उपस्थित थिए । खेल महिला टोलीले २५-२० ले जित्यो , तर खेलमा जितहार भन्दा नग्नताको प्रदर्शनले बढि चर्चा पाएको छ ।

 

पुरुष खेलाडिहरु सुरुमै नांगो भएर मैदान उत्रिएका भएपनि महिलाहरुले भने एकसरो कपडा लगाएका थिए । तर खेलको नियम अनुसार महिला खेलाडिहरुले पनि हरेक गोल गरेपछि वा गोलपोष्ट तिर बल हुत्याएपछि एउटा कपडा खोल्नुपथ्र्यो । खेल सोही बमोजिम भयो र गोल थपिादै जाँदा अन्त्यमा महिला र पुरुष दुबै नांगै भए ।

 

 

वास्तवमा सद्धे मानिसलाई सबैको सामु नांगो हुन लाज लाग्छ तर यी खेलाडि कुनै संकोच बिना नै नग्न रुपमा मैदानमा भिडिरहेका थिए । महिला खेलाडिमा नर्तकी , शिक्षिका र विद्यार्थीहरु थिए भने पुरुष खेलाडि व्यवसायिक खेलाडि थिए ।
 

 

Last edited: 12-Sep-11 02:12 PM
Read Full Discussion Thread for this article