Posted by: purana kagaz August 25, 2011
आखिर किन छोडेर गएकी थिइन त अस्मिता ले मलाई ?
Login in to Rate this Post:     0       ?        
अस्मिता ले मलाई छोडेर जानु भन्दा अगाडि ...

************************************************************************************


सार्है चन्चले, अती नै सुन्दर , चिटपिट गरिराख्ने अनी आफ्नो हरेक सामान देखाउने, नयाँ- नयाँ लुगा लगाएर मिठो स्वरमा "दाजु म कस्तो देखिन्छु एस्मा ?" भन्थिन निश्मा। नातामा उ मेरी आफ्नै मामा को छोरी, तर हामी दुइजनलाई त्यो नाता केही होइन, हामी दुइको आफ्नै नाता छ जस्तो लग्थ्यो । बेलुकिपख भाटभटेनी सुपरमार्केट गएर अइसक्रिम खाने हाम्रो बानी नै पेरिसकेको थियो । एक अर्काले टेक्स्ट मेसेज पठाएर "गूड् नाइट" नभनी नहुने भईसकेको थियो ।
सबै नातेदारको अगाडि उनी भन्ने गर्थिन "सम्राट दाजु मलाई हाम्रो खानदानमा सब्भन्दा मनपर्ने मान्छे " भनेर । त्यो बखत हाम्रो पारिवारिक स्थिती अली कम्जोर नै थियो र मैले त्री-चन्द्र क्याम्पस्मा बि,एस,सी जोइन गरेको थिए । "निश्मा हरु चाँही आर्थिक हिसाबले धनी-मानी नै मानिन्थे ।
निश्माको जन्मदिन पनि नजिकै आउँदै थियो र म सधैं मन्मनै सोच्ने गर्थे म "निश्मा लाई केही उपहार किनी दिन पाये हुन्थ्यो उस्को जन्मदिन्मा" तर आर्थिक हिसाबले त्यो पूर्ण गर्न गाह्रो थियो मलाई ।
"दाजु, आज मो:मो खान जाम न " भनिन निश्माले एक्दिन , गोजिमा रु,१०० मात्र थियो , तेइपनी ल जाम्न त भने मैले । पुरानो बानेस्वोरको एउटा रेस्टुराँ मा गएम, मेनु मात्र के हेरेको थिए : दुई प्लेट खान पैसा नपुग्ने भयो । निसन्कोच का साथ् मुस्कुराएर मलाई हेरिरहेकी निश्मालाई मैले भने 'निश्मु म सँग त पैसा नै धेरै छैन'। "ह्य दादा , म सँग छ नि पुगिहाल्छनी" भनी र हामी मो:मो खाएर एकछिन गफ-गाफ गर्दै बसेम ।
हाम्रा वरीपरी बसेका अरु मानिसहरुले घरी-घरी हामीलाई हेर्थे , सोच्थे होलान 'भर्खर लभ परेका ठिटा-ठिटी रइछन" भनेर ।
"निश्मु, हामीलाई बोय्फ्रेन्ड -गर्ल्फ्रेन्ड सोच्दै होलान है यिनिहरुले " भन्छु म निश्मालाई ।
मुस्कुराउदै "तेइ त है ! तर केटा र केटी को चाँही जोडी मिलेको छ है भनेर सोच्दै होलान है " भन्छिन निश्मा (अनी आँफै हास्छिन )
म पनि उनिसङै हास्छु अनी निश्माले पैसा तिर्न पर्स्बाट निकाल्दै गर्दा म अफुसँग भएको रु,१०० पनि निकालेर टेबुल्मा राक्छु। निश्माले रु,५०० वेटरर्लाई दिन्छिन र अर्को रु, ५०० मलाई दिदै "दादा यो राख्नु, हजुरलाई चाहिन्छ भन्दै मलाई दिन्छे । म निकै भाबुक हुन्छु एकछिन । "राख्स्यो न दादा , पछी कमाएर दिसेला, तेइ पनि हजुरलाई त अमेरिका जान मन छ बरु मलाई अमेरिका गएपछी दिसेला"
मलाई कता-कता उन्को यस्तै यस्तै बानी निकै मन पर्थ्यो र मेरो सबैभन्दा प्यारी भएकी थियिन । मेरा आँखा भित्र-भित्रै रसाउछन , तर त्यो बाहिर देखौन सक्दिन र हामी घरतिर फर्किन्छौ , निश्मालाई घर छोडेर म पनि आफ्नो घरतिर लाग्छु ।  

क्रमश :

Last edited: 25-Aug-11 03:03 PM
Read Full Discussion Thread for this article