Posted by: PeaceSoul August 24, 2011
म :- MA
Login in to Rate this Post:     2       ?         Liked by

हृदयमा सजाउने एक प्यासी हु, तिम्रो मायामा पागल एक प्रेमी हु म
जति तड्पाउने छटटाउने गराउ,  तिम्रो प्रेममा मुस्कुराउने घायल हु म

कति सम्झाउँ तिमीलाई थाकि सकेँ, बिन्ति बिन्तिको भकारी हु म
आँखाले नदेखे पनि हृदयले त हेर, पीदै  पीडाको किताब खाना हुँ  म

अपनाई हेर मलाइ एक बिहानी  हु, छाडी दियोउ भने एक कहानी हु म 
सारा संसारको आँखामा बसेको, झरी जाने दुइ थोपा आँसु हुँ म

यस अन्जान संसारमा एक्लै छु, तिम्रो साथको पुकार गर्ने अभागी हु म
जति टाउको फुटाउनु फुटाईदेउ, तिम्रो प्रेममा मर्ने बिरामी हु म
Read Full Discussion Thread for this article