Posted by: WikiLeaks August 17, 2011
प्रल्हाद केसी षड्यन्त्रको भण्डाफोर: बोस्टन कन्भेन्सन घोटालादेखि एएन ए निर्वाचनसम्म
Login in to Rate this Post:     0       ?        
Subject: प्रल्हाद केसी षड्यन्त्रको भण्डाफोर: बोस्टन कन्भेन्सन घोटालादेखि एएन ए निर्वाचनसम्म
> From: sulsulenepal@gmail.com
> To:
>
> सर्बप्रथम ए एन ए मा हुने गरेका घटोला र बिभिन्न अनियमितताका वारेमा सत्य तथ्य
> खबर पठाउने सबै शुभचिंतकहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाह्न्छौ |
>
>
> प्रल्हाद केसी षड्यन्त्रको भण्डाफोर
> बोस्टन कन्भेन्सन घोटालादेखि ए एन ए निर्वाचनसम्म
> बोस्टोन पार्क प्लाजा होटेलसँग "प्रल्हाद केसी", जसले ए एन ए को नाममा ८५ हजार
> डलर होटेललाई बुझाए, त्येसको पछाडि भित्र भित्र के भएको थियो सबैले जान्न जरुरी
> छ। स्मरण रहोस् यस पालिको डीसी सम्मेलनमा होटेललाई केही बुझाउनु परेन । होटेलमा
> काम गर्ने ईन्जिनियर "भुवन गुरुङले" डिसकाउन्ट मिलउन खोज्दा त्यो पाले भाडा
> माझ्नेहरुको जातले गर्दा हामीहरुलाई त्यस्तै भन्छन् बरु म छुट्टै कुरा गर्छु
> भनेर मात्तिएको "मेदिनी अधिकारी" “आइ याम द चेअरम्यन” भन्दै हिन्थे रे।
> मेदिनीले ग्रीन लाईट दिएपछी प्रल्हादले "केत्लिन सर्गुए" भन्ने सेल्स एजेन्टलाई
> आफ्नो छोरीको सफ्टबल हेर्न बोलाए। त्यसको लगत्तै अर्को मीटिंगमा जब ३० हजारको
> नयाँ फुड एन्ड बेवरेजको विवरण थप्पिएको देखे,  भुवन गुरुङ तीन छक खाए तर
> मेदिनीले फोनबाट टोक लगाएर उनले भने झै गर्नु भनेकोले चुप बसे।
>
> सम्मेलन हुनु एक महिना अगाडि  केत्लिन सर्गुएलाई होटेलले निकलिदिए जब
> ब्यवस्थपनले थाहा पाएकी उनी प्रल्हाद केसीसँग किकब्याकमा लागेकी थिइन भनेर।
> उनले होटेलको बिलको ३० प्रतिसत पाउने र त्यसको आधा आधा प्रल्हाद केसीसँग गर्ने
> भनेर कुरा मिलेको देखिन्छ । हुनलाई त प्रल्हाद केसीले किक्ब्याक लिने गरेका
> थिएरे  पहिला अरु बूकिङहरुमा पनि । तर गैरमुनाफाको संस्थाको निम्ती त्यसो
> गर्र्यो भने चाँही कनून बिपरित हुन्छ । जब नयाँ म्यानेजेर आए प्रल्हाद केसीसँग
> प्रोब्लम हुन थाल्यो। सम्मेलनपछी प्रल्हादले होटेलको बिल बन्द गर्नु पर्छ
> अरुकुरा मलाई थाहा छैन् भन्दै हिन्न थाले ।
>
> जब नयाँ म्यानेजर आए त्यस् पछी त घुस् खानु त परै जाओस  आफुले बढाएको होटेलको
> ८५  हजरको बिलमा फस्ने सम्भावना देखे । यदि बिल नतिरेको भए प्रल्हादले आफुले नै
> तिर्न पर्थ्यो त्यो क्युरिओ दोकान बेचेर भएपनि । आफु जोग्गिनको लागि सुरु गरेका
> थिए उनले यो सार नाटक । त्यस् पछी यही झगडा गरेको बेला उताबाट सुटुक्क "एन आर
> एन" मा सिनिअर भाइस प्रेसिडेन्ट बन्न पुगे ए एन ए को प्रतिनिधी बनेर एएनएको
> कार्यकारी समितीलाई थाहा नै नदिएर । यो सबैको छानबिन हुँदै गरेको बेला
> प्रल्हादले "हरि शर्मा मुढ्बारी" र "गिरिजा गौतम" को आडमा निर्बिरोध अधक्ष्य
> स्वघोसित गरे ।
>
> ए एन ए झुटो चुनावको कहाँनी  कसरी "अनिल पाठकले" आजीवन सदस्यलाई मात्र भोटिङ
> राईटस् दिने र त्यस् अनुसार सबै निर्बिरोध हुने र "रोजर अधिकारी" जस्तो प्रत्यक
> चुनावमा हार्ने ब्यक्ती जो पछील्लो चुनावमा अध्यक्षमा उठेपनि यसपाली
> उपाध्यक्षमा उठे । त्यो रिपोर्ट अदालतसम्म लग्नुपर्ने हुनाले वकिलहरु "गिरिजा
> गौतम" र "मुकेश सिंहले" सल्लाह दिएका थिए ।यो निर्णय जुन १ तारिकको रातमा भएको
> थियो । यो षड्यन्त्र अगाडी "धिरेन गुरुङ्लाई" कसरी हातमा लिने कुरा भएको थियो ।
> पूर्ण विवरण अर्को पाली ।
>
> शायद प्रल्हाद्ले ए एन ए लाई होटेलको घटोला गरे बापत जरिबाना तिरेर मात्रै
> पुग्थियो तर अब चाँही पाप धुरीबाट कराउन लागेकोछ । "प्रल्हाद केसी" नेपाल गएको
> मौका हालेर ग्र्यान्ड डिजैनका मुल पात्र "शम्भु ढुंगाना" को निर्देशनमा "
> तुल्सी जोशी", "रोजर अधिकारि", "गम्भिरमान श्रेष्ठ", टोरोन्टोकी "राधा बस्नेत"
> (यिनी ढनाढ्य भएकिले २५ ह्जार्को मुद्दाको कोशमा १० हजार दिएकी छिन) र
> उपबुज्रुक क्यानाडाको अबैधानिक राजदूत " कुन्जर शर्मा" ले मुद्दा हाले जसले
> गर्दा आफुले हानेको तिर आँफै तिर फर्क्यो । तुल्सी जोशीको छात्रबित्र कोश पनि
> अनुसन्धानमा र प्रल्हाद को घुश्खोरी पनि सबैले थाहा पाए ।
>
>
> अर्को श्रोतबाट प्राप्त जानकारी
>
> के प्रल्लाद केसी एएनए बोस्टन सम्मेलनको बेला प्रयोग भएको सुविधा सम्पन्न
> होटलको खर्चको उत्तरदायी हुन ?
>
> १. होटलसंग भएको सम्झौता पत्रमा प्रल्लाद केसीले अनाधिकारिक रुपमा हस्ताक्षर
> गरेका छन l अनाधिकारिक यस अर्थमा की होटलसंगको सम्झौतामा उनले एएनएको अध्यक्ष
> भनेर हस्ताक्षर गरेका छन l बोस्टन सम्मेलनको आर्थिक अवस्थाको खोजिबाट उम्काउन
> यसलाई गोप्य रुपमा सच्याएर हरि शर्माले उनलाई अनुसन्धानको दायराबाट बाहिर
> राखेको देखिन्छ l
>
> २. बोस्टन सम्मेलमा भएको घाटाको आधा हिस्सा होटल खर्चले ओगटेको छ जसका संयोजक
> प्रल्लाद केसी थिए l के प्रल्लाद केसीले सुविधा सम्पन्न होटलको महँगो कोठा भाडा
> सित्तैमा ( सम्मेलनको खर्चमा पर्नेगरी ) उपलब्ध गराउन रोक्ने प्रयास गर्न
> सक्दैन थिए ? यस सम्मेलनमा आयोजकका तर्फबाट धेरैलाई सित्तैमा कोठा उपलब्ध
> गराइएको छ जस अन्तर्गत सित्तैमा बस्नेमा प्रल्लाद केसी र तुलसी जोशी पनि थिए l
>
> ३. स्मरण रहोस एएनए डि.सी. सम्मेलनमा सित्तैमा होटल कोठा वापतको खर्च शुन्य
> थियो भने यस अन्तर्गत बोस्टन सम्मेलमा ६० हजार डलर जति खर्च भएको छ l प्रल्लाद
> केसी र तुलसी जोशीको कोठा वापत ५५३ डलर रहेको छ l
>
> बोस्टन सम्मेल आयोजकहरुका संयोजक मध्येका एक संयोजक र होटलसंग भएको सम्झौता
> पत्रमा एएनएको अध्यक्ष भनेर हस्ताक्षर गर्ने प्रल्लाद केसी के बोस्टन सम्मेलनको
> आर्थिक अवस्थाको उत्तरदायी हुन् ? प्रल्लाद केसी कहिल्यै एएनएका अध्यक्ष थिए ?
> के प्रल्लाद केसीले एएनएको अध्यक्ष भनेर प्रतिनिधित्व गर्नु छल होइन ? के
> प्रल्लाद केसी र तुलसी जोशी एएनएका कुनै पनि कार्यकारी पदमा अटाउन सक्लान ?
> प्रल्लाद केसी के कारणले एएनएको आगामी अध्यक्ष बन्न चाहन्छन ? सित्तैको कोठाको
> बक्यौता तिर्न वा एएनएको अध्यक्ष भनेर गरेको हस्ताक्षरलाइ जोगाउन ? यसवारे
> तपाइँहरु नै सोच्नुस l
>
> अर्कोपल्ट:
> १.राजा उपाध्यायले मनगणन्ते घोषणा गरेका निर्विरोध पदाधिकारी मध्येका अधिकांश
> व्यक्तिहरु कहिल्यै एएनएका आधिकारिक आजीवन सदस्य थिएनन -
>
> २. किन एएनएका ४ जना पूर्व अध्यक्षहरु प्रल्लाद केसीले नेतृत्व गरेको ५ जनाको
> समुहलाई सहयोग गरिरहेका छन ? फेरी ३ जना अरुहरुले ४ जना पूर्व अध्यक्षहरुलाइ
> पछाडी रहेर सहयोग गर्नु परेको रहस्य के हो ?
>
> ३.कुन्जर र प्रल्लादले राजाबाट पदक कसरि पाए ? कुन्जरले कोबाट र कसरी
> क्यानडालागि अवैतनिक वाणिज्यदुत पाए ? तपाइलाई पत्यार नै लाग्दैन त्यतिवेला
> सम्म...........
Read Full Discussion Thread for this article