Posted by: supportDhruba August 3, 2011
Dhruba Ghimire for ANA Senior Vice President
Login in to Rate this Post:     0       ?        
 आदरणीय TKT जी नमस्कार!
तपाईंको प्रस्नबाट म अती खुशी छु| कति उत्तर दिन सकुँला कति नसकुँला, तर प्रस्न अति संबेदनशिल छ| छोटकरीमा उत्तर दिने प्रयाश गरेको छु| 
दुई ढाई लाख नेपालीलाई प्रतिनिधित्वो गर्ने हजारौं संस्थाहरु आज एक्लै एक्लै काम गरिरहेका छन्| तिनीहरुको बाँडिएको आवाज सुन्न घाहारो छ| अत: हामीले तिनीहरुको आवाजलाई सम्युक्त गरेर नर्थ अमेरिका भरि जोडदारका साथ एउतै स्वरमा गुन्जाउनु पर्दछ| सम्मुक्त आवाज भनेको एउटा भेल हो र भेललाई छेक्न गाह्रो हुन्छ| त्यो भेलको प्रतिनिधि ANA हुनु पर्छ| एस बिषयमा  हाल छोटो बोल्दछु|   बाँकि नेपालीहरुको व्यापार प्रबर्धनको बिषयमा तिनै संयुक्त आवाज लिएर यहाका सरकार र ब्यापारी संग कुरा गर्नु पर्छ| यदि हाम्रो आवाज संयुक्त भयो भने हाम्रो जनसंख्याको आधारमा हामीले चाहेका समान वा हाम्रो आब्स्यक्ताका समान भित्राउन पाउनु पर्छ| त्यो ब्यापार पनि हो नेपालका लागी र हाम्रो सांस्कृतिक  आबस्यकता  र चाहना पनि हो, कि हामी हाम्रो र हाम्रो पहिचान हुने सामान आफ्नो जन्मथलो बाट निकासी गर्न पाउँ| ANA ले २८ बर्ष को ईतिहांसमा नगरेको यो कार्य हामी चुनिएर आउनासाथ सुरु गर्ने र एसको कार्यतालिका सबै साना ठुला संस्थालाई दिने छौ| माँफ गर्नु होला धेरै खुलाएर उत्तर दिन सकिन| चाहना हुँदा हुँदै पनि समय अभाव ले गर्दा छोटो र सटिक मात्र उत्तर दिएँ| हामीलाई आउन दिनुहोस एस बिषयेमा लामो छल  फल गरौंला|
धन्येबाद! 
ध्रुब घिमिरे                 
Read Full Discussion Thread for this article