Posted by: Kentukycowboys July 28, 2011
नेपाली फुटबललाई माया देखाउने दिन आज
Login in to Rate this Post:     0       ?        
जोर्डन हामीभन्दा धेरै अगाडि रहेको टिम हो। तर हामी पनि कम छैनौँ। विश्वकप खेलेको उत्तर कोरियासँग हामीले हाम्रै भूमिमा कम अन्तरको पराजय भोगेर बहादुरी प्रदर्शन गरेका थियौँ। आज त्यस्तै स्थिति दोहोर्‍याउने समय हो। त्यसैले विश्वकप फुटबलको छनौट चरणको दोस्रो लेगमा होमग्राउन्डमा आज नेपाली फुटबललाई माया गर्नेहरु पुग्नै पर्छ। जोर्डनमा भएको ९-० को पराजयलाई लिएर गाली गर्ने बेला हैन यो, नेपाली फुटबललाई माया गर्छौँ भनी देखाउने दिन हो आज।

अर्को चरणमा जान त पक्कै पनि संभव छैन। किनभने त्यसका लागि हामीले एकतर्फी रुपमा जोर्डनविरुद्ध १० गोल ठोक्नुपर्छ। आजको खेलमा फुटबलमा यदाकदा हुने गरेका अपसेट रिजल्टको रुपमा जोर्डनलाई पराजय बेहोर्न बाध्य बनाउने कल्पना छाड्नुहुन्न। तर पनि बराबरी वा सम्मानजनक पराजय नेपाली फुटबलका लागि उपलब्धि नै हुनेछ।

Read Full Discussion Thread for this article