Posted by: IT_Guy July 11, 2011
अमेरिकामा एकै दम्पत्तिले दिए ८० लाख रुपैयाँ दान
Login in to Rate this Post:     0       ?        

लस एन्जल (अमेरिका) , अषाढ २७ - श्री पशुपतिनाथ फाउन्डेशन यू एस ए ले लस एन्जलसमा आयोजना गरेको श्रीमद भागवत महापुराण "सप्ताह महायज्ञ" सोमबार
समापन भएको छ ।

पन्डित दीन्बन्धु पोख्रेलले वाचन गर्नुभएको महायज्ञ समापनको अन्तिम दिनमा नुवाकोट निवासी तथा हाल अमेरिकामा आफ्नो ब्यवसाय गर्दै आएका एकराज/नीरा पाण्डेले एक लाख एघार हजार एक सय एघार डलर (करिब असी लाख रुपैयाँ) दान गरेका छन् । प्रबासी नेपाली समाजको इतिहासमा यो नै आजसम्मको सबैभन्दा ठुलो सेवा दान हो ।

सामुदायिक केन्द्र, पशुपतिनाथ मन्दिर र बुद्ध स्तुपा निर्माण सहयोगार्थ आयोजित सप्ताह कार्यक्रममा दश लाख डलर (करिब सात करोड पच्चिस लाख रुपैयाँ) दान संकलन भएको छ ।

Source : http://www.ekantipur.com/np/2068/3/27/full-story/332332.html

को हो यो महान दम्पति ?

Read Full Discussion Thread for this article