Posted by: Churse July 2, 2011
यी केटीहरुको शरीर किन यति सस्तो भएको ?
Login in to Rate this Post:     0       ?        

‘आइफोन दिए शरिर सुम्पन्छु’

 

 

सेक्सले विश्वभर नै उद्योगको रुप लिएको छ । कोहि बिहान र साँझ हातमुख जोर्न यसमा लागेका छन् त कोहि आनन्द र विलासी जीवन जिउन । सेक्स ब्यवसायमा पुरुषको तुलनामा कैयौ गुना बढी युवतीहरुको संलग्नता रहेको विभिन्न अध्ययनबाट पत्ता लागेको छ । केहि युवतीको लागि त यो फेसन बनेको छ । हालै जलिंगझाउ नामकी एक चीनिया युवतीले केवल आइफोन-४ को लागि आफ्नो शरिरको अफर गरेर इन्टरनेटमा सनसनी मच्चाएकी छिन् । आइफोन किनिदिन गरेको अनुरोधलाई बुबाले अस्विकार गरेपछि यी युवतीले चीनिया टि्वटर वबसाइट वेइबोमा आफ्नो शरिरको अफर गरेकी हुन् ।

आफ्नो तस्वीरको साथमा प्रोफाइल पनि राखेकी जलिंगझाउले टि्वटरमा लेखेकी छिन्- आइफोन-४ को लागी म आफ्नो भर्जिनिटी बेच्न तयार छु । उनको यस्तो पोस्टमा धेरैले गालीगलौज गरेका छन् । यद्यपी उनीलाई यसबारे कुनै गुनासो छैन ।

यसअघि अपि्रलमा एक चीनिया युवाले आइपोड किन्नैको लागि आफ्नो मृगौला बेचेका थिए । यसरी नयाँ फेसनेवल सामानले चीनियाँ युवापुस्ता ल्याएको बढ्दो विकृतिले समाजका बैज्ञानिकहरुसामू गम्भिर प्रश्न खडा गरि दिएको छ ।

http://www.onlinekhabar.com/2011/06/23/67440.html

 

 

Read Full Discussion Thread for this article