Posted by: Birkhe_Maila June 29, 2011
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
।।५।।
महल वरिपरी शबुको बाल्याअवश्था बित्यो र महलवरिपरी नै किशोरावश्था पनि बितेर भर्खरै शबु युवती भएकी थिइन्। महलको चालचलन, क्रियाकलाप र उतारचढाव शबुले नचाहँदा नचाहँदै पनि बुझ्दै जान थालेकि थिइन्। रिट्ठेले उनलाई महल र महलका कृयाकलापबाट जति टाढा राख्न खोजे पनि हुर्कँदै जाँदा उनले धेरै महलसेविकाहरु चिनेकि थिइन्। पहिले पहिले पहलसेविकाहरुको कुरा उनले केहि बुझ्दिनथिईन तर आजभोली तिनिहरुको केहि कुरा बुझेर उनलाई अचम्म, डर र उत्सुकता लाग्न थालेको थियो महलदेखि,जीवनदेखि र यौवनदेखि!
साँझ पर्नै लागेको थियो र पर पश्चिमतिरको डाँडा सुन्तला रंगको देखिन थालेको थियो।
पुरेले हलबाट गोरु फुकाएर साहुको गोठमा बाँधिसकेको थियो, र अब गोठकै छेऊमा राखिएको ठूलो भुँड्कोबाट पानी उभाउँदै हात खुट्टा धुँदै थियो।
दिऊँसो रिट्ठेले दिनभरीमा जोतेर सिद्ध्याऊनुपर्ने बारीको पाटो देखाउँदै, दिनभरिमा जोतेर नसके पिँडुल्लामा २० पटक बेतको प्रहार खाने चेतावनी दिएको थियो। चेतावनीपछि पुरेले एक निमेष पनि स्थिर नभै एकोहोरो रुपमा बारी जोतेको थियो। रिट्ठेले भनेको पाटो सकिनै लाग्दा हलगोरू केहि थाकेका जस्ता देखिन्थे तर पुरे भने कुनै मेसिनजस्तो अनवरत रुपमा हलो समातेर गोरुलाई अगाडि बढ्न लगाउँदै थियो पाटो नसकिउन्जेल।
पुरेले आफूले लाएको कछाड तिघ्रामाथिसम्म सारेको थियो र पानी उभाउँदै तिघ्रा देखि तल कुरकुच्चासम्म लागेको माटोको फोहोर पखाल्दै थियो।
दुई चंचल र केहि मादक आँखा एकोहोरो रुपमा पुरेको हरेक चाल केलाऊँदै थिए।
गोठ्को पछाडिपट्टी खामोको आडमा केहि छेकिएर उभिएकि थिईन् शबु!
उहिल्यैको कुरा हो, त्यतिबेला शायद शबु ४-५ वर्षकि थिइन होला, नगरभन्दा निकै पर गाउँमा उनि खेल्दै थिइन् र भुल्दै थिइन आफ्नो बाल्य संसारमा। एकदिन अचानक उनकि आमाले उनलाई लामो जुंगा पालेका र कक्कड तानिरहेका एकजना डरलाग्दो मान्छे चिनाईन् र भनिन् "छोरी उहाँ तेरो बुबा हो र मेरो पोई हो, अब हामि उनकै घरमा गएर बस्ने!"
त्यसपछी उनि यहाँ आएकि थिइन् ठूलो घरमा। उनको घर पानीमहलसंग लगभग जोडिएको थियो। नयाँ घर आउने बित्तिकै बुबा डिट्ठारामले उनलाई एकजना आफूभन्दा निकै ठुलो लोग्नेमान्छेलाई उनको 'दाई' भनेर चिनाईदिएका थिए। डिट्ठारामको जेठी श्रीमतीतिरको छोरा रिट्ठे उनलाई दाईजस्तो लाग्दैनथ्यो र खै किन हो रिट्ठेसंग उनलाई असाध्यै डर लाग्थ्यो। उनले राम्रोसंग चिन्न नपाउँदै डिट्ठारामको मृत्यू भएको थियो, र उनकि आमा निकै पहिले एकदिन महलमा काम गर्न गएकी कहिल्यै फर्किनन्। आमा हराएपछि ऊनि धेरै समयसम्म रोएर बसेकि थिइन्। त्यो समय देखि अहिलेसम्म उनि रिट्ठेसंगै बस्थिन् र प्रत्यक्षत: रिट्ठेले उनलाई केहि नगरेपनि उनी अहिलेपनि रिट्ठेसंग धेरै डराउँथिन् र यो ठाउँ यो महल र रिट्ठे सबै छोडेर कतै जान पाए कति खुसि भईन्थ्यो होला भन्ने सोचेर आफ्नो दिन बिताउँदै थिइन्।
महल वरिपरी शबुको बाल्याअवश्था बित्यो र महलवरिपरी नै किशोरावश्था पनि बितेर भर्खरै शबु युवती भएकी थिइन्। महलको चालचलन, क्रियाकलाप र उतारचढाव शबुले नचाहँदा नचाहँदै पनि बुझ्दै जान थालेकि थिइन्। रिट्ठेले उनलाई महल र महलका कृयाकलापबाट जति टाढा राख्न खोजे पनि हुर्कँदै जाँदा उनले धेरै महलसेविकाहरु चिनेकि थिइन्। पहिले पहिले पहलसेविकाहरुको कुरा उनले केहि बुझ्दिनथिईन तर आजभोली तिनिहरुको केहि कुरा बुझेर उनलाई अचम्म, डर र उत्सुकता लाग्न थालेको थियो महलदेखि,जीवनदेखि र यौवनदेखि!
केहि दिन देखि खै किन हो उनलाई नजिकै बारी जोत्ने एक युवकलाई सधैँ हेर्न मन लागिरहन्छ।
उनले त्यस युवकको नाम थाहा पाएकि थिईन्!
"प् पुरे!"
उनको ओठबाट अनायाशै पुरेको नाम निस्कियो!
उनले फेरि गोठको खामोमा केहि छेकिएर पुरेलाई हेरिन्।
पुरेले चिसो पानी आफ्ना बलिष्ट तिघ्रामा हाल्यो र खुट्टामा लागेको माटोको मैलो केहि झुकेर आफ्ना दुवै हातले माडेर फाल्न थाल्यो। पानी पुरेको तिघ्रा हुँदै उसका बटारिएका पिँडुल्लामा केहि घुमेर तल झर्दैथिए र मयल माड्ने क्रियामा उसका पाखुराका दह्रा मासुका थुप्रोमा केहि कम्पन हुन्थे।
यो सबै हेरिरहेकी शबुको मुखबाट अनायाशै एक चिसो सुस्केरा निस्कियो। तुरन्तै आफ्नो मुखबाट निस्केको सुस्केरामा शबु केहि आत्तिईन र केहि
लजाईन्। मुखबाट निस्किसकेको सुस्केरा पुरेले नसुनोस भन्ने निरर्थक प्रयासमा अनायासै शबुले आफ्नो तल्लो ओठ हल्का टोक्न पुगिन्।
डुब्ने बेलाको सुन्तला रंगको घाममा केहि टोकिएको उनको ओठबाट अहिले नै रगत निस्कन्छ कि जस्तो देखिन्थ्यो।
डुब्ने बेलाको सुन्तला रंगको घाममा केहि टोकिएको उनको ओठबाट अहिले नै रगत निस्कन्छ कि जस्तो देखिन्थ्यो।
पुरेले भोटो फुलाकेर गोठमाथि राख्यो र पानीले गर्धन र पाखुरा भिजाऊन थाल्यो।
शायद धेरै थकाईले होला, गर्धन र पाखुरामा पानी पर्ने बित्तिकै पुरेलाई शीतल आनन्दको आभाष भयो आँखा चिम्लिएर आफ्ना दुवै हात दुईतिर सिधा फैलाएर तन्कायो र आँखा चिम्लिएर आकाशतिर टाउको तन्कायो;मानौँ सम्पुर्ण आकाशनै ऊ आफ्नो चौँडा छातीमा अड्याऊन चाहन्छ।
शबु खुम्चिईन्।
उनले लगाईराखेको धोतिको सप्को खसेको उनलाई चेत भएन। एकपलको लागि उनलाई आफ्नो शरिरभरी मसिना कमिलाहरु हिँडेको जस्तो लाग्यो।
उनले लगाईराखेको धोतिको सप्को खसेको उनलाई चेत भएन। एकपलको लागि उनलाई आफ्नो शरिरभरी मसिना कमिलाहरु हिँडेको जस्तो लाग्यो।
"उफ् के भईरा छ मलाई?"
शबुले आफैँलाई प्रश्न गरिन् र उनको मुखबाट फेरि लामो सुस्केरा निस्कियो।
शायद पुरेले गोठको आडमा कोहि छ भन्ने चाल पायो वा मात्र संयोग थियो; पुरे अचानक गोठको खामोतिर फर्कियो।
दुई आँखा चार भए!
शबुले देखिन्,आवरणहिन चौँडा छाति र पाखुराबाट तर्किँदै गरेका पानीका साना साना थोपामा सिंदूरे घामको परावर्तन र पुरेको युवा आँखाको मोहित पार्ने चमक!
पुरेको आँखा आफूमा पर्ने बित्तिकै शबुले आफ्नो शरिरभरि एक किसिमको सुखद् बेहोशी अनुभव गरिन्।
उनका आँखा झिम्किएका थिएनन् र अघिनै झरेको धोतीको सप्कोको उनलाई अझै पनि केहि चेत थिएन!
Last edited: 29-Jun-11 04:14 PM