Secondly, if Nepali language turn out to be "not mostly spoken second language" then those ppl who use to cry saying Nepali language was imposed on them will lose.
If ppl from Terai listed their real mother toungue as their mother tounge and second most spoken language as Nepali language which is about 60 % true my guess) then nepali language is the most spoken language in Nepal and and most spoken second langauge too.
let us see the result
राष्ट्रिय जनगणनाका समस्या |
रामबहादुर बुढा
|
प्रत्येक दश वर्षमा लिइने राष्ट्रिय जनगणना यस वर्ष नेपालभरी यही असार ३ देखि १३ गतेसम्म लिइँदै छ । यो एघारौं राष्ट्रिय जनगणना हो । राष्ट्रिय जनगणनाका विषयमा दिनदिनैजसो सञ्चार माध्यमबाट समाचार सम्प्रेषित भएका छन् । विभिन्न जातीय समूह र धार्मिक समूह तथा विभिन्न सङ्घ-सङ्गठनहरूले राष्ट्रिय जनगणना प्रति चासो र क्रियाशीलता बढाएका छन् । यही सन्र्दभमा अखिल नेपाल जनजाति सम्मेलनले अध्यक्ष निमबहादुर बुढाथोकीको नेतृत्वमा गत जेठ १८ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नौबुँदे ज्ञापनपत्र बुझाइ राष्ट्रिय जनगणनालाई व्यवस्थित, प्रभावकारी र तथ्यगत बनाउन सरकारको ध्यान आकषिर्त गरेको थियो । एघारौं राष्ट्रिय जनगणनाले विभिन्न जातीय समूहहरू, आदिवासी, जनजाति, धार्मिक समूहहरूको तथ्याङ्क पनि प्रकाशमा ल्याउनेछ । नेपालमा आदिवासी र जनजाति भनेको एउटै कुरा हो भनेर ठूलो भ्रम सिर्जना गरिएको छ । यस्तो भ्रम सरकार र विभिन्न जनजाति सङ्गठन तथा 'बुद्धिजीवीहरू' बाट सिर्जना गर्ने काम भएको छ । केही समयदेखि क्षेत्री, बाहुनहरूको ठूलै हिस्साले आफूलाई आदिवासीमा सूचीकृत नगरी अन्य समुदायमा राखेको भन्दै आक्रोश व्यक्त गर्दै आएको छ । कतिपय क्षेत्री, बाहुनहरूले त आदिवासी मात्र नभई जनजाति समेत आफूलाई दाबी गर्ने गरेका छन् । आदिवासीको अर्थ, 'सुरुदेखि बसेको' भन्ने हुन्छ । त्यसरी आदिवासी शब्द समय र इतिहाससँग जोडिएको छ । राज्यबाट पछाडि परेका/पारिएका, राज्यको मूल प्रवाहमा आउन नसकेका र बेग्लै भाषा, संस्कृति, परम्परा बोकेका मानव समूहहरू जनजाति हुन् । त्यसरी जनजाति शब्दले कुनै पनि मानव समूहको सामाजिक स्तरलाई अभिव्यक्त गर्दछ । आदिवासी र जनजातिको विवादलाई समाधान गर्न ऐतिहासिक तथ्यका आधारमा आदिवासी र मानव विकास सूचकांकका आधारमा जनजातिको राज्यले बेग्लाबेग्लै सूची तयार गर्नुपर्छ । त्यसो गर्दा कैयौं समुदाय आदिवासी र जनजाति दुवै ठहरिने छन् भने कैयौं एकातर्फ मात्र सूचीकृत हुनेछन् । त्यसले सरकारलाई नीति तथा कार्यक्रम तय गर्न सजिलो हुनेछ । थरका पछाडि आˆनो जातीय समूहको पहिचान खुलाउनुपर्छ भनेर प्रचारप्रसार भएको छ । यो राम्रै कुरा हो । थापा, बुढाथोकी, खड्का, घर्ती, जस्ता मगर समुदायको थर क्षेत्रीहरूसित पनि मिल्दछ । मगरको राना थर थारु समुदायको राना थरसँग मिल्दछ । घिसिङ्ग, लामा, जस्ता गुरुङका थरहरू तामाङसित पनि मिल्दछन् । त्यसैले राष्ट्रिय जनगणनामा आˆनो थरका पछाडि मगर, गुरुङ, थारु, तामाङ, राई, लिम्बु जस्ता जातीय पहिचान खुलाउनु उपयुक्त हुनेछ । विगतमा धर्म बताउन नजान्ने व्यक्तिलाई 'हिन्दू' को रूपमा गणना गरियो भनेर सरकारको आलोचना हुँदै आएको छ । धर्म भन्न नसक्नेहरूलाई पूजाआजा र धार्मिक अनुष्ठानका आधारमा उनीहरूको धार्मिक समूह स्पष्ट गरिनुपर्दछ । कतिपय जातीय सङ्गठनहरूले निश्चित जातीय समूहमा जन्मिएकै कारण उसले राष्ट्रिय जनगणनामा निश्चित धर्म लेखाउन पर्छ भनेर प्रचार गर्ने गरेका छन् । उदाहरणका निम्ति मगर बौद्ध सेवा समितिले सबै मगरहरूले -मगर भाषा बोल्न नजान्नेले समेत) राष्ट्रिय जनगणनामा मातृभाषाको महलमा 'मगर' नै राख्न प्रचार-प्रसारमा जुटेको छ । धर्म व्यक्तिगत स्वतन्त्रताको कुरा हो । गुरुङ, मगर र तामाङ समुदायमा जन्मिएका कारण बौद्ध, राई भएकाले किराँत, क्षेत्री, ब्राहृमण र दलित समुदायमा जन्मिएकै कारण हिन्दू धर्म राष्ट्रिय जनगणनामा लेखाउनुपर्छ भन्ने हो भने धर्म निरपेक्ष राज्यको वकालत गर्नुको के अर्थ रहृयो र ? विश्वका कैयौं मुलुकमा धर्म निरपेक्ष वा अनिस्वरवादीहरूको पनि तथ्याङ्क लिने गरिन्छ । नेपालमा अहिलेसम्म त्यसो गरिएको छैन । राष्ट्रिय जनगणनाबाट त्यस प्रकारको तथ्याङ्क पनि आउन जरुरी छ । आˆनो धार्मिक समूहलाई ठूलो र धेरै देखाउन गरिने जुनसुकै अवाञ्छित क्रियाकलापलाई सचेत जनसमूहले निरुत्साहित गर्नुपर्छ । विभिन्न जनजाति सङ्गठनहरूले आˆनो जातीय समूहको भाषा बोल्न नजाने पनि राष्ट्रिय जनगणनामा मातृभाषाको महलमा आˆनै जातिको मातृभाषा लेखाउनुपर्छ भनेर प्रचार गरेका छन् । आˆनो जातिको भाषा बोल्न नजान्नेले पनि मातृभाषाको महलमा आˆनो जातिको मातृभाषा उल्लेख गर्दा कुनै खास जातिहरूको मातृभाषाको जनसङ्ख्या ठूलो त देखाउन सकिएला तर त्यसले आगामी दिनमा राज्यले मातृभाषासम्बन्धी नीति, कार्यक्रम तय गर्न अप्ठ्यारो पार्नेछ । मैथिली, भोजपुरी, अवधि र कैयौं आदिवासी तथा जनजातिहरूको स्थानीय मातृभाषालाई समेत ओझेलमा पार्ने गरी मधेशवादी दलहरूले तराईं मधेशमा राष्ट्रिय जनगणनामा हिन्दी मातृभाषा लेखाउन गरेको दुष्प्रयासका समाचार पनि आएका छन् । मातृभाषासम्बन्धी गलत तथ्याङ्क सङ्कलन गर्न प्रोत्साहन वा दबाब दिने सबै क्रियाकलाप बन्द गरिनुपर्दछ र सही तथ्याङ्क सङ्कलन गर्ने वातावरण सिर्जना गरिनु पर्दछ । गणकहरूले सजिलैसँग सही तथ्याङ्क लिन र जनताले गणकहरूलाई सजिलै उत्तर दिन जुन क्षेत्रमा जुन मातृभाषीहरूको बाहुल्य छ सोही मातृभाषी गणक पठाउनु उपयुक्त हुनेछ । राष्ट्रिय जनगणनामा कुनै पनि नेपाली नछुटुन् र विदेशीहरू नेपालीको रूपमा गणना नहोउन् भन्नेतर्फ सबैको ध्यान जानुपर्दछ । शान्तिपूर्ण र स्वतन्त्रतापूर्वक जनगणना लिने र दिने वातावरण सरकारले तयार गर्नुपर्दछ । -लेखक अखिल नेपाल जनजाति सम्मेलनका महासचिव हुनुहुन्छ) |