Posted by: _____ June 7, 2011
को को रेछन भ्रस्टाचारी ?
Login in to Rate this Post:     0       ?        
nepalilaure

Yes that  news I read too but Sitaula is really that powerfull?  no one can indite him?? what is the source of his power??  Cant those indited people say "we had pressure from Sitaula"? or something like that. If sitaula was involved he must have received money in one or another form, he must have received at least ten million rupiya so if someone try money trail it will not be that difficult to find.

Here not only govt officials but also the contractor are indited so they can easily say that "they gave money to so and so and on behalf of sitaula so and so received the money,"  they should do that,  what is stopping them??  looks like there were three different homeministers during the payment , (I have posted the news below and no one paid attention to that?

Now it is the time of acid test for  beaurocrates and newspaper, they must have some guts to prove it otherwise why they write, the news paper must have some source I understand news papers cant reveal it, ok, then what about the source himself ? Why they are leaking to news paper but not to CIAA.

Point to be noted is  in the corruption of 320 million , homemonisters have  at least moral responsibilty to accept. And those guys leaking to newspapers why are not coming forward to give evidence?



राजनीतिक नेतृत्वलाई उन्मुक्ति’



 
      सरोजराज अधिकारी

काठमाडौ, जेष्ठ २५ - बहुचर्चित सुडान घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक र प्रशासनिक नेतृत्वलाई उन्मुक्ति दिएको विषय विवादित बनेको छ ।

अख्तियारले खरिद प्रक्रियाका बेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौला, यस प्रकरणमा भ्रष्टाचार भएको सार्वजनिक भइसक्दा पनि विवादकै बीच रकम भुक्तानी गर्नेबेलाका गृहमन्त्रीहरु वामदेव गौतम र भीम रावलविरुद्ध कुनै अभियोग लगाएको छैन त्यसैगरी खरिद गर्दा ताकाका गृहसचिव उमेश मैनाली र रकम भुक्तानी गर्दा ताकाका गृहसचिव गोविन्द कुसुमलाई पनि उन्मुक्ति दिएको छ ।

‘यी त सम्बद्ध मन्त्रालयको नेतृत्वका हिसाबले सोझै दृश्यमा आएका पात्र हुन् । यस प्रकरणमा त्यसबेला र अहिलेका ठूला राजनीतिक शक्ति केन्द्रको संलग्नता छ,’ एक उच्चप्रहरी अधिकृतले भने, ‘फाइदा लिने व्यक्तिहरु सेतो पोशाकमा बाहिर घुमिरहेका छन् र सधैजस्तो यसपटक पनि बलिको मुखमा कालो पोतिएको छ । आजको दिन प्रहरीको इतिहासमै कालो दिन हो ।’

अभियोगपत्रमा नाम भएका एक उच्च प्रहरी अधिकृतका अनुसार संविधानसभाको निर्वाचनको खर्च उठाउनका लागि ठूला राजनीतिक दलका शक्तिशाली नेताहरुको निर्देशनमा ती सामान अनियमित तवरले किनिएको बताए । ‘सकभर सफाइ दिलाइदिन्छौ नभए मुद्दा नै चल्न दिदैनौं भन्ने आवश्वासनका कारण हामीले अख्तियारसंगको बयानमा उनीहरुको नाम नपोलेको हो,’ उनले भने, ‘आफूमात्रै फस्ने अवस्था आयो भने अदालतमा त्यसको खुलासा गरिन्छ ।’

संसद्को राज्य व्यवस्था समितिले पनि राजनीतिक र निजामति नेतृत्वलाई नैतिक र कानुनी दायित्वबाट उन्मुक्ति दिन नमिल्ने ठहर गरेको थियो । समितिले बनाएको उपसमितिले लामो छानबिनपछि साढे ३० करोड घोटाला भएको ठहरसहित सरकार र अख्तियारलाई कारवाहीका लागि दिएको प्रतिवेदनमा भनिएको छ, ‘आफूमातहतका निमायबाट हुने वा भए गरेका कुनै पनि काम कारवाहीका सम्बन्धमा राजनीतिक, प्रशासनिक र नैतिक जिम्मेवारी बहन गर्नुपर्ने नेतृत्वकर्ताको समेत यस मिसनको काम कारवाहीमा दायित्व अनुरुपको जिम्मेवारी बहन गरिएको छ भन्न सक्ने परिस्थिति रहेन ।’

‘अतः उपरोक्त प्रकारको आर्थिक अनियमितता र राष्ट्रकै प्रतिष्ठामा पुगेको आँचका समबन्धमा घटनासम्बद्ध उच्च प्रशासनिक र राजनैतिक नेतृत्वकर्ताहरु समेतलाई आ–आफ्नो पदीय जिम्मेवारी अनुरुपको नियन्त्रण, निर्देशन, अनुगमन र उत्पन्न समस्या समाधानको लागि नैतिक र कानुनी दायित्वबाट उन्मुक्ति दिन मिलेन,’ प्रतिवेदनको पृष्ठ संख्या ७६ मा उल्लेख छ ।

राज्य व्यवस्था समितिका सभापति रामनाथ ढकालले आफूहरुले पटकपटक जति सुकै ठूला व्यक्ति भए पनि यस भ्रष्टाचारमा मुछिएकालाई मुद्दा चलाउन भनेको र कुनै समस्या भए समितिले सहयोग गर्नेसमेत बताएको जानकारी दिए । ‘जुनसुकै ठूला भ्रष्टाचारमा राजनीतिक क्षेत्रको संलग्नता हुने गरेको छ । यस भ्रष्टाचार प्रकरणमा संलग्न राजनीतिक, निजामति, प्रहरीलाई आवश्यक छानबिन गरी कडाभन्दा कडा कारवाही गर्न सरकार र अख्तियारलाई हामीले निर्देशन दिएका हौ,’ उनले भने ।

राजनीतिक र निजामति क्षेत्रका व्यक्तिलाई मुद्दा दायर नगरिएको सन्दर्भमा भने उनले अख्तियारको अभियोगपत्र हेरेपछिमात्रै केही भन्न सकिने जनाए । समितिका अर्का एक सदस्यले केकति कारणले राजनीतिक नेतृत्वलाई मुद्धा दायर नगरिएको हो भन्ने सम्बन्धमा अख्तियारको अभियोगपत्र हेरिने र चित्त नबुझे त्यसलाई समितिको छलफलको विषय बनाइने बताए ।

‘यस प्रकरणमा तीन गृहमन्त्रीसहित उच्च राजनीतिक र प्रशासनिक नेतृत्वको संलग्नता जगजाहेर विषय हो । राजनीतिक र निजामतिलाई उन्मुक्ति दिएबाटै अख्तियारले फितलो रुपमा अनुसन्धान गरी हचुवाका भरमा मुद्दा दायर गरेको पुष्टी हुन्छ,’ उनले भने, । मुद्दा चलाइएकै प्रहरीका हकमा पनि अख्तियारको अनुसन्धान निकै फितलो देखिन्छ ।

एआइजीले अध्यक्षता गरेको बोर्डको बैठकमा कोरम पु¥याउनका लागिमात्रै उपस्थित इन्सपेक्टरसम्मका अधिकृतलाई हचुवाका भरमा अभियोग लगाइएको एक अधिकृतले बताए । ‘एआइजीले अध्यक्षता गर्ने बैठकमा एसपीसम्मका अधिकृतले त राम्रोसंग बोल्न पनि सक्दैनन्,’ उनले भने । अख्तियारले एसपी र मातहतका मात्रै १४ अधिकृतमाथि मुद्दा चलाएको छ ।

अख्तियारले मुद्दा दायर गरेका एसपी कृष्णप्रसाद गुरागाइ इन्जिनियर हुन भने एसएसपी डाक्टर अजित गुरुङ मनोरोग विशेषज्ञ र एसपी डाक्टर रामकृष्ण राजभण्डारी चर्मरोग विशेषज्ञ हुन् । एसएसपी विजयलाल कायस्थ, एसपीहरु पिताम्बर अधिकारी, निरजबहादुर शाही प्रहरीभित्र इमान्दारका रुपमा परिचित छन् । पूर्वएआइजी दिपकसिंह थाङ्देनलाई पनि उनको कार्यकालमा प्रहरीभित्रकै सोझा उच्चअधिकृतका रुपमा लिइन्थ्यो ।

यद्यपि मिसन रहने ठाउँको बस्तुस्थिति बुझ्नेदेखि समान खरिदका धेरै निर्णयमा संलग्नताका कारण थाङदेखलाई मुद्दा चलाएको अख्तियारको अभियोगपत्रमा छ । राज्यव्यवस्था समितिको प्रतिवेदनअनुसार निर्णय प्रक्रियामा संलग्न रहेका हालका एआइजी कल्याण तिमिल्सिना, डीआइजी नारायणप्रसाद बस्ताकोटी, डा रामनाथ सिंह र जागिर छाडेका डीआइजी शारदाभक्त रन्जितलाई मुद्दा चलाइएको छैन ।

अख्तियारको अभियोगपत्रमा सिंहको हकमा बैठकमा अनुपस्थित रहेको उल्लेख भए पनि अन्यको अवस्थाबारे कुनै उल्लेख छैन । राज्यव्यवस्था समितिको प्रतिवेदनमा तिमिल्सिना र रन्जित समान खरिदसम्बन्धी कल्याण कोष सन्चालक समितिको २०६४ असार १ को बैठकमा बसेको र बस्ताकोटी २०६४ भदौ ९ को योजना समितिको बैठकमा बसेको उल्लेख छ । त्यसैगरी सिंह २०६५ भदौ २० को सन्चालक समिति बैठकमा बसेको उल्लेख छ ।
 

को–को विरुद्ध दायर भयो मुद्दा ?

१. ओमविक्रम राणा, पूर्व प्रहरी महानिरीक्षक

२. हेमबहादुर गुरुङ, पूर्व प्रहरी महानिरीक्षक

३. रमेश चन्द ठकुरी, पूर्व प्रहरी महानिरीक्षक

 ४. मदनबहादुर खड्का, प्रहरी अतिरिक्त महानिरीक्षक

 ५. अर्जुनज‍ंग शाही, प्रहरी अतिरिक्त महानिरीक्षक

 ६. दीपकसिंह थाङ्देन, पूर्व एआइजी

७. श्यामसिंह थापा, पूर्व एआइजी

८. दीपेन्द्रबहादुर विष्ट, पूर्व एआइजी

९. रमेश विक्रम शाह, डिआइजी

१०. टपेन्द्रध्वज हमाल, डिआइजी

११. दीपककुमार श्रेष्ठ, पूर्व डीआइजी

१२. निरज पुन, पूर्व डिआइजी

१३. सुरेन्द्रबहादुर पाल, पूर्व डिआइजी

१४. श्यामबहादुर खड्का, एसएसपी

१५. रविप्रताप राणा, एसएसपी

१६. शिव लामिछाने, एसएसपी

१७. रमेशकुमार पाण्डे, एसएसपी

१८. डा. अजितकुमार गुरुङ, एसएसपी

१९. विजयलाल कायस्थ, एसएसपी

२०. मनोज न्यौपाने, पूर्व एसएसपी

२१. नरेन्द्रकुमार खालिङ, एसएसपी

२२. निरजकुमार शाही, एसपी

२३. गुप्तबहादुर श्रेष्ठ, एसपी

२४. डा. रामकिशोर राजभण्डारी कामु एसपी

२५. कृष्णबहादुर गुरागाइ पद नखुलेको

२६. सञ्जयसिंह बस्नेत, एसपी

२७. पिताम्बर अधिकारी, एसपी

२८. हरिहर श्रेष्ठ, पूर्व डिएसपी

२९. विधाराज श्रेष्ठ पद नखुलेको

३०. प्रकाश अधिकारी, डिएसपी

३१. दिनेश केसी, डिएसपी

३२. अर्जुनप्रसाद तिमल्सिना, पद नखुलेको

३३. लालगोविन्द श्रेष्ठ, इन्स्पेक्टर

३४. गिरीधारी शर्मा, इन्स्पेक्टर

ठेकेदार अभियुक्त

३५. शम्भु भारती

३६. माइकल राइडर

तर आफ्नो बाहेक अरु सबै जात बदमास देख्ने हरुलाई यो घटना ले नराम्रो झापड देको हुनु पर्छ
बाहुन छेत्री, नेवार, गुरुङ सबै मिल्य रे , सबै जात ले येही मुद्दा मा आफ्नो अनुहार हेरे हुन्छ

 


Last edited: 07-Jun-11 04:42 PM
Read Full Discussion Thread for this article