मैले त मेरो पहिलो पोस्ट मै एस्तो हुन्छ भनेर अन्दाज गर्या थे, आहिले कांग्रेस ले धोका दियो रे, इंडियाको आदेशमा पार्टी फुटाउने, कांग्रेस को समर्थान गर्ने, पछी लास्ट मा पासा पल्टिदा कांग्रेस ले धोका दियो भन्ने ??
गुप्ता बाबु तिम्रो बिहारी राजनीतिले फेल खायो, तिमि जस्तै नेता हरुले गर्दा तराईका मान्छेले दुखः पायका, ताकत छ भने तराई को राजनीति गर होइन भने इंडियाको कठपुतली बन्ने काम नगर,
उपेन्द्र यादवले मन परि पार्टी चलायो भन्ने, पार्टीमा इंडिया ले भनेजस्तो गर्न नपाएर हो कि
ल पढ्नुस तल
दोधारे चरित्र देखाएको भन्दै मधेसी मोर्चा कांग्रेस बैठकमा गएन
काठमाडौं , जेष्ठ २२ - कांग्रेसले आफूसँग परामर्श नगरी आइतबार बैठकको कार्यक्रम राखी एकै पटक निमन्त्रणा पठाएपछि आफू बैठकमा सहभागी नभएको संयुक्त लोकतान्त्रिक मोर्चाले जनाएको छ ।
जेठ १४ मा संविधानसभाको म्याद थप्ने सवालमा कांग्रेसको भूमिकालाई मोर्चाले नकारात्मक रूपमा लिएको मोर्चाको घटक दल मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले बताए । जेठ १४ पहिले शान्ति र संविधानबारे कांग्रेसको अडान देखिए पनि १४ गते भने उसले दोधारे चरित्र प्रदर्शन गरेको ठहर मोर्चाको छ । संविधानसभाको म्याद थप्ने दिन कांग्रेसले प्रधानमन्त्रीको राजीनामा भए/नभए पनि हुने, माओवादी प्रतिबद्घ हुन सक्ने मुख्य मुद्दा नउठाएर सहायक मुद्दाहरू उठाउनुजस्ता चरित्र प्रदर्शित गरेको गुप्ता बताउँछन् ।
'कांग्रेस मधेसका सवालमा सकारात्मक रहने कुरा भने पनि मूल वार्तामा भने निरपेक्ष रह्यो,' गुप्ताले भने, 'न त शान्ति प्रक्रियाको मूल मुद्दामा अड्न सक्यो, न संविधानको ठोस अन्तरवस्तुमा अड्न सक्यो, यस्तै मधेसको सवालमा समेत सकारात्मक दृष्टि राख्न सकेन ।'