Posted by: _____ June 2, 2011
Lets voice against the corrupt bankers of Nepal Share Market and Finance (NSM)
Login in to Rate this Post:     0       ?        
Photo included

युनाइटेड बैंकका पूर्वअध्यक्ष र सञ्चालक गिरफ्तार

 
प्रतिमा बाँस्कोटा

bankers

काठमाडौ, जेष्ठ १८ - रकम हिनामिना गरेको अभियोगमा प्रहरीले युनाइटेड विकास बैंकका पूर्वअध्यक्ष र एक सञ्चालकलाई गिरफ्तार गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्वअध्यक्ष रवीन्द्रबहादुर सिंह र सञ्चालक राधाकृष्ण अमात्यलाई बैंकको २८ करोड २९ लाख ६७ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा गिरफ्तार गरेको हो ।

राष्ट्र बैंकले गरेको अनुसन्धानबाट दुवैले बैंकमा अनियमितता गरेको देखिएपछि आवश्यक कारबाही गर्न अर्थ मन्त्रालयमा पत्राचार गरेको थियो । त्यसपछि प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ७, ८, ९, १२ र १४ बमोजिम कसुरमा संलग्न रहेको ठहर भएपछि दुवै फरार थिए ।

सिंहले संस्थाको पुँजी वृद्धि प्रयोजनार्थ 'कल इन एडभान्स' बापत जम्मा रहेको ब्याजसहितको रकम ६ करोड ७५ लाख रुपैयाँ अनधिकृत रूपमा खर्च गरेको देखिएको छ । यस्तै संस्थाबाट पटकपटक गरी बिनाप्रयोजन 'सन्ड्री डेब्टर्स' शीर्षकमा लेखांकन गरी १ करोड ४० लाख २३ हजार रुपैयाँ पेस्की लिएका थिए ।

नियम विपरीत झिकिएको रकममध्ये हिसाब मिलान गर्न कृत्रिम ऋणी खडा गरी ५ करोड ८२ लाख ८० हजार कर्जा प्रवाह गरेको देखाएर हिनामिना गरेका थिए। पूर्वसञ्चालक सम्बद्ध कर्जाहरू असुल गर्न यस बैंकले दिएको निर्देशन विपरीत २०६६ चैत १३ गते ४ करोड ६२ लाख १४ हजारको कर्जा अन्य सम्पत्तिमा उल्लेख गराएर कर्जा अपलेखन गरेको प्रहरीले जनाएको छ ।

यस्तै अन्नपूर्ण विकास बैंक हेटौंडा शाखामा युनाइटेडको नाममा रहेको खाताबाट एकल दस्तखतबाट गैरकानुनी रूपमा २ करोड ४० लाख बुद्धिबहादुर श्रेष्ठको खातामा रकमान्तर गरेको

देखिएको छ ।

'कल इन एडभान्स' बापत राखेको ६ करोड ६२ लाख रुपैयाँ २०६६ माघ ११ गते सम्ममा झिकिसकेपछि गैरकानुनी रूपमा २०६७ जेठ ६ गते सञ्चालक समितिबाट उक्त रकमलाई काल्पनिक सेयर पुँजीमा परिर्वतन गराएको उल्लेख छ । यस्तै निर्देशन र नियम विपरीत पारिश्रमिक लिएको देखिएको छ ।

सञ्चालक राधाकृष्ण अमात्यले पनि ६ करोड ७५ लाख रुपैयाँमा बैंकबाट 'कल इन एडभान्स' शीर्षकबाटै अनधिकृत रूपमा निकालेको प्रहरीले जनाएको छ । अनुसन्धान ब्युरोले सिंहलाई डल्लु र अमात्यलाई पिंगालास्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


Read Full Discussion Thread for this article