Posted by: HomLal May 26, 2011
REAL FACE OF MAOIST LEADERS
Login in to Rate this Post:     0       ?        
 यो समाचार अनुसार सुनिता गजुरेलले आफ्नो तर्फबाट गर्नु पर्ने सबै कुरा गरिछन र सबै (माओवादी, वकील, अदालत, देखि मानव अधिकारबादीसम्म) को ढोका ढक्ढक्याईछन। सायद अन्याय नपरेको भए यसरी न्याय खोज्दै भौतारिन उनलाई ताकत आउँदैनथ्यो होला। मेरो अनुमानमा सायद उनले अरु मिडिया र ब्लगहरुमा नि आफ्नो दुखेसो पोखिन होला (विशेष गरी त्यो माईसन्सार)! समाचार छाप्ने कसैको आँट आएन जस्तो छ। एउटाले बल्ल बल्ल लेख्या समाचार नि धम्की खप्न सकेन जस्तो छ - समाचार त के डोमेन नै गायब। 

यो पार्टी र यो नेता भन्दा नि, सक्नेले मौकामा चौका हान्ने कुसंस्कारले चै हाम्रो समाजमा गहिरो जरा गाडेछ। खासगरी गरीव र नारीको मुद्दालाई हतियार बनाएर माथि उठेका तथाकथित पार्टी/नेताले यो कुरालाई किन संवोधन गर्न नसक्ने? कि 'सफाया' बाहेक अरु न्याय जनअदालतले दिंदैन?!
Read Full Discussion Thread for this article