Posted by: timi_mero_sathi May 14, 2011
शिर्सक आफै राख्नुस
Login in to Rate this Post:     0       ?        
  धन्यवाद मुल्मिज़ र चाणक्य नीति शिर्षक छानी दिएकोमा आरु भाग पढेर सिर्शक परिबर्तन हुन्छ कि?

भाग 2

काकाले घरमा ताल्चा मार्दे पछि ऋतुराज र हेमराजको जाने ठाम कहिँ भएन, उनीहरु तेसै रुदै अर्को गाउँ तिर लागे

दुइ घण्टा पछि अर्को गाउँ पुग्दा एक जना बुढी गुरुन्ग्सेनी ले  "ये बाबु हो तिमि हरु जेठा मुखियाका छोरा होइन, रुदै कता हिदया? भनेर सोधिन

हेमराजले सबै कुरा गुरुन्ग्सेनी बुढी लाई भन्यो

"छ्या कस्तो असत्ति रेछा कान्छो मुखिया त, तेती बिघ्न खराब होला जस्तो त लाग्या थेन" भनिन

कहाँ जान्छौ त तिमि टुहुरा हरु अब

"काठमान्डूमा हाम्रो मामाघर छ हामी तेही जाने", हेमराजले भन्यो 

कहाँ जान सक्छौ तिमि बच्चाहरु काठमाडौँ, ठुला मान्छेको साथ् नलागी हुदैन, एक दिनको बाटो होर?  दुइ दिन म कहा  बस, पर्सि  यो गाउँ बाट ४-५ जना जादै छन् काठमाडौँ, शिवरात्रिको मेला भर्ना उनीहरु संगै जानु

दुइ दिन गुरुन्ग्सेनी कही बसेर तेस्रो दिन उनीहरु शिब रात्रिको मेला भर्ना जाने हरु संगै काठमाडौँ लागे,

जाने बेलामा गुरुन्ग्सेनी बुडीले "ल बाबु हो  बाटोमा ज्यादै दुखः भो भने खर्च गर्नु"  भनेर एक रुपिया दिईन.

हेमराज लाई थाहा थ्यो उसको मामाघर काठमाडौँ महाराजगंज निर भनेर, तर हिडेर काठमाडौँ पुग्न उनीहरु जस्ता बच्चा लाई आठ दिन लाग्थ्यो, काठमाडौँ सम्म जाने मोटर बाटो बनि सकेको थिएन.

तनहु बाट काठमाडौँ जाने दुइ चार जनाको  पछि लगेर उनीहरु पनि काठमाडौँ तिर हिडे, राति अरुहरु जहाँ बास बस्थे उनीहरु पनि तेही बास बस्थे, बास बस्ने घर मै मागेर खान्थे

 

उसलाई लाग्छ  अहिले भएको भय तेस्तो  सम्भब थिएन,   समय अर्कै भै सक्यो, कसैले नचिनेको मान्छे त्यो पनि बच्चा  हरु लाइ  बास दिदैनन, खानाको कुरा त परै जावोस

 

दिउसो दाई भोक लाग्यो भनेर रोएको उसलाई सम्झना छ बाटोमा, दाई बिचरा के गरोस? त्यो पनि उ भन्दा एक वर्ष मात्र जेठो, बाटोमा अरुको बारीको रुखबाट  भोगटे, आरुबखडा टिपेर खान्थे उनीहरु.

 

गोर्खा निर पुग्दा बारीमा मान्छे हरु बदाम टिप्दै रहेछन, त्यो दिन तिनीहरु संग बदाम मागेर खाए टन्न ति मान्छे हरु दयालु रहेछन, बिचरा बच्चा  हरु भनेर  दुवै दाजु भाई लाई खल्ती भरि बदाम पनि दिएर पठाए.  घर बाट हिडेको चौथो दिन थ्यो.

तैपनि उनीहरुले हिम्मत हारेनन,  जसो तसो गर्दै गोर्खा, नुवाकोट हुदै उनीहरु आठौ दिनमा काठमाडौँ आइपुगे तर न उनि हरु लाई महाराजगंज कहाँ पर्छ  भनेर थाहा थ्यो, न मामा को नाम नै ,

दुइ जना मामा थिए  उनीहरुका, एक जना ठुलो मामा, एक जना सानो मामा


उनीहरु काठमाडौँ  आइपुगेको दिन शिवरात्रि थियो सबै जना पशुपति जान लागेका, उनीहरु पनी भिड संगै पशुपति पुगे, साझको छ  बजी सकेको थियो

 पशुपतिमा जोगी लाइ खुवाउने बेला भएको रहेछ, आठ दिन देखि मागेर खादै आएका हाम्रो कथाको पात्रहरु लाई बेस्करी भोक  लागि रहेको थियो

हेमराजले भन्यो, “आइज भाइ  हामि पनी लाइनमा बसेर टन्न खिर खाउ

 उनीहरुले पनी जोगी लाई वितरण गरिएको खिर, दहि र लड्डु टन्न खाए, कति दिन देखि को भोको सरिर टन्न खाए पछि के हुन्छ ?

उनीहरुले मामाघरको कुरा बिर्से, संगै जोगीले धुनी बालि रहेको थियो त्यो ताप्दा ताप्दै कुन बेला भुसुक्कै निदाए.

भोलि पल्ट बिहान हल्लाले उनीहरुको निद्रा खुल्यो, एघार बजी सकेको थियो, जोगी हरु दक्चिना लिएर जाने तरखरमा थिए

आफ्नो धुनी संगै सुतेका दुइ जना बच्चाहरु उठेको देखेर धुनी बाल्ने जोगीले सोध्यो

बच्हो घर कहाँ छ?

"हुक्का गाउँमा घर हाम्रोहेमराज ले भन्यो

कहाँ है  हुक्का गाउँ ? जोगीले सोध्यो

पहाड मा

किसको साथ् आया यहाँ

दुइ जना मात्रै

घरसे भाग कर आयो ?

"होइन" हेमराजले रुदै सबै कुरा भन्यो

दाइ रोएको देखेर ऋतुराज पनी रोयो

उनीहरुको कुरा सुनेर जोगी पशुपतिको मन्दिर तिर  हेद्रै

"हे भोले नाथ यह तेरा कैसा लिला" भन्दै करायो

"आब कहाँ जाने"

मामाघर”, हेमराजले भन्यो

काकाने ऐसा किया मामा क्या करेगा, चलो मेरो साथ गोरखपुर् मे,  बाबा गोरखधाम मे रहो मेरा साथ

हेमराज लाइ त्यो बखत के भो कुन्नि, कुनै नातेदारका जान मन लागेन, कलिलो दिमाग ले के सोच्यो अब 

उसले भन्यो हेर भाई जाऊ हीन गोरखपुर,  यो जोगी संग

"तिमि जहाँ जान्छौ म पनी संगै जान्छु दाइ”, नौ बर्षे ऋतुराजले भन्यो 

 उ फेरी बर्तमानमा आइपुग्छ

 उसलाई लाग्छ उसको जिबन त कहानी जस्तो छ, एक अबिस्वोस्निए कहानी, कुनै कहानी वास्तविक जिबन संग मिल्दो जुल्दो भएमा मान्छे भन्छन  कस्तो सत्य घटना जस्तो तर यहाँ त उल्टो भैराखेको छ सत्य घटना पनि कहानी जस्तो छ. उ अरु लाइ  दोष दिन चाहिदैन उसको जिबनको सत्य घटना उसले भोग्न नपरेको भए उसलाई पनि कहानी जस्तै लाग्थ्यो होला

स्कूलमा पढ्दा  मास्टरले भनेको एउटा कुरा याद अउछ उसलाई, एक जना धनि मानिसले आफ्नो घरको मूल ढोकामा सुनको अक्षरले "दुखिको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर  दया राखी  मलाई अझ दुखः दे" लेखेको थ्यो रे.

उसको जिबनमा दुखः त कति कति, भगवानले अरु सबैको भागको दुखः माया गरेर उसकै पोल्टामा हालिदिएको जस्तो थ्यो

 त्यो धनि मान्छेको जस्तो उसका दुखः हरु सुनका अक्षरमा लेखिएका थिएनन्, उसका दुखः त तितो सत्य थिए जिबनको

प्रतेय्क  दुखद घटना  पछि उसलाई लाग्थ्यो येही  नै अन्त्य हो दुखःको, यहाँ भन्दा बढी दुखः के होला र ?

तर सायद भगवान भन्दै  थिए, यो त के हो र, असली तमाशा त आउन अझै बाकी छ, हेर्दै मात्र जा

तर, उसले हरेक दुखः का क्षण दुखः नमानी  बितायो, हुन त तेसबेला उसले कुरा बुझेको  थिएन तेसो भएर पनि होला. तरपनि  परिस्थितिले उसलाई गलाउन  सकेन उसले डटेर सामना गर्यो हरेक दुखद परिस्थितिको.

उसलाई पछाडी पिठमा केहि दुखे  जस्तो लाग्यो, हात पछाडी लगेर सुम्सुमायो, ढाड सुम्सुमाउदै  उ फेरी अतितमा डुब्न पुग्यो  


दुवै जना जोगीको पछि पछि लागे, खाली खुट्टा गोरखपुर तिर


हे भगवान,  कहाँ सुनको बाकसमा ल्हासा  बाट काठमाडौँको यात्रा,  कहाँ खाली खुट्टा गोरखपुरको यात्रा, उसले मनमनै सोच्यो

क्रमश:


Last edited: 14-May-11 02:16 PM
Read Full Discussion Thread for this article