Posted by: timi_mero_sathi May 3, 2011
पत्नीको सम्झनामा हरिवंशको कविता
Login in to Rate this Post:     9       ?         Liked by

तारा भइन् मीरा

एउटा सुन्दर गाउँमा, बस्थे हरि मीरा

हरि यहीं छुटेछ, तारा भइन् मीरा

---

आकाशमा मीरा देख्छ, हरि छुन सक्दैन

मीरा जस्तै हरि, तारा बन्न सकेन

हरिलाई केही पर्दा व्याकुल हुन्थिन् मीरा

आकाशबाट हरि हेर्दै, दुःखी होलिन् मीरा

---

मानिसको चोला फेरि आकाशको तारा

हरि जहाँ पुग्छन् त्यहीं, टल्किरहन्छिन् मीरा

हरिलाई भनेपछि, प्राणै दिन्थिन् मीरा

त्यही प्राण उडी गयो, तारा भइन् मीरा

---

एउटा सुन्दर गाउँमा बस्थे हरि-मीरा

हरि यहीं छुटेछ, तारा भइन् मीरा

http://www.ekantipur.com/np/2068/1/20/full-story/328879.html


Read Full Discussion Thread for this article