Posted by: arahat April 23, 2011
Criminal investigationagainst Anuja, thehonesty girl
Login in to Rate this Post:     0       ?        
 हावादारी कुरा होः अनुजाको दाजु

 

भेटिएको रकम फर्काएर सबैतिरबाट बहिनीले  वाहवाह लुटिरहेकी भए पनि दाजु कुमार बानियाँ र छिमेकीहरु भने अनुजाको कुरा हावादारी भएको दावी गर्छन्। अनुजाले रकम फिर्ता गरेको बारे कसैलाई पनि नभनेको र पत्रपत्रिकामा पनि एक्कासी आएको बताँउदै आए पनि  डेरा गरी बसेका वरपरका छिमेकीहरुलाई भने उनले पत्रपत्रिकामा छापिँदैछ भनेर सुनाउँदै हिँडेको भेटिएको उनकै दाजु बताउँछन्। छिमेकमा रहेकी भीमा बानियाँलाई पत्रिकामा छापिएपछि जेलमा रहेको श्रीमानलाई निकालिदिन्छुसमेत उनले भनेकी रहिछिन्।

 


‘मेरी छोरीलाई कान्तिपुरमा समाचार आएपछि ज्वाईँ निकालीदिन्छु भनेकी रहिछ, हामी त पत्रिकामा उसको समाचार छापिएपछि खुशीले गदगद भयौं'-भीमाकी आमाले भनिन्। तर, अहिले भने अनुजाको कुरामा विश्वास गर्ने कुनै आधार नरहेको उनले बताइन्।

आफू श्रीमतिसँग हलेसी दर्शन गएको बेलामा यस्तो घटना भएको र आफू आएपछि अनुजालाई सोधपुछ गरेर पुरुषोत्तमको सम्पर्क नम्बर माग्दा उनले छैन भनेको अनुजाका दाजु कुमारले बताए। उनी अनुजाका ठूला बाका छोरा हुन्। अनुजा करिब डेढ महिनादेखि उनीसँगै धरान ९ बगैँचालाइनमा बस्दै आएकी थिइन्।

डोनोट फ्याक्ट्री सञ्चालन गरिरहेका कुमारका अनुसार अनुजाले ५, ६ कक्षा भन्दा बढी अध्ययन गरेकी छैनन्। डोनोट पसलमा ग्राहकसँग लेनदेन गर्न नसक्ने अनुजाले ९१ लाख रुपैयाँ गनिन् भनेर उनी विश्वास नै गर्दैनन्।

 ‘पसलमा हिसाब गर्न नजानेर बढी-बढी पैसा फिर्ता गर्नेले त्यत्रो पैसाको हिसाबकिताब गर्‍यो होला भनेर पटक्कै विश्वास गर्दिनँ'-उनले भने। आफूहरु हलेसी दर्शनमा जाँदा घरमा भर्खरै एसएलसी दिएका आफ्नो छोरा विवश पोख्रेल पनि भएको तर ५ दिनसम्म अनुजाले घरमा त्यत्रो पैसा ल्याएर गनेको बारे उसले कुनै सुँइको समेत नपाएकोले विश्वास गर्नै नसकेको उनले बताए।

 


‘मैले पुरुषोत्तम र उसकी मित छोरी अनिता कार्कीको नम्बर देऊ, हो रैछ भने तिमीलाई मै फूलमाला लगाएर पत्रकारहरुसँग भेटाउला पनि भनेँ, छैन भनी, अनि कसरी पत्याउनु? पत्रिकाले पनि पैसा फिर्ता लैजानेलाई नभेटी लेखेर हुन्छ?'-असन्तोष व्यक्त गर्दै उनले भने। पत्रिकामा समाचार छापिएपछि बुधबार विराटनगरबाट पत्रकारले भेट्न बोलाएको छ भनेर घरबाट गएर हालसम्म अनुजा सम्पर्कमा नआएको उनले बताए।

http://nagariknews.com.np/

 

 

अनुजाबारे

सुरुमा चर्चा गरौं यी बानियाँको जसले सुरुका दुई दिन वाहवाही पाइन् र पछिल्ला दिनमा फेरी प्रश्नको घेरामा परिन् । उनले दिएको मिडिया-बयानअनुसार अनुजाले सार्बजनिक बसमा करिव २२ केजी तौलको पैसासहितको झोला भेटिन र कसैलाई खबर नगरि घरमा लगेर राखिन् । पैसा हराउनेसँग फोन सम्पर्क गरिन र बिना कमिसन सवै रकम सकुसल हस्तान्तरण गरिन् ।

तर, जव प्रहरी र प्रशासनले यो रकमबारे सोधीखोजी गरे तव उनका वयान झुटो ठहरिँदै गएको छ । अनुजा र उनका बारेमा समाचार छाप्ने पत्रिकाले समेत सो रकम आइएमईबाट झिकेर ल्याएको बताएका छन । तर, आईएमइका अधिकारीहरुले पछिल्ला दिन एकैपटक त्यति ठूलो रकम भुक्तानी नदिएको बताएका छन । यहाँ पहिलो प्रश्न छ, आखिर त्यो रकम कहाँबाट आयो ?

अर्को कुरा पैसा हराउने र पाउने ब्यक्तिको पहिचान नै खुल्न सकेको छैन् । उनले काठमाडौंको सितापाइलाका पुरुषोत्तम पौडेललाई रकम दिएको बताएपनि अहिले रकम लिने ब्यक्ति सम्परक बाहिर छन् । पहिले पुरुषोत्तम पौडेल भनिएका ब्यक्तिलाई अहिले पोखरेल बनाइका छन अनुजा र मिडियाहरुले । अनि अनुजाले उनको सम्पर्क नम्बर समेत डिलिट भएको बताएकी छन् । एकातिर उनी जीवनकै सवैभन्दा ठूलो काम गरेको भनेर मिडियामा अन्तरवार्ता दिइरहेका बेला त्यो घटनासंग जोडिएको ब्यक्तिको नम्बर हराउन वा डिलिट हुन सम्भव छ ?

यस्तै अनुजाले पैसासहितको ब्याग भेटेपछि प्रहरीलाई दिनुपर्नेमा किन आफैंसंग राखिन् र दिनेबेला किन कसैको रोहवरमा दिने प्रयास गरिनन् ? उनको बयानले के देखाउँछ भने या त उनको पैसा भेटाएको कथा झुट हो या त पैसा पाउने ब्यक्तिको फोन नम्बर डिलिट भएको भन्नु नै झुट हो । अब अनुसन्धान अनुजामाथि हुनुपर्छ जसले दुईमध्ये एक झुटको खेती गरिन् । कतै रामबहादुर बम्जनले आफुलाई बुद्धको अबतार सावित गर्न गरेका मिडिया स्टन्टसँग तालमेल खाने खालका त छैनन अनुजाका यी हर्कत ? उनका दाजु कुमार बानियाँ -जोसँग उनी नौ महिनादेखि बस्दै आएकी थिइन)ले समेत अनुजा झुट बोल्न खप्पिस रहेको बताएका छन् । जसले गर्दा उनी धरानबाट इटहरी सर्न बाध्य भएकी छन् ।

मिडियाबारे

यो समाचारसंगै यसलाई प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमको बिश्वसनीयता र ब्यबसायीकतामा समेत गम्भीर प्रश्न उठेको छ । पहिलोपटक कान्तिपुर दैनिकको मुख्य पृष्ठमा छापिएको समाचारमा प्रयोग भएको तस्वीरसमेत अनुजाको नभएको पत्तो लागेको छ । सुरुमा एउटा र सनिवारको खण्डन समाचारमा अर्कै तस्वीर छापिएको छ ।

बुधबार र बिहीबार पत्रिकामा छापिएको अनुजाको फरक फरक तस्बिर। दायाँको फोटो बुधबार छापिएको हो। बुधबारको तस्बिर उनकै साथी भोजपुर भुल्के १ घर भएकी २० वर्षीया ममता अधिकारीको भएको खुलेको छ।

यो समाचारले देशका ठूलावडादेखि आम पाठकसम्मलाई भ्रममा त पार्यो नै अन्ततः स्वय पत्रिका नै गोलचक्करमा फसेको छ । ‘कागले कान लग्यो भनेर कान नछामी दौडंदाको परिणाम हो यो’ बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी भन्छन् -’एउटाले भनेको कुरालाई मात्र विश्वास गर्दा यस्तो भयो ।’ पत्रिकाको पछि लागेर अरु त भावनामा बगे बगे, राष्ट्रपति डाक्टर रामवरण यादव समेत त्यसकै पछि कुदे । सरकारी स्रोतलाई सोधीखोजी नै नगरी उनी पनि सस्तो लोकपि्रयताको लागि टेलिफोनबाट बधाई दिन हतारिए । ‘यसबाट राष्ट्रपतिलाई समेत लज्जित बनाएको छ’ पत्रकार अधिकारी भन्छन् ।

‘धन्य अनुजा’ भन्दै पत्रिकाले अघिल्लो पटक अनुजा, पैसावाला भनिएका काठमाण्डौ सितापाईलाका पुरुषोत्तम पौडेलका छोरी सुधा र मीतछोरी अनितालाई उद्धृत गरेर खबर छापेको छ । त्यत्रो पैसा हराउने पुरुषोत्तमसँग भने कुनै सोधीखोजी नै गर्न खोजिएको छैन । पत्रकार अधिकारी भन्छन् – ‘पैसा भेट्टयाउनेको चर्चासँगै पैसा हराएर पाउनेको प्रतिकृया पनि उत्तिकै महत्वपूर्ण विषय हो, तर यहाँ पत्रकारको आलाकाँचोपन प्रष्ट झल्किएको छ ।’

तीन दिनअघिको खबरमा पुरुषोत्तम पौडेल भनेर लेख्ने पत्रिकाले तीन दिनपछि उनको थरलाई ‘पोखरेल’ बनाएको छ । अघिल्लो पटक छोरी सुधा, छोरा अनिल र मीतछोरी अनिताले सम्पर्क गरेको र अहिले उनीहरु सम्पर्कमा नभएको भन्दै पत्रिकाले आफ्नो गल्ती ढाक्न खोज्दैछन् ।

http://www.onlinekhabar.com/2011/04/23/53620.html

 

 

Read Full Discussion Thread for this article