Posted by: Geology Tiger April 23, 2011
For RACIST Sukla and other Iprejeduce Nepalese
Login in to Rate this Post:     4       ?         Liked by
यो मैले धेरै चोटि लेख्दै आएको कुरा हो, शायद कतिपयलाई त मेरो लेखाइले झ्याउ पनि लाग्दो हो, तर साझाले वास्तवमै नेपाली समाजको प्रतिनिधित्व गर्छ । साझामा पोखिएका लेखहरु र छचल्किएका विचारहरु पढ्दै गयो भने अनौठो अनौठो प्राणीहरुसँग वैचारिक साक्षात्कार हुन्छ। त्यस्तै अनौठा प्राणीमध्यका एक हुन् सुक्ला नामक मुकुन्डोधारी प्राणी । यिनी एउटा जटिल मानसिक रोगले ग्रस्त भएका छन् भन्ने कुरा यिनको लेखहरु पढ्दा सहजै अनुमान गर्न सकिन्छ । यिनलाई अरुहरुलाई रिस उठाउन सक्यो भने आनन्दको अनुभूति हुन्छ रे ! गजबको रहेछ यिनको रुची ! मैले कता हो पढेको थिए तिन ताक नेपालका महाराज श्री ५ सुरेन्द्रलाई मान्छेहरु रोएको, आत्तिएको र चिच्याएको हेर्नमा खुबै मजा आउथ्यो रे ! उनी आफ्ना प्रधानमन्त्री जङेलाई हुकूम दिएर मान्छेलाई घोडाको पछाडी बाँधेर घोडालाई दौडाउन लगाउथे रे र जब त्यो मान्छे भुइमा घिस्रिएर अथाह पिडाले कराउथ्यो महाराजलाई असिम आनन्द प्राप्त हुन्थ्यो रे ! मानसिक रोगको चरामोत्कर्ष!! लगभग त्यस्तै स्थिती सुक्ला भाइको छ । उनले बाहुनलाई तथानाम गाली गरेर लेखेपछि जब कुनै बाहुन अथवा जातियता बिरोधी ब्यक्तीले जवाफ फर्काउछ, यिनलाई चरम आनन्द हुन्छ, शायद यति आनन्द त यिनलाई यौन संसर्गबाट पनि हुँदैन होला । यो एउटा मानसिक रोगको अन्तिम अन्तिम अवस्था हो जसमा कुनै उपचार संभव छैन । हामीमध्य धेरैलाई थाहा छ यिनी भ्रममा बाँचिरहेका छन् तर यिनको अवस्था यस्तो छ कि यिनलाई सम्झाउन खोज्नु, बुझाउनु खोज्नु भनेको भालुलाई पुराण सुनाउन खोज्नु जस्तै हो । मैले कलेज भर्खरै सुरु गर्दा कोनन डोयलद्वारा सिर्जित चरित्र सर्लक होम्सको एउटा कथा पढेको थिए, कथाको अन्त्यतिर होम्सले भनेका थिए, यदि कुनै मान्छे एउटा भ्रमको साहारामा बाँचिरहेको छ भने त्यस्तो अवस्थामा उसको भ्रमलाई तोड्नु राम्रो हुँदैन, यसले त्यो व्यक्तीमा मानसिक विचलन ल्याउन पनि सक्छ । त्यसैले यदि हामीले सुक्ला भाईको भ्रमलाई जवर्दस्ती तोड्न खोज्यौ भने पहिलेदेखि नै बिग्रिएको यिनको मानसिक सन्तुलन क्षतविक्षत हुनसक्छ ।

हो नेपालमा अझै छुवाछुतको स्थिती विद्दमान छ, अझै जातिय थिचोमिचोको स्थिती बिद्दमान छ, त्यसमाथि भ्रस्टाचार र राजनैतीक अन्योलको स्थिति त चरमोत्कर्षमा छ । मैले यो कुरालाई कहिले अस्विकार गरिन कि यस्ता धेरै सामाजिक विकृतिहरुको दोषीहरुमा समाजको उपल्लो वर्ग र बिशेषगरि बाहुनहरु नै अत्याधिक छन् र हामी देश बिदेशमा अध्ययनरत अथवा पेशारत युवा पुस्ताको कर्तव्य भनेको यि सबै किसिमको सामाजिक विकृति र त्यस्ता विकृति फैलाउने व्यक्तीहरुको बिरोध गर्ने हो, तिनीहरुलाई न्यायिक दायरामा ल्याउन आवाज उठाउने हो, कलम चलाऊने हो । तर दुर्भाग्य के छ भने सुक्ला भाइ मार्काका केही व्यक्तीहरु हरेक सामाजिक कुकार्य वा सुकार्यलाई जातियता जडित चस्मा लगाएर हेर्छन । यिनीहरुले बाहुन भन्दा अरु जातिले गरेको नराम्रो कार्यलाई पनि देख्न सक्दैनन् र बाहुनहरुले गरेका राम्रा कार्यहरुलाई पनि देख्न सक्दैनन् । ब्रह्मान्डको उत्पत्ती कसरी भयो भन्ने रहस्य पत्त्ता लगाउन लागिपरेका वैज्ञानीक स्टिफन हव्किङ्सले एउटा गोलो सिसी भित्र राखेको माछोको उदाहरण दिदै भनेका छन् बाहिर बसेका मान्छेहरुको लागि सिधा देखिने बाटो त्यो शिशी भित्र राखिएको माछोको लागि गोलो हुनसक्छ । हो त्यस्तै स्थिति सुक्ला भाइ र उनी जस्ता व्यक्तीहरुको छ । अव यिनीहरुलाई शिशी बाहिर पनि ल्याउन सकिदैन, ल्यायो भने यिनीहरुको इहलीला नै समाप्त हुनसक्छ । तर मलाई यी सुक्ला भाइको लेख्हरु पढ्दा रिस उठ्दैन, हाँस उठ्छ, यिनको स्थितिमाथी दया लागेर आउँछ, हरे यिनले अमेरिकामा आएर के पढे होला? आखिर पढेर मात्र पनि बुद्धी आउदो रहेनछ । हामी देशबाट कसरी जातिय भेदभावको स्थितिलाई कसरी उन्मूलन गर्न सकिन्छ भने चिन्तन गर्छौ, तर यिनीहरु भने अझै तिमीहरु बाहुन, तिमीहरु क्षेत्री, तिमीहरु नेवार, तिम्रो जातले देश बिगारेको हाम्रो जातले यस्तो गरेको भन्दैमा मस्त छन् । आफ्नो जातियता, आफ्नो भाषा, आफ्नो संस्कृति हामी सबैलाई प्यारो छ, तर त्यसैको आधारमा हामी नेपाली नेपाली बिचमा विभाजनको रेखा भने कोरिनु हुँदैन । हरेक दुष्कर्म गर्ने व्यक्ती कुनै नै न कुनै जातीको अवश्य हुन्छ, तर यसको मतलब त्यो जातीको हरेक व्यक्ती फटाहा हुन्छ भन्ने हो भने नेपालमा त्यस्तो कुनै जाती बच्ने छैन जसले अरुलाई थिचोमिचो नगरेको होस्, जसले घुस नखाएको होस्, जसले हत्या र बलत्कार नगरेको होस्, जसले चोरी नगरेको होस् । मन्त्री विरवलले राजा अकवरलाई कर्कलोको पातमा भएको पानी देखाएर भन्थे रे 'महाराज त्यो सबै हिरा हो, तर जसले आजसम्म एक चोटि पनि झुटो बोलेको छैन त्यसैले त्यो टिप्नु पर्छ, अरुले टिप्यो भने त पानी भै हाल्छ' । तर यी मस्तरामहरुले कहिले पनि यो तथ्य देख्न सक्ने छैनन् किनकी यिनीहरुको आँखामा बाहुनको बिरोध गर्नुपर्छ भनेर लेखेको एउटा पट्टी बाँधिएको  छ र यिनीहरु त्यसैमा मस्त रहनेछन् ।

हाम्रो समाजमा यस्ता मस्तरामहरु पर्याप्त छन्, अझ चाहिने भन्दा बढी नै होलान् । राम्रा र नराम्रा पक्ष हरेक समाजमा हुन्छन्, यिनीहरुबाट भागेर हामी कँही जान सक्दैनौ । साझाको लोगोमा भएको यिन र यानले पनि यही वास्तविकतातिर संकेत गर्दछ । त्यसैले हामीले यस्ता व्यक्तित्वहरुले रिस उठाउन खोज्दैमा रिसाउनु जरुरी छैन, यिनीहरुलाई आफ्नै मस्तीमा मस्त रहन दिनुपर्छ ।  अनि हरेक भरतमोहन अधिकारीलाई कालो मोसो र हरेक रामेश्वर खनाल र रामप्रसाद श्रेष्ठलाई फूलमालाले स्वागत गर्ने आफ्नो कर्तव्यमा चुक्नु हुँदैन । यदि सुक्ला जस्ता प्राणीहरुले अधिक मात्रामा विषबमन गर्दै गए भने कम से कम साझामा तिनलाई तह लगाउन सान दाई छँदै छन् ।

अस्तु !                                      
Read Full Discussion Thread for this article