Posted by: dimag kharab April 22, 2011
वेलायतको नयाँ नियमले नेपाली व्यवसाय प्रभावित
Login in to Rate this Post:     0       ?        
चिरन शर्मा, लण्डन, अप्रिल २२- वेलायत सरकारले हालै गरेको विद्यार्थी भिसासम्बन्धी नियम परिवर्तनले यहाँ बसेर व्यवसाय गर्ने नेपाली समेत प्रभावित हुने भएका छन्। नयाँ नियम लागू भएपछि अधिकांश नेपाली कलेज बन्द हुने अवस्थामा छन् भने रेष्टुरेन्ट, ट्राभल्स, रेमिटेन्स लगायत अन्य व्यवसायमा समेत असर पर्ने देखिएको छ।
होली काऊ म्यानेजमेन्ट कम्पनीका डाइरक्टर कुल आचार्यका अनुसार भिषासम्बन्धी नयाँ नियमले नेपालीको रेष्टुरेन्ट व्यवसायमा प्रत्यक्ष असर पर्नेछ । 'नेपाली विद्यार्थी मिहेनती र इमान्दार छन्, उनीहरुलाई काम गर्ने अधिकार नदिए अनुभवी र स्तरीय कामदार कम्पनीले गुमाउनु पर्ने हुन्छ' आचार्यले भने, 'जसले गर्दा ग्राहकलाई दिइने सुबिधामा प्रत्यक्ष असर पर्छ।' उनले यसबाट कम्पनीलाई आर्थिक नोक्सान हुने खतरा रहेको समेत बताए।

द्यार्थीको काम गर्ने अधिकार खोसिँदा नेपाली ब्यवसायमा मात्र होइन, बेलायतको अर्थतन्त्रमा पनि असर पर्नेछ। आचार्यले संचालन गरेको सातबटा टेकवेए रेष्टुरेन्टमा १ सय ७२ जनाले रोजगारी पाएका छन्। जसमध्ये अधिकांश नेपाली विद्यार्थी छन्। नेपालमा पैसा पठाउने ब्यवसायमा रहेका भण्डारी ब्रर्दश लिमिटेडका निर्देशक कमल भण्डारीले भने बेलायत सरकारको नयाँ नीतिले नेपालबाटै लाखौ रुपियाँ लण्डन भित्रने खतरा रहेको बताए।

'नयाँ नीतिले विद्यार्थीको काम गर्ने अधिकार खोसिएमा नेपालबाट पैसा ल्याउने बाहेक अर्को उपाय छैन', भण्डारीले भने- 'यसले नेपालको अर्थतन्त्रलाई पनि असर गर्न सक्छ।' विद्यार्थीले अत्यन्त कम पैसा नेपाल पठाउने गरेको अनुभव सुनाउदै भण्डारीले भने- 'दुःख गरेर कमाएको दुईचार पैसा नेपाल पठाउनेहरुलाई अवश्य असर गर्छ ।'

यसैगरी बेलायतमा नेपाली रेष्टुरेन्ट ब्यवसायीहरुको छाता संगठन नेपलिज क्याटरर्स एसोसियसन यूकेका महासचिब किशोर सापकोटाले बेलायत सरकारको नयाँ नीतिले नेपाली ब्यवसायमा अल्पकालीन र दुरगामी असर पर्ने बताए। नेपाली विद्यार्थी भनेका रेष्टुरेन्ट ब्यवसायका मेरुदण्ड हुन्। दिउँसो कलेज पढ्ने र साँझ रेष्टुरेन्टमा काम गर्ने हुँदा विद्यार्थीहरुले काम र अध्ययनको एकै साथ अनुभब लिन सक्छन्। 'यदि विद्यार्थीलाई काम गर्न नदिने हो भने अबका केही बर्षमा नेपाली रेष्टुरेन्ट उद्योग नै धरासायी हुन सक्छ'- सापकोटाले भने ।

यसको असर आर्थिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा प्रत्यक्ष पर्छ। नेपालीपन हाम्रो संस्कृतिलाई दोस्रो मुलुकको कामदारले दिन सक्दैन। नेपाली कामदारले दिएको सेवा संसारको अरु देशको कामदार दिन नसक्ने सापकोटाको दाबी छ। अबका केही वर्षमा नेपाली रेष्टुरेन्ट ब्यवसायीले नेपाली कामदार पाउन सक्दैनन्। लाखौ पाउण्डको नोक्सानी नेपाली व्यवासायी कामदारकै खोजीमा व्यहोर्नुपर्छ ।

स्मरणीय रहोस् बेलायत सरकारको विद्यार्थी भिसा कडाई गर्ने नियम यही २१ अप्रीलबाट विभिन्न चरणमा लागू गरेको छ। ३१ मार्चमा प्रकाशित नियम अन्तर्गत २१ अप्रिलबाट विद्यार्थीहरुको अंग्रेजीकोस्तर (आइएलटिएस ५.५) पास गरेको हुनुपर्ने तथा निजी कलेजहरुले आंशिक रुपमा मात्र भिसा लेटर जारी गर्न सक्ने छन्। दोस्रो चरणअन्तर्गत जुलाई ११ देखि लागू हुने नियमबाट प्राइभेट कलेज अध्ययनरत अधिकांश विधार्थी र तिनका डिपेन्डेन्टहरुले पाएको काम गर्ने अधिकार खोसिने छ। तेस्रो चरण अन्तर्गत अप्रिल २०१२ सम्म सबै प्राइभेट कलेजहरुले उच्च विश्वसनीय कलेजको मान्यता लिइको हुनुपर्नेछ । सबै चरणमा नियम लागू भइसक्दा विद्याथीहरुले अनिवार्य रुपमा युनिर्भसिटी वा पब्लिक फण्डेड कलेजहरुमा भर्ना लिइसक्नु पर्नेछ। अन्यथा विद्यार्थी र तिनका डिपेन्डेन्टले पाउदै आएको काम गर्ने अधिकार खोसिने छ।

http://nagariknews.com/diaspora/asia-prabas/25717-2011-04-22-13-31-46.html

"होली काऊ म्यानेजमेन्ट कम्पनीका"- Holy cow? Really?

Last edited: 22-Apr-11 09:17 AM
Read Full Discussion Thread for this article