Posted by: prameya April 20, 2011
NepaliLeaks.com released!
Login in to Rate this Post:     0       ?        

NepaliLeaks.com

Inspired by WikiLeaks and realizing the need for transparency we have teamed with Mysansar.com to create Nepal's very own leaks website.

NepaliLeaks.com allows users to anonymously submit leaks that will be reviewed by moderators and published with-in 72 hours if appropriate.

Please note that this website is it's early stages and we are working to make the site look and work better. In the mean time it's main purpose (to accept leaks) is functional.
 

Mysansar Coverage
http://www.mysansar.com/archives/2011/04/id/18474

अब हुनेछ पर्दाफाश, मात्र चाहिन्छ तपाईँको साथ

• भ्रष्टाचार
• अत्याचार
• दुराचार

अब लुकाउन सक्ने छैनन् कसैले कुनै कुरा किनकि हामी गर्नेछौँ निगरानी

नेपालीलिक्समार्फत् गर्नछौँ हामी पर्दाफास विकृति र विसंगतिविरुद्ध- सप्रमाण।

विकिलिक्सबाट प्रेरित नेपालीलिक्सको सहयोगमा माइसंसारले थाल्नेछ त्यस्ता कुराहरुको पर्दाफास, जसलाई तपाईँहरुबाट लुकाउन खोजिएको छ। किनकि पारदर्शिताले नै समाजलाई जिम्मेवार बनाउन सघाउँछ। सूचना तपाईँको अधिकार हो। त्यही अधिकारका लागि हामी डट्नेछौँ सारा जोखिम मोलेर। त्यसका लागि चाहिनेछ तपाईँको साथ।
[Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js" type="text/javascript">

स्रोतको रक्षा गर्नेछौँ हामी

• सूचना स्रोतको रक्षा गर्नु पत्रकारिताको आधारभूत सिद्धान्त हो। हामी यसलाई अविचलित रुपमा पालना गर्नेछौँ। तपाईँले दिनुहुने कुनै पनि सूचना, कागजात र अन्य प्रमाणलाई हामी गोप्य राख्‍नेछौँ। तपाईँले सामाग्री अपलोड गर्दा हाम्रो सर्भरमा तपाईँको कुनै पनि रेकर्ड रहने छैन। कुनै पनि अवस्थामा हामी सूचनाको स्रोतलाई उजागर गर्नेछैनौँ। तपाईँबाट प्राप्त सूचना, कागजात र प्रमाणलाई हामी पत्रकारिता अध्ययन गरेका पत्रकारहरुको समूहले अध्ययन र विश्लेषण गर्नेछौँ र पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर समाजलाई आवश्यक ठहर्ने जानकारीलाई समाचार बनाएर माइसंसारमार्फत् पस्कनेछौँ। समाचारसँगै हामी नेपालीलिक्समा ओरिजिनल स्रोत सामाग्री पनि प्रकाशन गर्नछौँ जसबाट पाठकले समाचार र सामाग्री दुवैको विश्लेषण गरी निष्पक्ष धारणा बनाउन सकून्।

पत्रकारिताको नयाँ मोडल

विकिलिक्सले पत्रकारिताको नयाँ मोडल सुरुवात गरेको छ, जसलाई हामी पनि पछ्याउनेछौँ। हामी नाफामुखी मिडिया हैनौँ, हामी विज्ञापनका लागि औद्योगिक घरानामा भर पर्दैनौँ, त्यसैले हामीलाई विज्ञापन रोक्ने धम्की दिएर कसैले सेन्सरसिप लागू गर्न सक्ने छैनन्। सरकार, सार्वजनिक संस्था, निजी कर्पोरेट हाउस जुनसुकै ठाउँका होस्, गैरकानुनी काम- भ्रष्टाचार, दुराचार हामी पर्दाफास गर्नेछौँ।

म कसरी सहयोग गर्न सक्छु त ?

• पारदर्शितामार्फत् समाजलाई जिम्मेवार बनाउने यो लडाइँ तपाईँको सहयोग बिना संभव छैन। तपाईँले आफूलाई प्राप्त सूचना, जसलाई अरुहरु लुकाउन चाहन्छन्, तर तपाईँलाई लाग्छ- यसको पर्दाफास हुनुपर्छ, हामीलाई पठाउन सक्नुहुन्छ। त्यस्ता सूचना ‘यस्तो रे, उस्तो रे’ भनी सुनेको आधारमा नभई तपाईँ आफैलाई थाहा भएको हुनुपर्छ। प्रमाण यसका लागि महत्त्वपूर्ण आधार हो। नेपालीलिक्सले समाचारसहित प्रमाण पनि सार्वजनिक गर्ने लक्ष्य राखेको हुँदा प्रमाण पनि अपलोड गर्ने सुविधा तपाईँलाई दिएको छ। प्रमाण कुनै फोटो, अडियो, भिडियो जुनसुकै स्वरुपमा हुनसक्छ।
• यो अभियानको प्रचार गरी यसलाई व्यापक बनाउन तपाईँ सक्नुहुन्छ। आफूले चिनेजानेकालाई मौखिक वा लिखित रुपमा यसबारे बताएर, सामाजिक सञ्जालका साइटहरु फेसबुक र ट्विटरमा यसबारे अरुलाई बताएर इन्टरनेटको पहुँच भएका सबै समक्ष यो अभियानलाई पुर्‍याउन सक्नुहुन्छ।

तपाईँसित भएका जानकारी र प्रमाण पठाउन क्लिक गर्नुस् नेपालीलिक्स डट कम।

कसरी पठाउने ?


Read Full Discussion Thread for this article