Posted by: Drkanchho April 17, 2011
नेपाली उखानहरु चाहियो
Login in to Rate this Post:     0       ?        
मेरो खप्परमा भ'का २-४ उखान मैले नि सहयोग गर्दीएँ ल! 

 कागलाई बेल पाक्यो, हर्श न बिस्मात;
आए आँप गए झटारो;
आए बाउको, गए साहूको; मन को लद्दु, घिउसित खानु;
हिस्स बुढी हरियो दांत;
लुटको धनले फुपुको श्राद्ध;
जुन जोगी आए नि कान चिरेका;
मेरो गोरुको बार्है टक्का;
छन गेडी सबै मेरी छैनन गेडी सबै टेढी;
मर्नी बेलामा हरियो काँक्रो;
कहिले सासुको पालो कहिले बुहारीको पालो;
कालो गए गोरो आउंछ;
जुन गोरुको सिङ छैन उसैको नाउ तिखे;
भाई फुटे गवार लुटे;
पशुपतिको जात्रा सिद्राको ब्यापार;
जोगिको घरमा सन्यासी पहुना;
काम गर्ने कालु मकै खाने भालु;
ताक परे तिवारी नत्र गोतामे;
जाइ कटक नगर्नु झिकी कटक गर्नु;
नाच्न जान्दैन आँगन टेढो;
दुई जोइ को पोइ कुना बसी रोइ;
कुरो गर्‍यो कुरैको दु:ख;
चूच्चे ढुंगो उही टुंगो;
घुमिफिरी रुम्जाटार;
अर्थ न बर्थ गोबिन्दे गाई टाउको दुख्या औषधी नाइटोमा लाई;
अचानाको चोट खुकुरिले जान्दैन; 
साझा नचलाऊँ भन्या मन मेरो मान्दैन!
Read Full Discussion Thread for this article