Posted by: Geology Tiger April 14, 2011
नव बर्षा २०६८ को शुभकामना !!!
Login in to Rate this Post:     0       ?        
नयाँ बर्ष २०६८ को सुखद अवसरमा शुभकामना लिनु हुने र दिनु हुने सबैलाई शुभकामना;

नयाँ बर्ष नयाँ नै होस्
सधैं सधैंको झै नयाँ क्यालेन्डर मात्र नहोस्
अपार्टमेन्ट र डिपार्टमेन्ट मात्र नहोस्
वर्क र अफिस मात्र नहोस्
सोसियल ग्यादरिङ्गमा लडाइने बियरका बोतलहरु मात्र पनि नहोस्
काठमाडौंको धुँवा, धुलो र भिड मात्र  नहोस्
भाषण र नारावाजी मात्र पनि नहोस्

नयाँ बर्ष नयाँ नै होस्
नयाँ जोश र जाँगर होस्
नयाँ नेपाल होस्
नयाँ संबिधान होस्
किसानको खेतमा लहलह धान होस्
संसारमा नेपालीको मान र सान होस्
सगरमाथाको टुप्पो होस्
प्रशान्त महासागरको गहिराइ होस्

नयाँ बर्ष नयाँ नै होस्
सबैलाई हार्दिक शुभकामना!!
Read Full Discussion Thread for this article