Posted by: shareds April 6, 2011
ल हेर्नुस नेपालीको रगत चुस्ने ...NEPALI VAMPIRES!!!!
Login in to Rate this Post:     0       ?        
मुलुकको मेरु दण्ड नै राजश्व हो / यहि राजश्वले जनतालाई न्युनतम आधारभूत आबश्यकता बिजुली, पानी, ढल निकास आदि बनाउनु पर्ने हो / ब्यापारीले त आफ्नो नाफा कमाउनु कमाई सकेको छ नि तर जनताले तिरी सकेको करलाई सरकारको ढुकुटीमा ल्याउन व्यवस्था गर्न नसक्ने हाम्रो देशमा कस्तो नालायक राजनेता रहेछन / अहिले आएर जनताले अलि अलि यस्ता कुराहरु थाहा पाएका छन् / यो भन्दा अगाडिका बर्षहरुमा कति जनताले तिरेको राजश्व कति हिनामिना गरेर ब्यापारी र नेताहरुले कति कुम्ल्याए होलान / जनताले देखिने गरि कुम्ल्याउने गोबिन्दे-खुमे-वाग्ले छन भने नदेखिने गरि राजनीति तहबाट राजश्व हिनामिना गर्ने नेता-कार्यकर्ता-उच्चपदस्थ हाकिम कर्मचारी, दलाल, तस्करी, ब्यापारी हजारौं हजार छन् / हिजो सम्म गाउँ पाखामा हात्ती छाप चप्पल लाएर कलेज पढ्न गल्ली गल्लीको एउटा कोठामा बसेका राजनीति, समाजसेवा भनेर आज लखपति, करोडपति, अरबपति भै सकेका छन् / प्राय: धेरैजसो यिनीहरुकै सन्तानहरु त हुन् युरोप अमेरिका पुगेर मोजमस्ती गरि रहेका छन् / जनतालाई दश नंग्रा खियाएर काम गर्दा पनि हात मुख जोड्न धौ धौ छ / हाम्रो देशमा राजनीति त नेता र ब्यापारीहरुको दुइ नम्बरी धन्दा गर्ने पेशा पो रहेछ /

मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

Read Full Discussion Thread for this article