Posted by: 8848m April 5, 2011
breaking news-अमेरिकामा एक नेपालीको गोलि हानी हत्या
Login in to Rate this Post:     0       ?        
 झापास्थित महारानी ७ दुरामाढी स्थायी घर भएका  रोशन भण्डारी वर्ष २३ को मंगलबार विहान क्यालिफोर्नियास्थित लजएन्जलसको पेल्सफ्लावर सिटीमा रहेको सेभेन इलेभन पसल अगाडि स्थानीय अपराधीहरुले हानेको गोली प्रहारबाट निधन भएको छ । गोली कारभित्रै उनको छातीमा लागेको छ ।

विगत दुइ वर्षअघि डीभी परेर अमेरिका आएका भण्डारी केही वर्षयतादेखि सोही सेभेन इलेभेनमा काम गर्दै आएका थिए । 

सो सेभेन इलेभेन पसलमा तीन महिनाअघि डकैती भएको र सो डकैतीमा परेका अपराधीहरुको स्थानीय अदालतमा मुद्दा चलिरहेको थियो र आज मुद्दाको फैसला हुने दिन भएको जानकारी सेभेन इलेभेनका संचालकबाट थाहा भएको छ ।  भण्डारीमाथि सोही अपराधीहरुले गोली प्रहार गरिएको हुन सक्ने आशंका सुदिप पन्तले नेपाली पोष्टलाई जानकारी गराउनुभएको छ ।

पन्तका अनुसार आज पनि भण्डारी सोही मुद्दाका लागि सेभेन इलेभेन पसलका तर्फबाट स्थानीय अदालत जाने क्रममा बाहिर पार्क गरिरहेको गाडीमा बस्दा बस्दै उनीमाथि गोली प्रहार भएको थियो । 

स्थानीय प्रहरीले गोली प्रहार भएको सेभेन इलेभेन क्षेत्रलाई धेरै समयसम्म घेरा गरेर राखेको र कसैलाई त्यहाँ भित्र जान नदिएकाले गोली लागेका भण्डारीको स्थितिबारे प्रहरीले दिउँसो १२ बजेतिर मात्र मृतकका आफन्तलाई बोलाएर निधन भएको  जानकारी गराएका थिए ।

झापा दुरागढी ७ निवासी रानेन्द्रबहादुर भण्डारी र देवीमाया भण्डारीका दुइ छोराहरुमध्ये रोशन अविवाहित जेठा छोरा हुन् ।
source : http://www.nepalipost.com/index/?a=read&catid=15&id=12476

Rest in peace my fren !!!!
 
Read Full Discussion Thread for this article