Posted by: timi_mero_sathi April 5, 2011
हो कि होइन कुन्नी
Login in to Rate this Post:     0       ?        

स्वदेशी ठगेर विदेशमा लगानी

 
काठमाडौं, चैत्र २२। अर्थमन्त्री भरतमोहन अधिकारीले आफ्नोसमेत रकमको कारोबारी व्यापारी एवं एमाले सभासद् विनोद चौधरीको altठगीधन्दा जोगाउन खोज्दा मुलुकले एक हजार करोडभन्दा बढी राजस्व गुमाउनुपर्ने भएको छ। ठूला व्यापारिक घरना चौधरी ग्रुप, मारुती गाडीको कारोबार गर्ने अरुण कन्टिनेन्टल, त्रिलोचन अग्रवाल अध्यक्ष रहेको विशाल गु्रप, शंकर गोल्यान अध्यक्ष रहेको शंकर समूहलगायत मुलुकमा क्रियाशील साना–ठूला गरी चार सयभन्दा बढी व्यापारिक समूहले राज्यको द्विअर्थी कानुनको कमजोरीलाई आधार बनाएर राज्यको ढुकुटीबाट अर्बौं रकम भ्रष्टाचार गरेको सार्वजनिक भएको छ। जसको नेतृत्व चौधरी गु्रपका अध्यक्ष विनोद चौधरीले गरेका छन्। जसरी प्रचण्डहरू सार्वजनिक भएपछि अजय सुमार्गी नामक व्यापारी एकाएक अरबपति बने, त्यसैगरी १० वर्षअघि बैंकबाट लिएको ऋणको सावाँ र ब्याजसमेत तिर्न नसकेर कालोसूचीमा परेका चौधरी दरबार हत्याकाण्डपछि रातारात खर्बपति बनेका हुन्। १० वर्षभित्र मुलुकमा कुनै आर्थिक गतिविधि बढ्न नसकेको अवस्थामा उनी मात्रै खर्बपति बन्नुको रहस्य उनले नखोले पनि सार्वजनिक भइसकेको छ। कालोसूचीमा परेको यति छोटो समयमै उनले के त्यस्तो चमत्कार गरे, जसले गर्दा उनले दुबई वर्ल्डमा हाउजिङ, मोरिसस, श्रीलंका र मुम्बईमा पााच तारे होटल खोल्ने सामर्थ्य बनाए? यदि राजदरबार हत्याकाण्डपछि उनको सम्पत्ति कसरी बढ्यो र उनले विदेशमा कुन स्रोतबाट पैसा लगेर लगानी गरे भन्ने कुरा सरकारले छानबिन गर्ने हो भने उनको बास भद्रगोल जेलमा हुने निश्चित छ। उनले यिनै अपराध छोप्न एमालेलाई डेढ करोड रूपैयाा दिएर सभासद् पद किनेका थिए। अर्थसचिव रामेश्वर खनाल र अर्थकै अर्का सचिव कृष्णहरि बास्कोटाबीच केही समयदेखि मनमुटावको विषय रहादै आएको यस प्रकरणमा बास्कोटाले अर्थमन्त्री अधिकारीलाई प्रभावमा लिई घटना सामसुम पार्न खोज्दा झन्झन् प्रतिदिन चर्किएर गएको छ। हुन त अर्थमन्त्री अधिकारीले यसअघि आफ्ना व्यापारिक साझेदार चौधरी समूहका अध्यक्ष विनोद चौधरीका लागि नबिल बैंकको सेयर दिलाउन यस्तै विवादास्पद भूमिका निर्वाह गरेका थिए। त्यसबेला निजी क्षेत्रमा सीमित बैंकहरू मात्र क्रियाशील भएका कारण नबिल बैंकको सेयर हस्तान्तरण प्रकरणले चर्को रूप लिन सकेको थिएन। २०५१ सालमा आफ्ना दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला अर्थमन्त्री अधिकारीले नबिल बैंकमा रहेको नेसनल बैंक अफ बंगलादेशको ५१ प्रतिशत सेयर एनबी इन्टरनेसनलको नाममा हस्तान्तरण गर्ने चााजो मिलाएका थिए। राष्ट्र बैंकका तत्कालीन गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठ, मुख्यसचिव बलराम सिंह मल्ल र बंगलादेशका राजदूत लोकबहादुर श्रेष्ठसमेतलाई हातमा लिएर अर्थमन्त्री अधिकारीले विनोद चौधरीलाई अप्रत्यक्ष रूपमा ५१ प्रतिशत सेयर दिलाएर २० करोड रूपैयााभन्दा बढी रकमको हिस्सा लिएर विनाप्रतिस्पर्धा चौधरीको छायाँमा रहेको एनबी इन्टरनेसनललाई सेयर दिलाएका थिए। त्यतिबेला एनबी इन्टरनेसनललाई सेयर दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालीन गभर्नर श्रेष्ठलाई अहिले चौधरीकै तर्फबाट नबिल बैंकको अध्यक्ष बनाउनुले घटनाको थप पुष्टि गरेको छ। यसअघि उनले बंगलादेशमा रहादा महत्वपूर्ण सहयोग गरेका पूृर्वराजदूत श्रेष्ठलाई नबिलको अध्यक्ष बनाएका थिए। राजदूत र राष्ट्र बैंकको गभर्नर बनिसकेको व्यक्ति निजी क्षेत्रको एउटा बैंकको अध्यक्ष बन्न जानु नैतिकरूपले नमिल्ने भए पनि आर्थिक रूपमा श्रेष्ठले चौधरीलाई ठूलै लाभ दिलाएको उपहारस्वरूप उनले श्रेष्ठद्वयलाई उक्त अवसर दिएका हुन्। सेयरमा हालेको रकमको स्रोत देखाउन नसकेका कारण विदेशी कम्पनीमार्फत नबिल बैंक आफ्नो हातमा ल्याउन सफल विनोद चौधरी हेर्दा जति सहज लाग्छन्, व्यवहारमा उत्तिकै भ्रष्ट छन्। उनले करिब चार वर्षअघि वाइवाइ, डाल्डा घ्यूलगायतका वस्तु बिक्रीबाट आएको भन्दै टेकुस्थित एभरेस्ट बैंकमा राखेको २० करोड रूपैयाँ कर छली गरी आएको कुरा चौधरी गु्रपकै कर्मचारीले आन्तरिक राजस्वमा उजुरी दिएको घटनापछि उनलाई घरको छतबाट खसालेर मारेका थिए। पैसा र दरबारिया शक्तिको आडमा उनले उक्त घटनालाई सामसुम पारेको बताइन्छ। नबिल बैंकको सेयर प्रकरणमा प्रत्यक्ष देखा नपरेका विनोद चौधरीको सक्कली रूप उनले आफ्नो छोरा निर्माण चौधरीलाई वैकल्पिक सञ्चालक बनाएर सम्पूर्ण अधिकारसहित नबिल बैंकमा भित्र्याएपछि उदांगिएको छ। नेसनल बैंक अफ बंगलादेशको सेयर एनबी इन्टरनेसनललाई सिधै दिन नमिल्ने धारणा राखेपछि स्टक एक्सचेन्जका तत्कालीन प्रमुख मदन आचार्यलाई हटाइएको थियो। वाइवाइ चाउचाउ, हाउजिङ, एलजी टिभीलगायत एक दर्जन उद्योगका सञ्चालक विनोद चौधरीले यतिबेला नक्कली भ्याट बिलमार्फत ४९ करोडभन्दा बढी ठगी गरेको बुझिएको छ। उनले आफूले ठगी गरेको रकममा मात्र र्‍याल चुहाएका छैनन्, विभिन्न व्यापारिक घरानाहरूको ठेक्का लिएर अर्थमन्त्री अधिकारीलाई करोडौं बुझाउने गरी उनीहरूसाग सम्झौता गरेको व्यापारिक क्षेत्रमा चर्चा छ। उनका भाइ अरुण चौधरी अध्यक्ष रहेको अरुण इन्टरकन्टिनेन्टल जसले मारुती गाडीको कारोबार गर्छ, उनले पनि गाडीका पार्टपुर्जाको नक्कली भ्याट बिल बनाएर करोडौं ठगी गरेको राजस्व अनुसन्धानका एक कर्मचारीले तरुणलाई बताएका छन्। त्यसैगरी, लाजिम्पाटस्थित रेडिसन होटल छेउमा घर भएका त्रिलोकचन्द्र अग्रवालको विशाल गु्रपले पनि नक्कली बिल बनाइ राज्यकोषबाट करोडौं निकालेको बुझिएको छ। नेपालमा विशाल गु्रपले यूटीएल, बोक्सवाइगन गाडी, ब्ल्याक लेबल रक्सी भित्र्याउने, मैनाबत्ती, स्टिल, लाइफ इन्स्युरेन्स, कमलपोखरीको सिटी सेन्टरमा लगानी गरेको छ भने नोकिया मोबाइल सेटको ऊ एजेन्ट हो। यसैगरी, शंकर गोयलको शंकर समूहले पनि नक्कली भ्याटको बिल बनाइ राज्यकोषबाट रकम निकालेको पाइएको राजस्वका एक कर्मचारीले बताएका छन्। शंकर समूहले जगदम्बा सिमेन्ट, अम्बे हाउजिङ, जगदम्बा सेन्थेटिक, नाकासु मोटर्स प्रालि, शुभश्री जगदम्बा सिमेन्ट, जगदम्बा स्पेनिङ मिल्स प्रालिमा लगानी गरेको छ। तर उक्त कम्पनीले राजनीतिक संरक्षणका लागि विष्णु न्यौपानेलाई अध्यक्ष बनाएको छ। प्रायः भैरहवा भन्सार नाकाबाट कारोबार गर्ने यो समूहले भैरहवा भन्सारका कर्मचारीहरूलाई कमिसनको अलवा मासिकीसमेत दिने गरेको बताइन्छ।

Read Full Discussion Thread for this article