Posted by: shirish April 4, 2011
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        
 तिमीलाई उज्यालोमा देख्दा घाम ठानें आफूलाई ।।

बहारमा रमाउँदा बसन्ती याम ठानें आफूलाई ।।

 

जब जब नाङ्गा पाईलाले आगो टेक्न बाध्य पार्छु

तिम्रो सत्यतामा गर्ब गर्ने राम ठानें आफूलाई !

 

हटाउने कोशिश जारी देख्छु घावै घाउ हुनै गरि

सबैले के हो यो भनि सोध्ने डाम ठानें आफूलाई !

 

अन्धकार जस्तै जहां न त घाम थियो न त याम 

भ्रममा बाँच्न बाध्य पार्ने नाम ठानें आफूलाई !

Last edited: 04-Apr-11 09:33 AM
Read Full Discussion Thread for this article