Posted by: Geology Tiger April 2, 2011
मेरो देशको नया मलामी
Login in to Rate this Post:     2       ?         Liked by
कस्ता-कस्ता उपबुज्रुकहरु छन् भने यो साझामा कुरा गरेर साध्य छैन; जे कुरामा पनि जात भात बाहुन धोती आदिकै कुरा जोड्नु पर्ने!!

एउटा सर्जकले आफ्नो सिर्जना बाँडिरहेको छ; त्यसमा उसले के लेखेको छ त्यो पढ्नु, के बुझाउन खोजेको छ त्यो बुझ्नु, सर्जकले राम्रो लेखेको छ भने उसको तारिफ गर्नु, गल्ती गरेको छ भने सुझावहरु दिनु । तर हैन यी उपबुज्रुकहरुलाई यस्ता कुराहरुमा केही मतलब छैन, यिनीहरुको काम भनेको ठाउँ होस् कि नहोस्, प्रसँग मिलोस् कि नमिलोस्, जहाँ पनि जहिले पनि सुगाले एउटै रट लागाए जस्तै, नेपाली पत्रकारहरुको क्यामेराको हरेक फ्रेमामा ॠषि धमलाले आफ्नो टाउको छिराए जस्तै खालि एउटै कुरा रट लगाएको छ, लगाएको छ; एउटै कुरा घुसाको छ, घुसाको छ; अरुहरुलाई कसरी निचा देखाउने, अरुलाई कसरी गाली गर्ने यिनीहरुको ध्याउन्न केवल त्यति मात्र ध्याउन्न छ ।
 
नेपालमा अहिले कायम रहेको जात भात बिस्तारै हराउदै जान लागेको अहिलेको समयमा अर्को एउटा नयाँ जातको उदय हुँदै छ, तर त्यो जात हामीले देख्दै आएको सामाजिक जात भन्दा पृथक छ । वास्तवमै भन्ने हो भने यो त मानसिक रोगीहरुको एउटा जमात हो । एक किसिमले भन्ने हो भने यो जमातको दिमागमा पक्षघात नै भएको हुन्छ । यिनीहरु कुनै एउटा निश्चित समुदाय वा वर्गका मानिसहरुले गरेको नराम्रो काम मात्र देख्न सक्छन्, तर तिनै समुहबाट भएको राम्रो काम कहिल्यै देख्दैनन्। त्यो बर्ग वा समुह बाहिर गएर राम्रो वा नराम्रो के भइरहेको छ भन्ने हेर्न चाह त यिनीहरुलाई कत्ती पनि हुँदैन । शायद कुनै होर्मोनको कमीले वा उच्च श्रावले यस्तो रोग लागेको हुनसक्छ । यिनीहरु नेपालका नेताहरु भारतको पाउ मोल्न जाँदा भारतको मात्र दोष देख्छन् । यिनीहरु देशमा जति पनि घुसखोरी, लुटमार, अराजकता, बलत्कार आदि  घटना हुन्छ त्यस मध्य जुन जुनमा बाहुनहरु संलग्न छन् त्यो मात्र देख्नसक्छन् । यिनीहरु आफू अमेरिका लगायत विदेशमा बस्छन्, अङ्रेजी छाँट्छन् अनि नेपालमा आफ्नो भाषालाई खस भाषाले पेलेको देख्छन् । यो बहुतै खतरनाक किसिमको रोग नेपाली समाजमा व्याप्त हुँदै गैरहेको छ र त्यसबाट साझा पनि अछुतो छैन ।

तर मित्र अभिषप्त, साझामा अझै पनि साहित्य अनुरागीहरुकै संख्या बढी छ, त्यसकारण त्यस्ता मानसिक रोगीका कुराहरुमा ध्यान नदिनुहोला । आफ्नो यस्तै मिठो मिठो रचनाहरुको स्वाद हामीलाई अरु पनि चखाउनुहोला, हामी यहाँलाई साधुवाद र शुभकामना दिन्छौ!  
Last edited: 02-Apr-11 01:21 PM
Read Full Discussion Thread for this article