Posted by: gari khau March 30, 2011
एमाले अर्थमन्त्रिले १ अर्ब ३५ लाख खान अर्थसचिब हटाए
Login in to Rate this Post:     0       ?        
Source: Nagariknews.com
 
राजा ज्ञानेन्द्र सकृय हुँदा तत्कालीन शाहि नेपाली सेनाले करोडौ रुपैयाँ थप रकम माग गर्‍यो। बजेट महाशाखा प्रमुख रामेश्वर खनालले दिन नसक्ने अडान लिएपछि जरनेलले धम्की दिँदै भने 'तपाई जस्ता कर्मचारीलाई ठेगाना लगाएर देखाईदिन्छौं।' तत्कालीन राजा राजनीतिमा सकृय भएकाले सेना हावी थियो। खनालले तत्कालीन अर्थमन्त्री प्रकाशचन्द्र लोहनीलाई जरनेलले धम्की दिएको र आफूले यस्तो दवावमा काम गर्न नसक्ने जानकारी गराए। यो सुनेपछि लोहनीले तुरुन्तै प्रधानमन्त्री सुर्यबहादुर थापालाई टेलिफोन गरेर भने 'जरनेलले मेरा कर्मचारीलाई धम्की दिने यो तरिका भएन म राजिनामा दिन्छु।' प्रशासनलाई राम्रो वुझेका थापाले यसको भोलिपल्ट अर्थमन्त्री सहित राखेर प्रधानसेनापतिलाई अव यस्तो गल्ति नगर्न निर्देशन दिए। 

पछिल्लो जनआन्दोलनपछि अर्थमन्त्रालयमा केही कर्मचारीले खनाललाई मन्त्रालयबाट हटाउनु पर्ने माग राख्दै हल्ला गरे। कर्मचारीको आरोप थियो खनाल मण्डले हुन्। यो आरोप सत्य थिएन उनले आफ्नो ठाउंवाट सकेजति राजनीतिक पार्टीलाई सहयोग गरेका थिए। खनालले बजेट महाशाखा हुदां सुटुक्क तत्कालिन युवराज पारसले विदेशलाई गैंडा उपहार दिदां ६ करोड रुपैंया खर्च माग र हेलेन शाह उपचारका लागि मन्त्रीपरिषदले १ करोड २० लाख दिने निर्णय गरेको जानकारी दिएका थिए। राजाको शासनकालमा यि समाचारले विशेष स्थान पाए। समाचार पत्रिकामा छापिएपछि दरवार अप्ठ्यारोमा परेको थियो।

माओवादी सरकार बनेपछि तत्कालिन अर्थमन्त्री वाबुराम भट्राईसंग सुरुमा खनालको राम्रो सम्वन्ध थिएन। तर, राजिनामा दिए पछि भट्राईले खनाललाई आफ्नो मन्त्री निवासमा वोलाएर साथिहरुले तपाईको वारेमा विभिन्न कुरा सुनाएका थिए तर, राम्रो सहयोग गर्नु भयो धेरै ठाउंमा मलाई सही सल्लाह दिनु भयो भन्दै धन्यवाद दिएका थिए। 

माओवादी सरकारले निकै प्रचार गरेको युवा स्वरोजगार कार्यक्रमका एकजना आर्किटेक्ट खनाल थिए। कांग्रेस पार्टीका तर्फवाट पटक पटक अर्थमन्त्री भएका रामशरण महत पनि खनाल प्रति निकै सकरात्मक थिए। उनी क्षमतावना कर्मचारी हुन भनेर महत प्रशंसा गर्थे। अर्थशास्त्रीहरु विशम्भर प्याकुरेल, डिल्लीराज खनाल लगायत पनि खनालका प्रशंसक हुन।

व्यवस्थापन संघका अध्यक्ष समेत भएका खनाल अर्थमन्त्रालय भित्र मिहेनेती कर्मचारीका रुपमा चिनिन्थे। सहसचिव हुदां देखिनै प्राय विहान कार्यालय खुल्न भन्दा अघि नै अर्थमन्त्रालय आईपुग्थे। प्राय आठ बजे अघि नै कोठामा पुगिसक्थे प्राय अवेरसम्म काम गर्थे। नेपाल वा उपत्यका वन्द हुदां पानि टोपि लगाई माउण्टेन वाइक साइकल चढेर कौशलटारवाट सिंहदरवार जान्थे। खनाल पदमा हुदां देशको अर्थतन्त्र संकटमा पर्दैन र पर्न लागे पनि ठिक निर्णय लिनसक्छन भनेर ढुक्क हुन सकिन्थ्यो। आर्थिक तथ्यांक राम्रोसंग केलाउन सक्ने क्षमता उनीसंग छ। अर्थतन्त्रको अवस्था र आवश्यकतावारे राजनीतिज्ञ देखि विदेशी दातृ निकायसवैलाई वुझाउन सक्छन्। कतिपय तथ्यांक कण्ठै हुन्थ्यो। थुप्रै सरकारको आय व्यय विवरण बजेट उनले आफैं लेखेका छन्। उनीसंग नयां विचार दिन सक्ने खुवी पनि थियो। एशियाली विकास बैंकको वार्षिक बैठकमा विश्व प्रसिद्ध रोयर्टस समाचार एजेन्सीलाई अन्तवार्ता दिदैं खनालले देशका विभिन्न ठाउंमा पांच महानगर वनाउने र यसका लागि १०० अर्व खर्च गर्ने योजना रहेको वताएका थिए। रोयर्टसलाई उदृत गर्दै नेपाली संचारमाध्यमले यो समाचार दिएका थिए। यो अवधारणा अझै जीवित छ। सहरले आर्थिक विस्तार गर्छ। त्यसैले पुर्वाधार र योजना सहित महानगर वनाउनु पर्छ भन्ने खनालको दावी थियो। 

मन्त्रालयभित्र खनाललाई नरुचाउने र विरोध गर्ने पनि कम थिएनन्। खनाल खटेर काम गर्थे अरु कर्मचारीले पनि यसरी नै मिहिनेत गरुन भन्ने चाहना राख्थे। यसले गर्दा उनी आफै बढी काम गर्थे। अरुकर्मचारीसंग मिलेर टिमका रुपमा काम गर्न सक्थेनन्। महत्वपुर्ण विभागमा रहेर काम गरे पनि खनालले पैसा खाए अनियमितता गरे भन्ने आरोप लगाउनेहरु निकै कम छन्। खनालको जीवनशैली र परिवारसंरचना हेर्दा पनि पैसा खाएको देखिदैंन। चुरोटवाहेक उनको खानपान समान्य छ। श्रीमति राम्रो आर्जन गर्ने सेयर ब्रोकर हुन्। एकमात्र छोरी अमेरिकामा अन्तरिक्ष फिजिक्स पढ्छिन्। दुई बर्ष अघि राम्रो पढेबापत उनलाई कलेजले केही हजार डलर पुरष्कार दिएको थियो। यो पैसावाट छोरीले वावुलाई सोनि इ- रिडर उपहार दिइन्। खनाल प्राय यो इ-रिडर सधैं साथमा राख्थे। गाडी जाम हुदां होस वा छोटो फुसर्दमा उनी इ-रिडरमा किताव पढ्छन्। 

टेकिगं खनालको सोख हो। सार्वजनिक विदा पारेर पटक पटक उनी काठमाडौ वाहिर घुम्न निस्कन्छन्। यसरी घुम्न जांदा सरकारी कर्मचारीको रुपमा सकेसम्म चिनाउंदैन्न। सामान्य पर्यटककै रुपमा पैसा तिरेर जहां जे छ त्यही सुविधा उपयोग गर्छन। खनाल अर्थसचिव भएयता अर्थतन्त्र संकटमा परेन तर, आमुल परिवर्तन पनि भएन। भट्राई र त्यसपछिका अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो समयमा राजस्व बृद्धि उच्च भएको मुख्य उपलव्धिका रुपमा देखाएका थिए। यि दुवै मन्त्री कार्यकालमा खनाल अर्थसचिव थिए। 

उपप्रधान तथा अर्थमन्त्री भरतमाहेन अधिकारीको निर्णय क्षमता कमजोर छ। उनको कार्यकालमा प्राय एमाले पार्टी निकट अर्थशास्त्री हावी हुन्छन्। २०५१ सालमा पहिलो पटक अधिकारी अर्थमन्त्री हुदां प्रतितपत्र धोटला प्रकरण भएको थियो। यो प्रकरणमा अधिकारीको संलग्नता थिएन तर, उनले रोक्न सकेनन्। अहिलेको भ्याट प्रकरण पनि उनले रोक्न नसक्ने संभावना छ। 

खनालले अर्थमन्त्रीसंग असहमती राखेर वाहिरिएको समाचार नागरिकन्युज अनलाईनमा आएको केही घण्टा पाठकहरुले तीन दर्जन भन्दा वढी प्रतिकृया पठाएका छन्। प्राय सवैको भनाई छ अर्थमन्त्रीको आलोचना गर्दै भनेका छन्- गलत काम गरे राम्रो मान्छेलाई काम गर्न दिएनन्। एक जना पाठक रमेश केसी लेखेका छन्- 'अर्थसचिव रामेश्वर खनाल सर सलाम छ तपाईलाई तर, भागेर होइन डटेर काम गर्नुस। हामी जनता तपाईको साथमा छौं। '

केसीको प्रतिकृयालाई १२ जनाले समर्थन गरेका छन्। यो विवादमा अर्थमन्त्रीको काम प्रति सर्वसाधारणले औंला उठाएका छन्। अर्थमन्त्रीको प्रतिष्ठा माथि प्रश्न चिन्ह् लागेको छ। यो प्रकरण वढ्दै गए राजनीतिक नेतृत्व प्रति सर्वसाधारणको विश्वास अझ घट्ने छ। 

अर्थसचिव अकस्मात राजिनामा दिंदा यसले अर्थतन्त्र र सर्वसाधारणमा सहि सन्देश जान्दैन्। यसवाट विदेशी दातृ निकाय पनि दुविधामा पर्ने छन्। विगत २० बर्षयता अर्थसचिवले आफ्नो कार्यकाल कि त पुरा गरेका छन वा मुख्यसचिव भएर छाडेका छन्। लामो समय कर्मचारी प्रशासनमा काम गरेर परिपक्क भएका खनालले केसी जस्ता पाठक प्रति पनि उत्तरदायी छु भन्ने भुल्नु हुदैंन।


Read Full Discussion Thread for this article