Posted by: Rahuldai March 29, 2011
तिम्रो कसम खाएको छु र जिउंदै छु...................
Login in to Rate this Post:     9       ?         Liked by

तिम्रो कसम खाएको छु र जिउंदै छु,
त्यही कसम जिउंदो राख्न त पिउदै छु ।

" म बिना नै जिउनु पर्छ" भन्यौ ।
तिमी बिना जिउन लाई त पिउदै छु ।

बिर्सनु  भन्यौ यो सम्झिने मनलाई
होसमा कहाँ सक्छु र बेहोसिन पिउदै छु ।

फेरी कहिलेइ न भेट्ने वाचा थियो हाम्रो
बाटोमा भेटिएला, मैखाना मा पिउदै छु ।
 

Read Full Discussion Thread for this article