Posted by: prabhat41 March 26, 2011
मन पनि थाक्दो रहेछ
Login in to Rate this Post:     1       ?         Liked by

मन पनि थाक्दो रहेछ
***********************
अनबरत सद्भाब र् सहिस्णुता पोख्दा पोख्दै ,
रहर हरु  पोको पारेर जिम्बेबारिहरु बोक्दा बोक्दै ,
देख्ने आँखा कानो र् सुन्ने कान् हरु  बहिरो भये पछी ,
मन पनि थाक्दो रहेछ |

युग परिवर्तन गर्छु भन्ने हरु ,
धर्ती र् आकाश जोड्छु भन्ने हरु ,
फुल् को सौन्दर्य् र् सुबाश मा ,
नयाँ रङ थप्छु भन्ने हरु ,
बेइमान र् मक्कारीको जठराग्नी मा  ,
शनै : शनै :तानिएपछी ,
 दृष्‍टि भ्रमित  हुँदारहेछन ,
मन पनि थाक्दोरहेछ |

आश नगर सुन्तलिकी आमा ,
गाउको अन्धकार र् गरीबी हटाउछु भन्ने हरु ,
गाउ नै छोडेर गैसके |
गाउमा सपना बेच्नेहारु ,
देश कै सौदागर भै सके ,
निरन्तर् को यो यात्रामा ,
सुनसान  र् शान्त् प्रक्रिती पनि ,
कती दिक्क लाग्दोरहेछ ,
बेइमान र् मक्कारहरुले   घेरीइ सकेपछी ,
मन पनि थाक्दो रहेछ |


Read Full Discussion Thread for this article